clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हिउ पहिरोमा बेपत्ता व्यक्ति भेटिएनन्
 
रेडियो डोल्पा एफ.एम.,
डोल्पा २८ माघ – जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकमा गएको हिउं पहिरोमा परेर बेपक्ता भएका जुम्लाको पाथारासि गाउंपालीका वडा नं ४ लुम गाउंका ५१ बर्षिय कामगिराम नेपालीको पत्तो लागेको छैन । 
भारि हिमपातका कारण डोल्पाको जगदुल्ला गाउंपालिका वडा नं. ४ मौरे लेकमा गएको हिउं पहिरोमा परेर बेपक्ता भएका नेपालीको उद्धार र खोजी कार्यका लागि बेपत्ताका आफन्तहरु सहित घ्टनास्थल पुगेको प्रहरी टोलीले बाक्लो हिउंका कारण र हिउ पहिरो खोतल्न सम्भव नभएकाले आफन्तहरुकै आग्रहमा खोज्न सम्भव नभएको भन्दै खोजी टोली फर्की सकेको प्रहरी श्रोतले बताएको छ  । 
गत शुक्रवार जगदुल्ला गाउंपालिकाबाट आफ्नो घर जुम्ला जादै गर्दा एक्कासि माथिबाट आएको हिउ पहिरो आएर नेपालीलाइ लगेको उनी संगै गएका उनका साथीहरुले बताएको प्रहरीले जनाएको छ । नेपाली सितै गएका दिपक नेपाली र ताराबहादुर नेपालीले हिउपहिरोबाट जोगिएर जुम्लाको चुत्रसम्म पुगेर आफन्तलाइ खबर गरेपछि उनिहरु सहित र आफन्त छोरा राजकुमार नेपाली र जुम्ला, डोल्पाका प्रहरी घट्नास्थालमा परिचालित भएका थिए । आज हिउ पहिरोमा परेका कामागिरामको  परीचय आज विहान १० बजे पछि मात्र खुलेको छ । 
आफन्त र प्रहरी टोली घटना स्थल सम्म पुगेर भएको सोधपुछ पछि परीचय खुलेका बेपत्ता नेपाली फेला परेका छैनन् । उनको शव हिउ पहिरो पग्ले पछि मात्र सम्भव भएको आफन्तहरुले नै बताएका छन् । मौरे लेकमा आज पनि हिउ परीरहेकाले हिउपहिरो गएको ठाउ भिरालो भएको र खोज्न कठिन भएको जिल्ला प्रहरी कार्यलय डोल्पाका प्रहरी निरिक्षक जीवराज थापाले बताएका छन् ।
लामो समय सम्म परेको हिउले हिउ पहिरो गएको आफन्त प्रहरी परीचालन गरेर पनी बेपत्ता नेपाली फेला पर्ने सम्भावना नभएको त्यो हिउ पहिरो नपग्लुन्जेल खोज गर्न नसकिने जिल्ला प्रहरी कार्यलय डोल्पाले बताएको छ ।
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
नेपाल चौतारी 08:00 am-08:30 am
सबै हेर्नुहोस्