समाचार तथा गतिविधि
नेकपा एमाले संसदिय दलको नेतामा ओली
नेकपा एमालेको केन्द्रिय समिति र शिर्ष नेताहरुको पटकपटकको छलफलबाट सर्वसम्मत हुन नसकेपछि मंगलवार मतदान भएको थियो । मतदानमा केपी शर्मा ओलीले ९८ मत प्राप्त गरी संसदिय दलको नेतामा बिजयी भएका थिए । बिजयी भए पछि एमाले निर्वाचन आयोगका प्रमुख सोमनाथ अधिकारी प्यासीले संसदिय दलका नेता ओलीलाई सफथ खुवाई खादा र अबिर लागाई बधाई दिएका थिए ।
नेकपा एमालेको इतिहासमा पार्टी नेतृत्व बाहेकको नेता संसदिय दलको नेता भएको यो पहिलो इतिहास हो । यसका साथै सधै पार्टी नेतृत्वका पक्षमा सर्वसम्मत भएकोमा यो पटक सहमति हुन नसकेका कारण पार्टी अध्यक्ष झलनाथ कनाल र प्रभावसाली नेता केपी शर्मा ओलीको उम्मेद्वारी परेको र सहमति हुन नसकेका कारण मतदान भएको थियो । मतदानमा केपी ओलीले ९८ र झलनाथ खनालले ७५ मत प्राप्त गरेका थिए ।
पार्टी अध्यक्ष खनालका प्रस्तावक वरिष्ठ नेता माधवकुमार नेपाल थिए भने केपी शर्मा ओलीका प्रस्तावक बामदेव गौतम थिए ।
संसदिय दलको नेतामा निर्वाचित भए पछि नेता केपी ओलीले संसदिय दलको नेताको निर्वाचनमा पक्ष तथा विपक्षमा मतदान गर्नेहरु प्रति कुनै पनि आग्रह र पूर्वाग्रह नराखिने र पार्टीलाई एकढिक्का बनाएर लिने कुरा बताउदै यो प्रजातान्त्रिक अभ्यास गरेको बताएका थिए । भने संसदिय दलको नेतामा निर्वाचित भएकोमा केपी शर्मा ओलीलाई बधाई दिदै दुबै मिलेर पार्टीलाई अझै बलियो बनाउदै लैजाने प्रतिवद्धता एमाले पार्टी अध्यक्ष झलनाथ खनालले जनाएका थिए ।
यस अघि पार्टी अध्यक्ष झलनाथ खनाल तर्फ समर्थन भएका उपाध्यक्ष बामदेव गौतमले नेता ओलीलाई समर्थन गरेपछि वलीलाई बिजयी बन्न अझ सहज भएको थियो । यसका साथै डोल्पाका सभासद धनबहादुर बुढाले स्पष्ट रुपमा खुलेर नेता ओलीलाई मतदान गरेका थिए । बिजयी भएपछि पनि नेता वलीलाई सुरुमै खादा लगाउदै बधाई दिएका थिए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





