clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
सहसचिवहरुलाई समायोजनपत्र दिने तयारी
रेडियो डोल्पा एफ.एम.,
 
काठमाडौँ, १९ माघ – सरकारले अध्यादेश मार्फत् कर्मचारी समायोजन गर्ने क्रममा ६३४ जना सहसचिवलाई समायोजन पत्र दिने तयारी गरेको छ । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुलाई समायोजनको पत्र दिने प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । 
अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेपछि सहसचिवहरुलाई सरकारले पत्र प्रदान गर्दै जाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 
गत साता सरकारले ५६ जना सचिवलाई मन्त्रिपरिषद्बाट निर्णय गरी समायोजनको पत्र प्रदान गरिसकेको छ । 
सचिवहरूको समायोजन संघमा नै हुने व्यवस्था भए पनि सरकारले निर्णय गरी समायोजनको पत्र दिने अध्यादेशमा उल्लेख गरिएको छ । 
सहसचिवको समायोजन स्थानीय तह अन्तर्गत महानगरपालिका र उपमहानगरपालिका , प्रदेशअन्तर्गत प्रदेश मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सरकारका कार्यलयमा त्यस्तै संघ अन्तर्गत मन्त्रालय, विभाग जिल्लास्थित विषयगत कार्यालयमा समायोजनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् । 
उनका अनुसार सहसचिवहरुको समायोजन प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि अहिले उपसचिवको निवेदनलाई रुजु गर्ने काम भइरहेको छ । अब दुई दिनभित्र उपसचिवहरुको निवेदनको रुजु भइसक्ने त्यसपछि उहाँहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै समायोजनको पत्र प्रदान गर्ने व्यवस्था छ । 
फागुनको पहिलो हप्ताभित्र उपसचिव, शाखा अधिकृत र नायव सुब्बालाई क्रमिक रूपमा समायोजनका लागि पत्र प्रदान गर्दै जाने गरी मन्त्रालयले निरन्तर काम गरिरहेको उनले जानकारी दिएका छन् । 
सरकारले पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी कर्मचारीलाई समायोजनमा जान निवेदन दिने समयावधि तोकेको थियो । सो अवधिमा समायोजनका लागि ७७ हजार ३७४ जना कर्मचारीले आवेदन दिइएका थिए । 
मन्त्रालले समायोजनका लागि १२ वटा टोली निर्माण गरी कर्मचारीको पद, सेवा, समूह र उपसमूह अनुसार अध्यावधिक गर्ने र ज्येष्ठता एकिन गर्ने काम गरिहरेको छ । 
मन्त्रालयले समायोजन प्रणालीमा आबद्ध गर्न सहजीकरणका लागि सम्बन्धित सेवा, समूह र उपसमूहमा कार्यरत कर्मचारीको विभागीय कारबाही भए नभएको विवरण एकीन गर्ने काम निरन्तर गरिरहेका प्रवक्ता अधिकारीले बताए ।
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?