clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जुफाल विमानस्थलमा नयां टेलिफोन एक्सचेन्ज संचालन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), २१ मंसिर – डोल्पा जिल्लाको दोस्रो ठुलो बजार र विमानस्थल रहेको जुफालमा नेपाल नेलिकमले एम सान टेलिफोन एक्सचेन्ज जडान गरी संचालनमा ल्याएको छ । 
   थोरै भए पनि टेलिफोन जडान भए पछि एडिएसएल समेत जडान गरेर संचालनमा आए पछि जुफालका सरकारी, गैरसरकारी र नीजि व्यवसायीहरु खुुसि भएका छन् । शुक्रवारबाट विमानस्थल रहेको जुफाल बजारमा एडिएसएलबाट इन्टरनेट सेवा सुरु भएको हो । टेलिफोनका लागि टेलिफोन भन्दा मोवाइल नै राम्रो र सजिलो भएकाले सरकारी तथा गैरसरकारी कार्यालयहरु र नीजि व्यवसायीहरुले एडिएसएलका लागि टेलिफोन लाइन जडानमा जोड दिएको होटल त्रिपुराका बालकृष्ण डांगीले बताए । 
   उच्च हिमाली जिल्ला डोल्पाको दुर्गम र विशाल भूबनोटका कारण संचारमा साह्रै पछि परिको अवस्थालाई सहज तुल्याउनका लागि नेपाल टेलिकमले जुफाल विमानस्थल रहेको जुफाल बजारमा एम सान प्रविधिको नयां एक्सचेन्ज जडान गरी संचालनमा ल्याएर सबैलाई सुविधालाई सहज बनाएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । 
   जुफालमा जडान गरिएको टेलिफोन एक्सचेन्जमा १ सय २८ लाइन टेलिफोन र त्यतिनै संख्यामा एडिएसएल(द्रुत इन्टरनेट) क्षमता रहेको छ । यसबाट जुफालमा रहेका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरु र नीजि व्यवसायीहरुले पनि टेलिफोनका साथसाथै इन्टरनेटको सेवा सुविधा सहजै पाएको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम के.सी.ले बताए । 
   उनका अनुसार टेलिफोन सेवाका लागि एक्सचेन्ज जडान गर्नु पर्ने, जडान गर्दा ८० भन्दा बढि ग्राहक हुनु पर्ने भएकाले जुफालमा रहेका २७ वटा सरकारी तथा गैरसरकारी कार्यालय लगायत संस्थागत र ५२ जना व्यक्तिगत गरी जम्मा ७९ जनाले टेलिफोन र एडिएसएल जडान गरिदिन भनेर निवेदन दिएका थिए । उनीहरुले निवेदन दिएको भए पनि शुक्रवारसम्म १८ लाइनमात्र जडान गरिएको छ । 
   बांकी ग्राहकहरुलाई पटकपटक ताकेता गर्दा पनि धरौटी लगायत आवश्यक रकम जम्मा नगरेकाले जडानमा कठिनाई आएको छ । टेलिफोन जडान गर्न आवश्यक प्रक्रिया पुरा गरी आउन आग्रह गरिए पनि नआएकाले ढिलो भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । जुफालमा टेलिफोन जडान भए पछि डोल्पाका दुनै र जुफाल बजारमा गरी २ वटा टेलिफोन एक्सचेन्ज संचालनमा आएको छ । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्