clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मुगुका गाउँमा ल्होसारको रमझम
रेडियो डोल्पा
मुगु — हिमाल पारिको क्षेत्र भनेर चिनिने मुगमकार्मारोङ गाउँपालिकामा सोनाम ल्होसारको रमझम सुरु भएको छ । हिमपातका कारण गाउँमा जमेको बाक्लो हिमपातको वास्ता नगरी स्थानीय ल्होसारको रमझममा जुटेका हुन् । 
गाउँपालिकाको चितै, डोल्फु, कार्ती, किम्री, पुवा, रिउस, दाउरा, मह, पुवा, माग्रीलगायत १२ बस्तीमा सोनाम ल्होसारको खुसियाली छाएको हो । नयाँ पहिरन लगाउने र मिठो परिकार खाने पर्वका रूपमा ल्होसार मनाउने गरिएको छ  ।
ल्होसार मनाउन घरदेखि टाढा रहेका स्थानीयसमेत फर्किएका छन् । पुरानो वर्ष सकिने र नयाँ वर्ष सुरु हुने खुसियालीमा जनजाति समुदायले ल्होसार चाड मनाउने गरेका छन् ।
पाहुनालाई निम्तो गरेर सत्कार गर्ने चलन रहेको माग्रीका सोनाम तामाङले बताए । करिब एक महिनासम्म ग्याल्बो ल्होसार मनाउने गरिएको उनको भनाइ छ । सोनाम ल्होसार सकिएलगतै फागुनमा ग्याल्बो ल्होसार प्रारम्भ हुने स्थानीयको भनाइ छ । ग्याल्बो ल्होसार विशेष गरेर अगुवाले मनाउने चलन छ । सोनाम ल्होसारको सुरुका दिनमा घरपरिवारले रातो टीका लगाउने, सल्लोको लिंगो ल्याएर घरमा रोप्ने र त्यसमा धजा चढाउने गरिन्छ  ।
ल्होसारको उत्साहमा दिनभरि खानपिन गर्ने र साँझपख युवायुवती आँगनमा भोटे सेलो नाचेर रमाइलो गर्ने गरेको उनले जनाए । हरेक दिन पूजापाठ गर्ने र बुद्धको मूर्तिमा जल तथा खानेकुरा चढाउने गरिएको उनी बताउँछन् । ल्होसारकै अवसरमा
युवाहरू सार्वजनिक स्थानमा गएर परम्परागत धनुष वाण खेल्ने गर्छन् । ल्होसार पर्वमा लामा, गुरु रअतिथिलाई एक वर्ष पुरानो छ्याङदिने चलन छ  ।
बौद्ध धर्मावलम्बीका निम्ति ग्याल्बो ल्होसार ठूलो पर्व भएको मह गाउँका पासाङ तामाङले बताए । ‘यो चाडमा जनजाति बस्तीमा निकै रमझम हुने गरेको छ, व्यापार व्यवसायका लागि बाहिर गएका स्थानीय ल्होसार मनाउन घर फर्किने गरेका छन्,’ उनले भने, ‘सोनाम ल्होसारकै अवसर माता खागाउँको तेजी गुफको बौद्ध स्तूपमा ठूलो पूजापाठ गरिएको छ  ।’
ल्होसारमा तिहार बगरमा रहेको बौद्धगुम्बा पनि मेला लाग्ने गरेको उनले बताए । १२ वटै गाउँ बस्तीका स्थानीय त्यहाँ भेला भएर पूजापाठ र नाचगान गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार ल्होसारका निम्ति स्थानीयले विभिन्न ठाउँबाट रातो चामल, घिउ, तेल, मैदा, सातु दुई महिना अघिदेखि नै जम्मा गर्ने गरेका छन् । सोनाम ल्होसार पर्व सकिएपछि खेतीपातीको काम सुरु हुने उनको भनाइ छ  ।
छायानाथ–रारा नगरपालिकाको गमगढी बजार क्षेत्रमा बसोबास गर्दै आएका मुगमकार्मारोङ गाउँपालिकाका जनजाति समुदाय पनि सोनाम ल्होसारमा रमेका छन् । आफ्ना इष्टमित्रलाई बोलाएर खादा लगाइदिने र मिठो खुवाउनमा उनीहरू व्यस्त बनेका हुन्न् ।
अहिले सबैजसो बस्तीमा ल्होसारको खुसी र उमंग छाएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । मिठो खाने, नयाँ लुगा र पुराना गहना लगाउने, नाचगान गर्ने, धनुष खेल खेलेर रमाइलो गर्ने यो चाडको विशेषता रहेको उनले जानकारी दिए  ।
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
नेपाल चौतारी 08:00 am-08:30 am
सबै हेर्नुहोस्