clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जुफाल बिमान स्थलमा सोमबार देखी टेलिकमका सेवा अवरुद्ध
रेडियो डोल्पा 
   डोल्पा(दुनै), ११ माघ – डोल्पाको मुख्य बिमानस्थल जुफालमा रहेको नेपाल टेलिकमको बिटिएस टावर गत सोमवार देखी अवरुद्ध भएको छ । 
   ठुलीभेरी नगरपलीका वडा नं ७ जुफालमा रहेको रहेको नेपाल टेलिकमको बिटिएस टावरमा समस्या आए पछि नेपाल टेलिकमका सबै सेवाहरु अवरुद्ध भएका हुन् । यही महिनाको ४ गतेबाट जुम्ला हुदै डोल्पा जिल्लामा लिंक आउनका लागि राखिएको मौरे लेकको रेडियो लिंक टावरमा समस्या आएर डोल्पा जिल्ला भित्र नेपाल टेलिकमका सबै  सेवा सुविधा अवरुद्ध भएको थियो । 
   मौरे लेकको टावर बने पछि डोल्पाका विभिन्न स्थानमा टेलिकमका सेवाहरु सुचारु भए पनि जुफालमा रहेको टेलिकमको बिटिएस टावर आइतवार दिउसोदेखि आएर एक दिन पछि गत सोम्बार देखी नै जुफालमा रहेको टावर बिग्रेकाले नेपाल टेलिकमको नमस्ते मोवाइल, स्काई मोवाइल, सिडिएमए टेलिफोन, पिएसटिएन टेलिफोन र एडिसिएल तथा इन्टरनेट लगायतका सबै सेवाहरु ठप्प रहेका छन् । 
   आइतवार राति भएको भारि हिमपातका कारण जुफालमा रहेको बिटिएस टावरमा रहेको एन्टेनामा समस्या आएर हो वा रिसिभरमा समस्या आएर हो पत्ता लगाउन नसकिएको नेपाल टेलिकम डोल्पाका नवराज भट्टराइले बताए । उनका अनुसार लिङ्गकमा समस्या भइ सोम्बार देखीनै टावर अवरुद्ध भइ सेवाग्राहीहरुको गुनासो आइरहेको छ । 
   टावरमा समस्या आउनाले जुफाल क्षेत्र, सुं, जीउ, त्रिपुराकोट, लिकु पाहाडामा नेपाल टेलिकमका सबै सेवाहरु अवरुद्ध भएका हुन् । नेपाल टेलिकमको बिटिएस टावर बिग्रेर मोवाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पछि टेलिकमको कार्यालयमा मर्मतका लागि सेवाग्राहीहरुको दबाव आएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । मर्मतका लागि क्षेत्र र केन्द्रमा जानकारी गराइएको भए पनि मौसमका कारण मर्मतका लागि टेलिकमका प्राविधिक आउन सकेका छैनन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?