clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
सदरमुकाम दुनैमै एक पसल चोरी ।
सुकमाया थापा 
रेडियो डोल्पा एफ.एम
डोल्पा २६ माघ - सदरमुकाम दुनैमै एक पसल चोरी भएको छ । ठुलीभेरी नगरपालीका वडा नं ३ दुनै बजारमा रहेको किराना पसल शुक्रबार राती चोरी भएको हो । दनै बजारमा रहेको पुर्णप्रसाद न्यौपानेको किराना पसलमा कोहि न भएको समयमा ढोका फोरेर चोरी भएको प्रहरी नायव उपरीक्षक अवदेष विष्टले जानकारी दिनुभयो ।
सो पसलबाट २ पेटि चुरोट मात्र चोरी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । नेपालगञ्जतिर गएकाले पसले दोकानमा नभएको मौका छोपी शनिवार राति चोरी भएपछि सामानहरु के कति चोरी भो भन्ने जानकारी नभएको र अनुसन्धान भैरहेको अनुसन्धान डोल्पाका श्रीधर रावलले बताउनु भयो । चोरी गर्ने व्यक्ति को हो पत्ता लगाउनलाइ खोजकार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जानकारी दिएको छ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?