clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
स्वर्गको टुक्रा फोक्सुण्डो ताल ः उपराष्ट्रपति
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(फोक्सुण्डोबाट फर्के पछि दुनै), १५ मंसिर – उत्तर दक्षीण लम्पसार परेर फैलिएको प्राकृतिक छटाले भरिपूर्ण फोक्सुण्डो तालको वरिपरि धेरै भाग चट्टानले घेरेको छ । तालको दक्षीणतिरको भागमा वनजंगल रहेको छ । तालको आकार प्रकार हेर्न एकै छेउबाट सकिदैन एक छेउबाट अर्को छेउ देखिदैन । शे गुम्बा तर्फ जानेबाटो माथि डांडामा गएर हेर्दा  समेत पनि तालको पुरै भाग देख्न सम्भव छैन । ताललाई स्थानीयहरु फुक्सुम्धो भन्ने गर्दछन् डोल्पो भाषाको फुक्सुम्धोको अर्थ नेपालीमा त्रीवेणी भन्ने हुन्छ । यस भनाई अनुसार यो ताल झन्नै तीन कुने आकारको छ । तर दक्षीणतिरको भाग भने लामो र तल्लो टुप्पा केही फैलिएको छ । धेरै पर्यटकहरुले त्यही तल्लो कुनामा पुगेर तालको पुरै आकारको अवलोकन नगरी फर्कने गर्दछन् । 
   समुन्द्री सतहदेखि ३ हजार ६ सय ५० मिटर उचाईमा रहेको फोक्सुण्डो ताल नेपालकै गहिरो मानिन्छ । यसको गहिराई ६ सय ५० मिटर छ भनेर सामान्य ज्ञानहरुमा समेत दिएको पाइन्छ । गत बुधवार फोक्सुण्डो ताल भ्रमण गरी ताल छेउमा ओयोजित शे–फोक्सुण्डो पर्यटन प्रवर्धन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले फोक्सुण्डो ताललाई स्वर्गको टुक्रा भनेर सम्बोधन गरे । त्यसको अघिल्लो दिन फोक्सुण्डो पुगेका आन्तरिक पर्यटक मनोज पण्डितले फोक्सुण्डो ताल स्वर्गै हो भने । यस तालको अवलोकन गर्ने धेरै स्वदेशी विदेशी पर्यटकहरुले फोक्सुण्डो ताललाई स्वर्गको टुक्रा भनेर सम्बोधन गर्ने गरेको पाइन्छ ।
   डोल्पाको सदरमुकाम दुनैदेखि ३६ किलोमिटर उत्तरमा पर्ने फोक्सुण्डो ताल जान दुनैबाट २ दिन पैदल हिडेर अप्ठेरो र उकालो बाटो कठिन तरिकाले काट्नु पर्ने हुन्छ । यसरी कठिन बाटो काटेर फोक्सुण्डो पुग्दा त्यहांको सुन्दर दृश्यले बाटोका सबै दुख कष्ट भुलिने पर्यटकहरु अनुभवका रुपमा सुनाउछन् । 
   तालको उत्तरतिरबाट छाल्फु र ढेवुथान नामक २ ठुला खोलाहरुबाट तालमा पानी प्रवेश गर्ने गर्दछ भने दक्षीणतिर रिग्मो गाउं नजिकको खोला बनेको खोल्साबाट तालको सफा स्वच्छ निर्मल पानी कलकल गर्दै वाहिरिन्छ । यसरी तालबाट वाहिरिएको पानी करिव ५ सय मिटर तल पुगेर १ सय ६७ मिटरको फोक्सुण्डो(सुलिगाड) झरना बनेर झर्ने गर्दछ । यो झरनाले फोक्सुण्डो परिसरलाई निकै रमणीय बनाएको छ ।
   पलमबाट लागेको ठाडो उकालो बाटो फोक्सुण्डो झरनाको सिरानीमा पुगेर ताल तर्फ तेर्सो लाग्दछ । यस उकालोमा बटुवाहरुलाई निकै कठिन महसुस हुने गर्दछ । उकालोको शिरमा पुगे पछि देखिने कन्चन पानीले बनेको झरना र तालको दृश्य देखिए पछि सांच्चै स्वर्ग पुगेको अनुभव हुने गरेको धेरै पटक फोक्सुण्डो पुगिसकेका विष्णुप्रसाद देवकोटा बताउछन् । 
   फोक्सुण्डो तालको दक्षीण छेउमा सानो वस्ति छ । यस वस्तिलाई रिग्मो गाउं भनिन्छ । यस गाउंमा ६५ जति घरधुरि रहे पनि घरहरु भने ४५ को हाराहारिमा रहेको लामा होटेल संचालन गरिरहेका स्थानीय छेवाङ लामा बताउछन् । उनका अनुसार फोक्सुण्डो ताल र ताल वरिपरि रहेको अन्य सुन्दर दृश्यावलोकन गर्न आउने पर्यटकहरुको संख्या वर्षेनी बढिरहेको छ । फोक्सुण्डो आउने आन्तरिक पर्यटकहरुको संख्या यो वर्ष अहिलेसम्मकै धेरै आएकाले होला फोक्सुण्डो ताल छेवैमा रहेको रिग्म गाउंका ७ वटा होटेलहरुको व्यापार राम्रै भएको छ । 
   फोक्सुण्डो ताल पुग्न डोल्पाको सदरमुकाम दुनैबाट २ दिनको पैदल यात्रा हो । यो तालसम्म पुग्न घोडेटो बाटो भए पनि ठाउंठाउंमा निकै कठिन तथा अप्ठेरो छ । वर्षाको समयमा फोक्सुण्डो खोलाले ठाउंठाउंमा बाटो छेक्ने भएकाले ठाउंठाउंमा भिरालो र उकालो बाटो कठिन रुपमा काटेर जोखिमपूर्ण यात्रा पार गर्नु पर्छ । यसका साथसाथै कागनीदेखि फोक्सुण्डो तालसम्म नपुगुन्जेल मोवाइल तथा टेलिफोन सेवा नभएकाले २ दिन पुरै संशारबाट सम्पर्क बिच्छेद हुने हुंदा पर्यटकको घरमा जानकारी नपाउंदा घरपरिवारमा निकै छटपटाहट हुने स्थिति सिर्जना हुने अवस्था सबैभन्दा ठुलो समस्या भएको फोक्सुण्डो पुगेका कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत शेरबहादुर रोकायाले बताए । 
   फोक्सुण्डो तालमा पुगे पछि अवलोकन गर्न सकिने ताल र झरना वाहेकका थुप्रै दृश्यहरु रहेका छन् । पूर्व, पश्चिम र उत्तरका उच्च हिमालहरु, तालको दक्षीण पूर्वको छेवैमा कस्तुरी, नावर लगायतका वन्यजन्तुहरुको शिकार रोकेर वन्यजन्तु संरक्षणका उद्देश्यले स्थापित भएको भन्ने मान्यता बोकेको थासुङछोलिङ गुम्बा र त्यस वरिपरिका विभिन्न स्तुपा तथा छोर्तेनहरु, रिग्म गाउं र गाउं वरिपरि रहेका विभिन्न सुन्दर र परम्परागत गुम्बा तथा छोर्तेनहरु, रिग्म गाउंदेखि ठिक पूर्वतर्फको घना हरियो जंगल, नजिकै आउने नावर लगायत विभिन्न वन्यजन्तुहरु, थासुङछोलिङ गुम्बादेखि माथि रहेको हिमाली डांडामा आकाश देखिने पाहाडकै गेट, भोजपत्र लगायत विभिन्न प्रजातिका बोट विरुवाहरु, तालकै छेउमा रहेको बुद्धिष्ठ संस्कृतिको जनजीवन, धर्म संस्कृति, लामा नाच स्यार्वो नाच लगायतका विभिन्न कला र सांस्कृतिक पुरम्परा, स्थानीय भाषा, भेषभुषाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । 
   यस प्रकारको प्रचुर पर्यटकिय महत्व बोकेको फोक्सुण्डो तालको विकास, संरक्षण, संवर्धन, प्रवर्धन र प्रचार प्रसारका लागि दिर्घकालिन योजना नेपाल सरकार लगायत सम्बन्धित निकायबाट खासै ल्याएको देखिदैन । तालको वरिपरि पदमार्ग बनाउनका लागि बल्ल यो वर्ष कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ करोड बजेट बिनियोजन गरेकाले त्यसका लागि बिहिवारदेखि डिटेल सर्भे (डिपिआर) को काम सुरु गरिएको ताल छेउमै घर भएका शे–फोक्सुण्डो गाउंपालिका वडा नं. ८ का वडा अध्यक्ष निमा गुरुङले जानकारी दिए । विभिन्न निकायहरुबाट फोक्सुण्डो ताल र यस तालसम्म भनेर गर्ने बाटो तथा अन्य निर्माणका योजना थोरै बजेटका कारण हात्तिको मुखमा जिरा जस्तै निष्प्रभावी हुने गरेका छन् । 
   फोक्सुण्डो ताललाई पर्यटकिय स्थल बनाउने हो र यहांका स्थानीयहरुलाई फाइदा हुने गर्ने हो भने साङ्टा देखि फोक्सुण्डो ताल हुदै शे–गुम्बासम्म दोहोरो घोडा हिड्न मिल्ने गरी घोडेटो बाटो निर्माण गरिनु आवश्यक रहेको स्थानीयहरुको माग छ । यसका साथै सञ्चारको निकै अभाव खट्किने गरेको स्थानीय टसी गुरुङ बताउछन् । उनी थप्छन् बाटो, संचार तथा भौतिक संरचनाको विकास गरेर मात्रै भएन यहांका ऐतिहासिक तथा पुरातात्वीक महत्वका वस्तुहरु, कला संस्कृति, भाषा, भेषभुषा, जनजीवन, प्राकृतिक, सामाजिक, धार्मीम सम्पदाहरुको संरक्षण गर्दै प्रचार प्रसार पनि हुनु पर्यो । 
   उपराष्ट्रपति पुनले भने फोक्सुण्डो ताललाई भू–स्वर्ग बताउदै यस्तो भू–स्वर्गमा देशि विदेशी सबैलाई फोक्सुण्डो ताल हेर्न आउन आह्वान गर्दछु, यस तालसम्म आउन जान सहज हुने गरी बाटो लगायतका भौतिक विकासका लागि यथेष्ट बजेटको व्यवस्था गर्न नेपाल सरकारलाई अग्रह गर्दछु । उपराष्ट्रपति पुनसंगै हेलिकोप्टर मार्फत फोक्सुण्डो पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि फोक्सुण्डो ताललाई प्रकृतिको अनुपम छटा भन्दै यसको विकासका लागि विशेष ध्यान दिइने उद्घोष गरे । 
   देशका उपराष्ट्रपति, कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, माननियहरु तथा उच्च पदस्त व्यक्तिहरुको भ्रमणले हौसिएका स्थानीयहरुमा फोक्सुण्डो तालको विकासमा तिब्रता आउने आशा जागेको छ । स्थानीयहरु भन्छन् आफ्नो खेतिले ३ महिना पनि खाना नपुग्ने रिग्मो गाउंबासिहरुका लागि फोक्सुण्डो तालको पर्यटन प्रवर्धन र विकासका लागि सम्बन्धित निकायले हेर्न आवश्यक छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?