clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामै डिप्लोमा सिभिल इन्जीनीयरिङ्ग पढ्न पाउँदा बिधार्थीमा खुसि
सुकमाया थापा,
डोल्पा, १७ माघ – भुगोलका आधारमा मात्र होइन धेरै कुरामा पछि परेको नेपालको सबैभन्दा ठुलो र विकट जिल्ला डोल्पामा डिप्लोमा इन्जिनियरिङ्गको पढाई भइरहेको छ । शिक्षा, स्वास्थ्य, यातायात, बिजुली, खानेपानी, सञ्चार जस्ता आधारभुत बिकासमा समेत पछि परेको डोल्पामा व्यबस्थित तरीकाले कुनै पनि काम हुन सकेको छैन ।
डोल्पाको हित हुने जे सुकै कुराहरुमा सम्भव नभएको भनेर टालटोल गर्दै छाड्ने अवस्था कायम रहेको अवस्थामा सिभिल डिप्लोमा इन्जिनियरिङ्ग पढाई हुन थाल्नु आफैमा चुनौतिपूर्ण काम हो । यसलाई साकार पारेका छन् यहाँका जनप्रतिनि र विद्यालय परिवारको संयुक्त प्रयासमा सम्भव भएको उक्त शिक्षा संचालन गर्ने सुरस्वति माध्यमिक विद्यालय दुनैका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए । केही वर्ष अघि आदर्श माध्यमिक विद्यालय जुफालले कृषि जेटिए र यो वर्षबाट आइएससी एजि चलाई रहेको अवस्थामा सरस्वति माध्यमिक विद्यालय दुनैले अर्को महत्वपूर्ण विषय डिप्लोमा इन्जिनियरिङ्ग पढाई सुरु गरे पछि डोल्पाका विद्यार्थीहरुले घरमै बसेर तथा घरनजिकै बसेर घरबाट आटोपिठो ल्याई पढ्न पाउंदा थोरै मात्रामा भएपनि खुसि पलाएको विद्यार्थीहरुले बताएका छन् ।
ठुलीभेरी नगरपालीका वडा नं ३ सदरमुकाम दुनै स्थित सरस्वती माध्यमिक विद्यालयले यो आर्थीक बर्षबाट डिप्लोमा सिभलि इन्जिनियरीङ ३ बर्षे कोर्ष सञ्चालन गरेको छ । यो पहिलो बर्षको सुरुवातिमा ४४ कोटा रहेको भए पनि जम्मा २८ जना विधार्थीहरुले भर्ना गरेकामा २७ जनाले उक्त प्रविधिक विषय नियमित पढि रहेका सरस्वती माविका दुनैका प्रध्यानाध्यापक सिहँले जानकारी दिनु भएको छ  । पढाइको लागि स्रोत साधानहरु कर्णाली प्रदेश सरकारको सहयोग रहेको छ । साथै विभिन्न निकायहरुको सहयोग रहेको प्रध्यानध्यापक सिहँले बताउनु भएको छ ।
आय स्रोत भएका बाउआमाका छोराहोरीहरु विकसित सहर नेपालगञ्ज, सुर्खेत, काठमाण्डौ लगाएत अन्य सहरहरुमा गएर शिक्षा हासिल गर्ने गरेका छन् । विपन्न वर्ग, वेसाहारा, न्युन आय भएका जेहेनदार विधार्थीको लागि भने यही शिक्षाले विश्वास जितेको जनाइएको छ । 
जुनसुकै काम गर्नपनि चुनौति भएको बेला प्राविधिक शिक्षा पढाउन पनि मुस्किल भएको र स्थानीय निकाय र सरोकारवालाहरुले सहयोगको आस्वासन मात्र दिने गरेको र हाल सम्म पनि कोहिबाट सहयोग हुन सकेकोे छैन भन्दै थप सुनौ फिजिक्स र क्याम्यक्ष्टिक शिक्षक हर्क बडुवालले बताउनु भएको  छ । 
आधारभुत तह र मावि जम्म जेन तेन शिक्षा हासिल गरेपनी आर्थाीक अभाव गरीवीपन, विपन्न वर्ग घरायसि समस्या लगाएतका कुराले जेहेन्दार, मेहिनेति, पढ्न इच्छाशक्ति भएका डोल्पाका विधार्थीहरु भौतारीएर घरमै बस्न बाध्य भएको अवस्थामा आफनै जिल्लामा डिप्लोमा सिभलि इन्जिनियरीङ ३ बर्षे कोर्ष पढ्न पाउँदा खुसि भएको बताउछन् । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
नेपाल चौतारी 08:00 am-08:30 am
सबै हेर्नुहोस्