clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हिमपातले अवरुद्ध हवाई उडान हुन सकेन
रेडियो डोल्पा 
   डोल्पा, १३ माघ – डोल्पाको जुफाल विमानस्थलमा भएको भारि हिमपातका कारण दुई दिनदेखि अवरुद्ध हवाई यातायात आइतवार पनि सुचारु हुन सकेको छैन । 
   गत शुक्रवार राति डोल्पामा परेको भारि हिमपातका कारण जुफाल विमानस्थलमा जमेको हिउंले शनिवारदेखि अबरुद्ध भएको हवाई सेवा हिउं नपग्लदा शनिवार पनि सुचारु हुन सकेन । 
   दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुंदा यात्रुहरु जुफाल विमानस्थलमा कुर्दा कुर्दा चिसोमा समस्यामा परेको जुफालका स्थानीय कुमार शाहीले बताए । उनका अनुसार हवाई उडान नभएकाले यात्रुहरु महंगा होटेलहरुमा हवाई जहाज कुर्दै जुफालमै बस्न बाध्य भएका छन् । 
   हिमपातका कारण हवाई यातायातका साथै हुलाक सेवा समेत अवरुद्ध भएको छ । हिमपातले दैनिक संचालन हुने इलाका हुलाक कार्यालय काइगाउंबाट जिल्ला हुलाक कायालय दुनै तर्फ आउने र जिल्ला हुलाक कार्यालय दुनै डोल्पाबाट काइगाउं हुंदै जुम्ला तर्फ जाने हुलाक डांक बलाङ्ग्रा र मौरे लेकमा भारि हिमपात भए पछि ७ दिनदेखि अवरुद्ध रहेको जिल्ला हुलाक कार्यालय डोल्पाले जनाएको छ । 
   डोल्पाका उच्च हिमाली लेकहरुमा गत मंगलवारदेखि पटकपटक हिमपात हुंदै आएको छ । गत मंगलवार भएको हिमपातले अवरुद्ध भएको हवाई सेवा शुक्रवारमा एउटा मात्र उडान भएको थियो त्यस पछि पुनः हवाई उडान अवरुद्ध भएको हो । जिल्ला हुलाक डोल्पाले जुम्लाका लागि पठाउने हुलाक डांक पाहाडामा गएर र जुम्लाबाट काइगाउं भएर आउने डांक जुम्लाको गोठिचौरमै हप्तादिनदेखि थन्किएको बताइएको छ । 
   हिमपातले डोल्पाका बलाङ्ग्रा, मौरे, कागमारा, ठांगे, बासुदा, ढेन्ला, ग्याङ्ला, छोइला, च्यार्कोला, काङ्ला, मरिम्ला लगायतका विभिन्न पास(लेक)हरुमा भारि हिमपातले बाटो अबरुद्ध भएको छ । मौरे र बलाङ्गा बाहेकका विभिन्न दर्जन पासहरुमा हप्तौका लागि बाटो अबरुद्ध भएको शे फोक्सुण्डो गाउंपालिकाका अध्यक्ष टसिटुण्डुप गुरुङ्ले जानकारी दिए । उनका अनुसार माथिल्लो डोल्पाका धेरै बस्तिहरु हिमपातले सदरमुकाम दुनैसंग बिच्छेद भएका छन् । 
   भारि हिमपातले आवतजावत तथा यात्राका लागि मात्र समस्या गर्दैन पशुबस्तुहरुको चरणका लागि पनि निकै समस्या बनाउंछ । धेरै हिमपात भयो भने प्रायः वनमै बसेर रहने चौरीहरुलाई हिउ पहिरोले लग्छकी, हिउं नविलाउंदा भोकै भएर मर्छकी भन्ने चिन्ता कृषकमा हुने डोल्पोबुद्ध गाउंपालिका वडा नं. १ का अध्यक्ष ग्याल्पो भोटेले बताए । उनले थपे बटुवाहरुलाई आवतजावत गर्न र वनमा रहेका चौरीहरु मर्छनकी भन्ने चिन्ता हुन्छ नत्र भने कृषकका लागि हिउं पर्नु निकै खुसिको कुरा हो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?