clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा वर्षैभरी आउंछ नेपालगञ्जबाट तरकारी
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १६ मंसिर – हिमाली जिल्ला डोल्पामा हवाई जहाज चढेर नेपालगञ्जबाट भारतीय तरकारी समेत आएर वाहै्र महिना जासो विक्रि हुने गर्दछ । 
   कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको अवस्थामा डोल्पामा भने हवाई जहाज चढेर भारतीय तरकारीहरु समेत डोल्पा पुगेर विक्रिवितरण हुने गरेका छन् । 
   भारतको रुपैडिहाबाट ल्याएर नेपालगञ्जका विभिन्न बजारमा राखिएका र रुपैडिहाबाट सिधै ल्याएर नेपालगञ्जबाट महंगो भाडा तिरेर हवाई जहाज चढाएर व्यापारिहरुले विभिन्न तरकारीहरु डोल्पा ल्याई विक्रि वितरण गर्र्ने गरेका छन् । 
   नेपालगञ्जबाट जहाजबाट चमाटर, खुर्सानी, तिते करेला, भिण्डी, काउली, प्याज, पर्वल लगायतका तरकारीहरु डोल्पामा ल्याई वाह्रै महिना विक्रि वितरण हुने गरेको व्यापारि जीवन पौडेलले बताए । उनका अनुसार नेपालगञ्जबाट आउने तरकारी भारतीय र नेपाली भन्ने भन्दा पनि धेरै भारतबाट आएका र थोरै नेपालकै तरकारीहरु पनि डोल्पा आउने गर्दछन् । 
   उनका अनुसार जिल्ला वाहिरबाट ल्याएका तरकारीहरु धेरैजसो कर्मचारीहरुले खाने गरेका छन् । त्यस पछि जिल्ला वाहिरबाट आएका उद्योगी व्यापारिहरु र जिल्ला भित्रका पनि गाउंबाट सदरमुकाम तथा जिल्लाका विभिन्न बजारमा आएर बसेकाहरुले वाहिरी जिल्ला नेपालगञ्ज हुदै डोल्पा आइपुगेका भारतीय तरकारीहरु खपत गर्ने गरेको पनि तरकारी व्यापारीहरु बताउछन् । 
   आइतवार दुनै बजारमा रहेको पिन्टु गुप्ताको पसलमा चमाटर र खुर्सानी भेटियो । मुल्या सोद्दा टमाटरको प्रति किलोग्राम ३ सय र खुर्सानीको प्रति पाउ १ सय पर्ने पसलमा रहेकी साउनीले जानकारी दिइन् । साउनीका अनुसार नेपालगञ्जबाट जहाजमा आउने तरकारी मंसिरबाट चैतसम्म बढि विक्रि हुने गर्दछ । किनकी यो मौसममा स्थानीय तरकारीहरु नपाइने भएकाले पनि धेरै विक्रि हुने गरेको हो । 
   जिल्ला बाहिरबाट नआउने तरकारी भने बन्दा र सागपात मात्र हुन् । यी तरकारी जिल्ला भित्रै उब्जनी हुने गरेका छन् । जिल्ला भित्र पनि अर्गानिक हो भन्न कठिन छ । किनकी एक वर्ष सम्ममा रसायनिक मल र विभिन्न रसायनिक विषादी तथा किट नासक विषादीहरु ल्याएर विक्रि वितरण गर्ने गरिएको कृषि ज्ञान केन्द्र डोल्पाका प्रमुख भिमबहादुर धरालाले बताए । 
   उनले थपे कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई अर्गानिक घोषणा गरेकाले यो वर्षबाट रसायनिक मल र किट नासक विषाधिहरु ल्याइने छैन । यदी कसैले अटेर गरेर ल्याउछ भने विभिन्न सुविधाहरु दिइने छैन । अर्गानिक प्रदेश घोषणा भएकाले डोल्पाका सम्पूर्ण उत्पादनहरु अर्गानिक बनाउने तर्फ कृषि ज्ञान केन्द्र डोल्पाले ध्यान केन्द्रित बनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?