clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका स्थानीय तहहरुले गत आ.व.को विवरण अझै बुझाएनन्
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २२ मंसिर – डोल्पाका अधिकांश स्थानीय तहहरुले गत आर्थिक वर्षको खर्च विवरण पेश नगरेका कारण दोस्रो त्रैमासिकको दोस्रो महिना बित्न लाग्दा समेत पहिलो त्रैमासिक पुंजिगत बजेट निकासा भएको छैन । 
   महालेखा नियन्त्रण कार्यालयले स्थानीय तहहरुमा मनपरी खर्च नहोस् । तोकिएको शीर्षकमा खर्च होस्, जनताको चाहना तथा स्थानीय आवश्यकता बमोजिममा योजना निर्माण हुउन् र ती विकास निर्माणका काम राम्रो भएर पारदर्शी बनुन भन्ने हेतुले मलेनिकाले गत आर्थिक वर्षमा गरिएको खर्चको विवरण उपलब्ध नभएसम्म चालु आर्थिक वर्षको पुंजिगत बजेट निकासा नदिने बताउदै विवरण मागेको भए पनि डोल्पाका ७ वटा स्थानीय तहहरुले शुक्रवारसम्म विवरण बुझाएका छैनन् ।
   विवरण बुझाउन भनिएको भए पनि डोल्पाका ८ वटा स्थानीय तहहरु मध्ये ७ वटाले शुक्रवार पनि विवरण बुझाएका छैनन् । १ वटा स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिकाले शुक्रवार मात्र विवरण बुझाएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाले जनाएको छ । स्थानीय तहहरुले गत आर्थिक वर्षमा भएको खर्चको विवरण नबुझाउनु एउटा प्रमुख कारण हो । अर्को कारण भने स्थानीय तहहरुमा आउने अधिकांश पुंजिगत बजेट बैदेशिक भएको र बैदेशिक बजेटको निकासा नआएका कारण पनि स्थानीय तहहरुमा जाने पुंजिगत बजेट निकासामा ढिला भएको हो । 
   प्रथम त्रैमासिक वितिसकेर दोस्रो त्रैमासिकको दोस्रो महिना वितिसक्दा पनि पुंजिगत तर्फको बजेट निकासा नभएकाले सबै स्थानीय तहहरुको पुंजिगत खर्च शुन्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाले जनाएको छ । 
   जिल्लाका सबै स्थानीय तहहरुमा चालु खर्चको बजेट मात्र निकासा गएको कोलेनिका डोल्पाका निमित्त कार्यालय प्रमुख उदय जिसिले जानकारी दिएका छन् । उनका अनुसार डोल्पाका स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुले तलवभत्ता खाने र कार्यालय संचालन गर्ने काम बाहेक अरु प्रथति भएको छैन । 
   पुंजिगत बजेट निकासा नहुंदा विकासका धेरै कामहरु अघि बढाउन समेत कठिनाई भएको छ । गाउंपालिकामा कार्यरत कर्मचारीहरुको तलव भत्ता निकासा दिने र चालु खर्चको बजेटले कार्यालयीय रुपमा आवश्यक पर्ने सरसामान किन्नु वाहेक अन्य कुनै पनि काम गर्न नसकिएको मुड्केचुला गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए । उनले थपे प्रगति नहुनुमा बैंकिङ समस्या, वैदेशिक सहयोगका साथै प्रक्रियाका समस्याले पनि ढिलो भएको हो । 
    चालु आर्थिक वर्षमा कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाका अनुसार चालु खर्च तर्फको बजेट भने निकासा गएको छ । जुन बजेट निकासा यस बमोजिम रहेको छ ः ठुलीभेरी नगरपालीकामा ५ करोड ७५ लाख ५० हजार,  त्रिपुरासुन्दरी नगरपालीकामा ५ करोड ७९ लाख ५० हजार, काइके गाउंपालीकामा २ करोड ६४लाख ७५ हजार, छार्का ताङ्गसोङ गाउंपालीकामा २ करोड १३ लाख २५ हजार, जगदुल्ला गाउंपालीकामा २ करोड ९९ लाख ५० हजार, डोल्पो बुद्ध गाउंपालीकामा २ करोड ४ लाख मुड्के चुला गाउंपालीकामा ३ करोड ५५ लाख २५ हजार र शे फोक्शुण्डो गाउंपालीकामा २ करोड ५३ लाख ७५ हजार बजेट निकासा भएको हो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्