clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
आठौ राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट खेल सुरु
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २५ मंसिर – निकट भविश्यमा हुन लागेको आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी सहभागी गराउनका लागि विभिन्न खेलको जिल्ला छनोट खेल मंगलवारबाट सुरु भएको छ । 
   जिल्ला खेलकुद बिकास समिति डोल्पाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट प्रतियोगिता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले व्यानर पढेर र गमलामा पानी हालेर उद्घाटन गरेका छन् ।
   खेलाडी छनोट प्रतियोगितामा भलिवल, फूटबल, कराँते लगायतका विभिन्न ८ खेलहरुका खेलाडी छनोट गर्नु पर्ने भएकाले तोकिएका प्रशिक्षकहरुले आफ्नो खेलमा जिल्लाबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लिने खेलाडी छनोट गर्न यो छनोट प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति डोल्पाले जनाएको छ । 
   खेलाडी छनोटका लागि गरिएको भलिवल प्रतियोगितामा १२ वटा टिम दर्ता भएको जिल्ला खेलकुद बिकास समिति डोल्पाका अध्यक्ष लंकबहादुर रोकायाले जानकारी दिएका छन् । दर्ता भएका टिमहरुलाइ ग्रुप ए, बि, सि र डि मा बिभाजन गरी खेल आजै सुरु गरिएको छ । ग्रुप एमा जेवाइसि क्लब जुफाल, कर्णाली खेलकुद तथा शान्ति विकास समाज लोचाबिच पहिलो खेल भएको थियो । पहिलो खेलमा लोचा भलिवल टिम बिजयी भएको छ । 
   समूह ए मा जेवाइसि क्लब जुफाल, कर्णाली खेलकुद तथा शान्ति विकास समाज लोचा र साइकुमारी युथ क्लब माजफाल, समूह बि मा निजामति कर्मचारी, जगदुल्ला गाउँपालीका टिम र जन एकता युथ क्लब फुल्चिङ, समूह सि मा सेभेन स्टार थाला, डाँगी युथ क्लब डाँगिबाडा र अल्टिमेट रहेका छन् त्यसै गरी समूह डि मा नेपाल प्रहरी, कालीका टिम, ताली  टिम रहेका छन् । उता महिला भलिवल तर्फ ३ टिम दर्ता भएका छन् । 
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ डोल्पा जिल्लामा भएको खेलाडि छनोट प्रतियोगिता २९ गते सम्पन्न हुने छ । खेल प्रतियोगिताले युवाहरुको चौतर्फी बृद्धि बिकास गर्ने र खेल को स्तर उन्नति गर्ने मुख्य उदेश्य राखी राम्रा खेलाडि उत्पादन गर्नको लागि जिल्ला छनोट खेल हुन लागेको अध्यक्ष रोकायले बाताएका छन् । उनले भलिवल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था भएको जानकारी दिएका छन् ।
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्