clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
भृकुटी मण्डपमा कार्णाली बृहत प्रदर्शनी हुने
रेडियो डोल्पा एफ.एम,
काठमाण्डौ, १९ माघ – काठमाण्डौको भृकुटी मण्डपमा कार्णाली बृहत प्रदर्शनी हुने भएको छ । हाम्रा गौरबका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव भन्ने मुल नाराका साथ काठमाण्डौको भृकुटी मण्डपमा करीव एक लाख दर्शकहरुलाइ लक्षित गरी यहि फाल्गुन ३, ४ र ५ गते कर्णाली बृहत प्रर्दशनी एक्सपो हुने भएको छ ।
गौरवमय इतिहास, ऐतिहासिक कला संस्कृति, पुरानो सभ्यता, प्रकृतिक सुन्दरता र सम्भाजनाको खानी बोकेको कर्णालीलाई अपभ्रम्स गरिदै सँधै गरीबी, अशिक्षा, अभाव र बिकटताको परीभाषा र परीचय बन्दै आएको छ । 
कर्णालीको संस्कृतिक प्रचुरता र हाम्रो अतितको महिमा बारे काठमाण्डौ बाट सम्पुर्ण देशलाइ अवगत गराउदै कर्णाली प्रदेश सरकारले घोषणा गरेको कर्णाली रारा पर्यटन वर्ष २०७५ लाइ सफल बनाउने र नेपाल सरकारले घोषणा गरेको पहिले देश अनि विदेश भन्ने नारालाइ कर्णालीबाट बुलन्द पार्ने उदेश्य सहित यो प्रदर्शनी गर्न लागिएको हो ।
मुलतः सम्पुर्ण देशलाइ कर्णालीको भ्रमण गर्न उत्प्रेरना दिने र लगानी कर्ताहरुलाइ कर्णालीको सम्भावनाका बारेमा जानकारी गराउने पनि उदेश्य राखिएको आयोजकले बताएका छन् । यो महोत्सवले एउटा कार्यक्रम मात्र नभएर समग्र कर्णाली प्रदेशको समृद्धिको लागि महत्वपुर्ण खुड्किलाका रुपमा भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।
मुगु रारा मानसरोवर, शे गुम्बा, फोक्शुण्डो ताल, फोक्सुण्डो झरना, भिम गुफा, बाला त्रिपुरा सुन्दरी मन्दिर, काँक्रेबिहार, कुभिन्डे दह, चन्द नाथ, श्रीस्थान तथा ज्याला, खैरावाङ्ग भगवती मन्दिर लगाएतका कर्णालीका अन्य पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने कर्णालीमा रासायनिक मलको न्यूनतम प्रभाव रहेको रणनीतिक अवस्थितिको फाइदा उठाउँदै कर्णालीलाइ प्रांगारिक कृर्षि हवको रुपमा प्रचार गर्ने, कर्णालीको संस्कृतिको प्रचुरता र अतितको महिमा बारे काठमाण्डौबाट सबै नेपाली लगाएत विश्व समुदायलाइ अवगत गराउने ऐतिहासिक खस सभ्यता संग समग्र नेपालको ऐतिहासिक साइनोको बारेमा प्रचार प्रसार गरीने भएको छ ।
 संसारभर छरीएका खास जातिलाइ आफनो उदगम स्थल तिर आकर्षित गर्ने कर्णालीमा लगानी गर्ने इच्छुक लगानी कर्ताहरुलाइ कर्णालीको प्रर्यटन, कृर्षी, जडिबुटि प्रसोधन र जलविधुत लागाएतका क्षेत्रहरुको सम्भावनाबारे जानकारी गराउने कर्णालीको उच्च हिमाली भोट क्षेत्रको इतिहास र सभ्यताको प्रचार प्रसार गर्ने कर्णालीमा प्रांगारिक कृर्षि पर्यटन, शैक्षिक पर्यटन, अनुसन्धान मुलक पर्यटन, वनवातावरण, संस्कृति, वन्यजन्तु व्यबसायिक पर्यटन डकुमेन्टी र सिनेमा आदिको प्रवर्दन गर्ने कर्णालीको समृद्धिको यात्रामा रहेर प्रदेश केन्द्र सरकार संग हातेमालो गरेर अगाडि बढ्न युवा, विधार्थी, व्यापारी शिक्षक लगानी कर्ता अनुसन्धान कर्ता, दातालगाएत सबैलाइ उत्प्रेरणा दिने, कर्णालीका युवाहरुलाइ कर्णालीप्रति जिम्मेवार बनाउदै उनिहरुको क्षमता बृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने आशा आयोजक समृद्ध कर्णाली अभियानले राखेको छ ।
विगत लामो समयदेखी देखीदै देखाउँदै आएको कर्णालीको सुन्दरता देखीए भन्दा अझ विविधतापूर्ण र सुन्दर रहेको छ । लुकेको सम्भावनालाइ उजागर गर्दै कर्णालीको बिकास र समृद्धि सम्पुर्ण नेपालीको उत्तर दायित्व बोध गराउन पनि यो प्रदर्शनीले भूमिका खेल्ने आशा राखिएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
नेपाल चौतारी 08:00 am-08:30 am
सबै हेर्नुहोस्