समाचार तथा गतिविधि
एमाले डोल्पाका पूर्व अध्यक्ष काँग्रेस प्रवेश
पछिल्लो जानकारी अनुसार नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुले राखेका शर्तबमोजिम प्रवेश गर्ने २५ जनालाई जिल्ला कार्यसमितिमा समायोजन गर्ने र ५ सय जनालाई सक्रिय सदस्यता दिने निर्णया भएको छ । विहिवार ९ गते पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको एक समारोहविच नवप्रवेशि अंगद कुमार बुढालाई जिल्ला कार्यसमितिको उपसभापति दिने सहमतिका साथ नेपाली काँग्रेस प्रवेश गराइएको काँग्रेस कार्यकर्ता देवेन्द्रराज न्यौपानेले जानकारी दिए । एमाले डोल्पाका पूर्व अध्यक्ष नेपाली काँग्रेस प्रवेश गर्दा २५ जना कार्यकर्ता सहित भनिए पनि केही मात्रै उपस्थिति रहेको एक कार्यकर्ताले बताए । देवेन्द्रराज न्यौपानेका अनुसार नेकपा एमाले डोल्पाका पूर्वअध्यक्ष अंगद कुमार बुढा लगायत ५ जना जिल्ला कमिटिका नेता कार्यकर्ताहरु र अन्य केही युवाहरु नेपाली काँग्रेस प्रबेश गरेका हुन् । यस अघि नै काठमाण्डौ पुगेका नेता कार्यकर्ताहरुलाई मंगलबार ७ गते नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा पार्टी सभापति शुसिल कोइरालाले प्रवेश गराएका थिए । न्यौपानेले बताए अनुसार नेपाली काँग्रेसमा समायोजन गर्ने तथा सक्रिय सदस्यता लिनेहरुको विवरण प्राप्त नभएको र सबैजना डोल्पा पुगेपछि एक समारोहको आयोजना गरी अन्य कार्यकर्ताहरु पनि नेपाली काँग्रेस प्रवेश गराएर सदस्यता प्रदान गरिने जानकारी न्यौपानेले दिए । विहिवार पार्टी कार्यालय सानेपामा भएको समारोहमा पार्टीका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा लगायत डोल्पा जिल्ला सभापति टंकप्रसाद उपाध्याय लगातका नेपाली काँग्रेस कार्यकर्ताहरुको समेत उपस्थिति थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





