clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा भारी हिमपात जनजीवन प्रभावित
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), २६ माघ – यतिवेला डोल्पाका सबै गाउंहरु हिमपातले सेताम्मे बनेका छन् । डोल्पाको सबैभन्दा होचो ठाउं त्रिवेणीसम्म सेताम्मे हुने गरी भएको हिमपातले डोल्पालीहरुको जनजीवनलाई निकै प्रभावित बनाएको छ । 
   उच्च हिमाली हावापानी भएको डोल्पा जिल्लामा यो वर्ष माघ महिना भित्र पटकपटक हिमपात भएको छ । हिमपातले हवाई यातायात ३ दिनदेखि अवरुद्ध छ भने स्थानीय स्तरमा संचालन भएको जीप सेवा समेत अवरुद्ध भएको छ । हावापानी तथा वातावरण चिसो बनेकाले जनजीवन कष्टकर बनेको छ । 
   हिमपातका कारण गाउंगाउं आपसमा समेत सम्बन्ध विच्छेद भएका छन् । तल्लो डोल्पाकै गाउंगाउं आउतजावत गर्ने बाटो अवरुद्ध भएका छन् । भने माथिल्लो डोल्पाका बस्तिहरुलाई जोड्ने बाटो त हप्ता अघि नखुल्ने अनुमान गर्न सकिन्छ । 
   हुलाक चल्ने बलाङ्ग्रा लेक र मौरे लेकमा ४ फिट भन्दा बढि हिउं जमेका कारण बाटो अवरुद्ध भई जुम्लाबाट काइगाउं हुंदै दुनै आउने तथा जाने हुलाक सेवा अवरुद्ध भएको जिल्ला हुलाक कार्यालय डोल्पाले जनाएको छ । 
   हिमपातले गाउंघरमा कामकाज देखि लिएर सबै चहलपहलमा कठिनाई आएको छ । यही माघ महिना भित्र तेस्रो पटक नदिको किनारैसम्म हिउ जम्ने गरी हिमपात भएकाले वातावरण निकै चिसो बनेको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको किर्डाक नेपालका ओमबहादुर चन्दले बताए । उनले थपे आफ्नो गाउं तालीमा गाइबस्तुहरु चराउनु त के पानी खुवाउन धारा तथा खोलासम्म लिन समेत समस्या बनेकाले गोठमै घसाएर राखिएको छ । यो अवस्था डोल्पाका सबै गाउंमा हुने गर्दछ । 
   हिमपातले चैत १० गतेबाट हुने एसइइ परीक्षाको तयारीका लागि संचालन भएका ट्युशन कक्षाहरु समेत तीनदिनदेखि अवरुद्ध रहेका छन् । सरकारी कार्यालयहरुमा समेत हिमपातले चिसो भई सेवाग्राही निकै कम भएको सरकारी कार्मचारीहरु बताउछन् । 
   डोल्पाको सबैभन्दा होचो स्थान त्रिवेणीमा ३ इन्च हिउं जमेको छ भने उच्च बस्तिहरुमा ३ फिटसम्म हिउ जमेकाले जनजीवन निकै कष्टकर बनेको हो । हवाई लगायतका यातायातका सेवा अवरुद्ध भएकाले डोल्पा आउने नेपालगञ्जमा र नेपालगञ्ज सुर्खेत जाने जुफाल विमानस्थलमा ३ दिनदेखि यात्रुहरु थन्किएर रहेका छन् । 
   हिमपातले चिसोका कारण जनजीवन निकै कष्टकर बनेको भए पनि कृषकहरुमा भने खुसि बढेको छ । माघमा भएको हिमपातले जमेको हिउं लामो समयसम्म रहने र यसले आगामी अन्नबाली तथा वातावरणमा राम्रो गर्ने भन्दै कृषकहरु खुसि भएका हुन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?