clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
कक्षा ८ का विधार्थी द्धारा बालबिबहा रोक्ने निर्णय
सुकमाया थापा,
रेडियो डोल्पा एफ.एम
डोल्पा १६ मंसिर  - कक्षा ८ का विधार्थी द्धारा बालबिबहा रोक्ने निर्णय गरेका छन । केट किलेपको आर्थीक सहयोगमा र महिला शसत्तिकरणको आयोजनामा १६ दिने लैङ्गीक हिंसा विरुद्धको अभियानमा किशोररुहरुको लागि जिवन उपयोगि सिप मुलक तालीम त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ३ सुमा गत १२, १३ र १४ गते ३ दिनसम्म सञ्चालन गरीएको थियो । तालिम कार्यक्रममा सहभागि विद्यार्थीहरु तथा किशोर किशोरीहरुले आफूले सुनेसम्म बालविवाह हुन नदिने सामुहिक निर्णय गरेका छन् । 
सरस्वती माध्यमिक विद्यालय सुंमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुलाई १६ दिने लैङ्गीक हिंसा विरुद्धको अभियानका क्रममा ३ दिने तालीम दिइको थियो । कक्षा ८ का बिधार्थीहरुको सहभागिता रहेको थियो । उक्त तालीममा घरेलु सेनिटरी प्याट बनाउन सिकाइएको महिला शसक्तिकरण डोल्पाकि अध्यक्ष उर्मिला विश्वकर्माले जानकारी दिनु भएको छ ।
उक्त बिद्यालयमा पानीको समस्या रहेको एक विधार्थीले बताएका छन् । शौचालय भएपनि पानी को समस्या भएकाले किशोरीहरुलाइ महिनावारी भएको बेलामा प्याट फेर्ने समस्यारहेको किशोरीहरुको गुनासो रहेको छ । भौतिक संरचना राम्रो भएपनि पानीले समस्या पारेको छ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्