clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बाढि पिडितले पाए राहात
सुकमाया थापा,
रेडियो डोल्पा एफ.एम
डोल्पा १६ मंसिर - गएको बर्षा मौसममा बाढिले क्षति पु¥याएका बाढि पिडितहरुलाई राहात वितरण गरिएको छ । उच्च हिमाली जिल्ला डोल्पामा बर्षायामको समयमा बाढिले घरहरु गुमाएका पिडितहरुले सरकारबाट थोरैमात्रामा भएपनि राहात पाएका हुन् । अबिरल बर्षाले गर्दा बाढि पहिरो तथा आगलागिबाट पुर्ण तथा आसिक क्षति व्यहोरेका पिडितहरुलाइ राहात दिइएको हो ।
जिल्ला दैबिक प्रकोप उद्धार तथा राहात कोषबाट घरहरु अांसिक रुपमा क्षति पुगेका पिडितहरुलाइ ५ हजार रुपैया र घरहरु पुर्ण रुपमा क्षति भएका पिडितहरुलाइ १० हजार रुपैया उपलब्ध गराइएको जिल्ला दैबिक प्रकोप उद्धार कोष डोल्पाले जनाएको छ ।
यस आर्थीक बर्षमा आगलागि, बाढि पहिरो तथा अन्ने कारणले गर्दा दैबिक प्रकोपबाट पीडित ५८ घर परिवारले राहातका लागि निबेदन जिल्ला प्रशासन डोल्पामा दिएका थिए ।
कोषमा रकम मौज्दात कम भएकाले ५८ वटै घरपरीवरलाइ राहात उपलब्ध गराउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले जानकारी दिनुभएको छ । बर्षाको समयमा  दैबि प्रकोप मा पिडित भएका घरपरीवारले भदौमा निबेदन दिएपनि थप बजेट मन्त्रालयबाट निकासा हुन ढिलो भएपछि निबेदन परेको ४ महिना पछि बल्ल थोरै भए पनि राहात वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भएको छ ।
पहिरोले घर गुमाएका त्रिपुरा सुन्दरी नगरपालीका वडा नं २ रसिका नामकाङ बैजि र वडा नं ७ पाहाडाकि हिमाली खत्रिको पुर्ण क्षतिको १० हजार चेक हस्तान्त्रण गरीएको छ । थोरै भएपनि सरकारले आफु पिडित बन्दा राहात दिएकोमा निकै खुसि भएको पीडित खत्रीले बताउनु भएको छ । 
दैबिक प्रकोपबाट धेरै घरपरीवारले क्षति बेहुर्नु परेको जिल्ला प्रशासन कार्यलयका नायब सुब्बा धर्मराज शाहीले बताउनु भएको छ । शाहीका अनुसार ५८ वटा ले राहात पाउने भएका छन र अझै निबेदन कार्यलयमा दर्ता भइरहेका छन् । बांकी पीडितलाई क्रमशः राहात वितरण गर्दै जाने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । 
पिडितहरुले सरकारी राहात प्रकृयाको जानकारी नभएको र कागजादि कामले समय लामो हुने भएको हुदा पिडितले क्षतिपुर्तिको लागि पहल नगर्ने गरेको पाइन्छ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?