clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा दुइ हप्तादेखि फ्याक्स अवरुद्ध
रेडियो डोल्पा एफ.एम.,
 
   डोल्पा(दुनै), २८ माघ – नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोनबाट संचालन हुने फ्क्स सेवा करिव दुई हप्तादेखि अवरुद्ध हुंदा जानकारी आदानप्रदान गर्न निकै समस्या भएको छ । 
   डोल्पा जिल्लामा फ्याक्स सेवा अवरुद्ध भए पछि विभिन्न जानकारी तथा परिपत्रहरु अन्य सेवाबाट भन्दा फ्याक्स सेवा बाटै आदान प्रदान गर्नु पर्ने कामहरु गर्न जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा निकै समस्या भएको छ । 
   नेपाल टेलिकमका विभिन्न सेवाहरु मध्ये ल्याण्डलाइन टेलिफोनबाट संचालन हुने फ्याक्स सेवा गत अघिल्लो बिहिवारदेखि फ्याक्स सेवामा समस्या आएका कारण नेपाल टेलिकमको क्षेत्र र केन्द्रमा समेत जानकारी गराएको नेपाल टेलिकम डोल्पाका निमित्त कार्यालय प्रमुख नवराज भट्टराइले बताए । 
   नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका सहायक निर्देशक शिवराज खनालसंग फ्याक्स समस्याको समाधानका बारेमा प्रश्न गर्दा आफूहरुले पूर्ण प्रयास गरेको भए पनि समस्या के मा र कसरी आएको भन्ने नै पत्ता लाग्न नसकेको कुरा फोनबाट बताए । उनले थपे छिटो भन्दा छिटो समस्या समाधानका लागि प्रयासरत रहेको छौं । 
   नेपाल टेलिकमका सबै सेवाहरुलाई नयां प्रविधिमा लैजांदा यस्तो समस्या आएको हो की भन्ने प्रश्न उठेको पनि सहायक निर्देशक खनालले बताए । फ्याक्स विग्रे पछि जिल्लाबाट विभिन्न जिल्लाहरु, क्षेत्र र केन्द्रमा फ्याक्सका माध्यमबाट पठाउनु पर्ने पत्रहरु पठाउन र प्राप्त गर्न कठिनाई भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बताइन् । 
   फ्याक्स सेवा अवरुद्ध भएकाले धेरै कागजातहरु पठाउन निकै सास्ती भोग्नु परेको अनुसन्धानका एक अधिकृतले बताए । उनले थपे हामीलाई अलि बढि समस्या छ । किनकी इमेल लगायत अन्य सेवाबाट खबर आदान प्रदान गर्न पाइदैन फ्याक्सबाटै विभिन्न जानकारीहरु पठाउने र प्राप्त गर्नु पर्ने बाध्यताले समस्या बनाएको छ । 
   डोल्पाको सदरमुकाम दुनैमा सरकारी तथा गैरसरकारी कार्यालयहरु, पसल र व्यक्तिगत गरेर ५० भन्दा बढि फ्याक्स संचालनमा रहेको अनुमान टेपाल टेलिकम डोल्पाको छ । फ्याक्स अवरुद्ध भए पछि फ्याक्स बनाउ भन्नेहरुले फोन तथा भेटेरै भन्ने गरेको तर समस्या समाधान गर्ने प्रयास जारी रहेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।  
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?