clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बाक्लो हिमपातका कारण गएको हिउ पहिरोले १ जना बेपत्ता
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), २७ माघ – भारि हिमपातका कारण डोल्पाको जगदुल्ला गाउंपालिका वडा नं. ४ मौरेमा गएको हिउं पहिरोमा परेर १ जना व्यक्ति बेपत्ता भएका छन् । प्रहरी घट्नास्थाल तर्फ परिचालित । 
   भारि हिमपातका कारण जगदुल्ला गाउंपालिका वडा नं. ४ मा पर्ने मौरे लेकमा गएको हिउं पहिरोमा परि पाथरासि गाउंपालिका लुमका भनिएको नाम नखुलेका १ जना बेपत्ता भएका छन् । 
   जगदुल्ला गाउंपालिका चौरिकोटबाट हिडेका जुम्ला उक्त गाउंका ३ जना मध्ये १ जना हिउं पहिरोमा परेको अपुष्ट खबर आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताए । उनले थपे उनीहरुको विस्तृत जानकारी आउन सकेको छैन । 
   जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकमा गत ४ दिन अघिदेखि परेको भारि हिमपातले बाटो निकै कष्टकर बनेको र त्यसमा आफ्नो घर तर्फ जादै  गरेको अवस्थामा मौरे लेकमा हिउं पहिरो गइ उनीहरु त्यसमा परेको अनुमान गरिएको स्थानीय मायालाल रोकायाले फोनमा बताएका छन् । 
   संगै गएका ३ जना मध्ये १ जना हिउंपाहिरोमा वेपत्ता भएको र २ जना जुम्लाको चुत्र भन्ने गाउंमा पुगेको खबर पाइए पनि बेपत्ता हुनेको विस्तृत विवरण आउन नसक्नुका साथै बचेका भनिएका २ जनाको पनि फोन तथा अन्य सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरिक्ष्ँक जीवराज थापाले जानकारी दिए । उनका अनुसार आझै काइगाउं प्रहरी चौकीबाट ४ जना प्रहरी घट्ना स्थल तर्फ पठाइसकिएको छ । भारि हिमपातले हिड्न कठिनाईका कारण प्रहरी र स्थानीय घट्ना स्थलमा पुग्न नसकेकाले आइतवार बेलुकीसम्म आधिकारिक जानकारी नआएको प्रहरीले जनाएको छ । 
   हिउं पहिरोमा परि बेपत्ता र बचेका भनिएकाहरुको उद्धारका लागि भरमग्दुर प्रयास थालिएको कर्णाली प्रदेश सदस्य बीरबहादुर शाहीले फोनमा जानकारी दिएका छन् । उनका अनुसार डोल्पा र जुम्ला दुबै तर्फबाट प्रहरी परिचालन भएको छ भने जुम्ला र डोल्पा तर्फबाट स्थानीयहरुले पनि घट्नामा परेकालाई उद्धार गर्ने प्रयास गरिरहेको बताएका छन् । 
   पहिलो कुरा बिकट हिमाली क्षेत्र त्यसमा पनि भारि हिमपातका घट्नास्थलसम्म पुग्नै निकै चुनौति रहेकाले उद्धारमा कठिनाई भएकाले घट्नास्थलसम्म पुग्न नसकेर घट्नाको विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?