clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
उपराष्ट्रपति नेपालकै गहिरो ताल फोक्सुण्डोमा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(फोक्सुण्डो), १३ मंसिर – प्राकृतिक सौंन्दर्यताले भरिपूर्ण भए पनि भौतिक विकास प्रचार प्रसारका कारण पछि परेको नेपालकै गहिरो ताल फोक्सुण्डोमा उपराष्ट्रपति पुगेकामा स्थानीयहरु हर्षित भए । 
   बादलका कारण धिमो घाम लागेको थियो । विहान ९ बजेतिर भएकाले हावा चल्न सुरु भएको थिएन । विश्वको सौन्दर्य आफूमै समेटेको अनुभव हुने प्राकृतिक रुपमा भन्नु पर्दा देशी विदेशी पर्यटकहरुले भूस्वर्गका रुपमा लिने गरेको फोक्सुण्डो तालको दक्षिण छेउको चउरमा सामान्य प्रकारको मञ्च र स्वागतद्धार बनाइएको थियो । 
   कर्णाली रारा पर्यटन वर्ष २०७५ को प्रचारात्मक कार्यक्रमको शीलशीलामा डोल्पाको मात्र होइन नेपालकै गहिरो र दोस्रो ठुलो ताल मानिने फोक्सुण्डो तालमा बुधवार विहान उपराष्ट्रपति नन्दबहादुर पुन पुगे पछि स्थानीयले हर्षित मुद्रामा खादा र स्थानीय बाजागाजाले भव्य स्वागत गरे । 
   फोक्सुण्डो ताल परिसरमा आयोजित शे–फोक्सुण्डो पर्यटन प्रवर्धन कार्यक्रमलाई उद्घाटन गर्दै मन्तव्यमा उपराष्ट्रपति पुनले फोक्सुण्डो ताललाई भूस्वर्गको रुपमा सम्बोधन गरे । सांच्चै आनन्ददायी र स्वर्गको एक टुक्राको रुपमा फोक्सुण्डो ताल र यसको नजिकै ५ सय मिटर जति दक्षिणतिर रहेको फोक्सुण्डो झरना अवलोकनका लागि एकचोटी सबैले पुग्नै पर्ने अवस्था देखेको उपराष्ट्रपति पुनले उल्लेख गरे । उपराष्ट्रपति पुनले जोड दिदै भने यस्तो प्रचुर प्राकृतिक सौन्दर्यको खानी फोक्सुण्डो ताल र फोक्सुण्डो झरनालाई भौतिक पूर्वाधार विकासले झनै सजाउनु पर्ने देखिएकाले यस क्षेत्रको विकास गर्न यथेष्ट बजेटको व्यवस्थाका लागि नेपाल सरकारसंग यही फोक्सुण्डो परिसरबाट आग्रह गर्दछु । 
   फोक्सुण्डो तालमा उपराष्ट्रपति नन्दबहादुर पुन, उहांकी धर्मपत्नी हस्तमाली पुन, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधि सभा सदस्य एवम् पूर्व शान्तिमन्त्री सत्य पाहाडी, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली रारा पर्यटन वर्ष २०७५ को क्रममा शे–फोक्सुण्डो पर्यटन प्रवर्धन कार्यक्रमका पुगेका थिए । 
   पर्यटन प्रवर्धन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले नेपालकै गहिरो ताल फोक्सुण्डो, फोक्सुण्डो झरना लगायत डोल्पा जिल्लामा रहेका सबै पर्यटकिय स्थलहरुको विकासका लागि कर्णाली प्रदेश सरकार गम्भिर भएर लागि रहेको बताए । उनले थपे फोक्सुण्डो ताल, बाला त्रिपुरा सुन्दरी मन्दिर, शे गुम्बा, फोक्सुण्डो झरना लगायत यहांका हरेक पर्यटकिय स्थलहरु डोल्पाका मात्र नभएर कर्णाली प्रदेश र नेपालकै भएकाले यी स्थलहरुलाई विकासले सुन्दर बनाउनुका साथै आकर्षणका केन्द्र बनाइने छ । 
   कार्यक्रममा प्रमुख तथा अन्य अतिथिहरुलाई डोल्पा भाषाको गितबाट स्वागत गर्नुका साथै लामा नाच, स्यार्वो नाच लगायत विभिन्न नाच र झांकी प्रदर्शन गरेर कार्यक्रमलाई मनोरम बनाइएको थियो भने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले स्वागत भाषण व्यक्त गरेका थिए । स्वागत भाषणको क्रममा उनले प्राकृतिक रुपमा भूस्वर्ग भए पनि विकासमा निकै पछि परेको डोल्पाको फोक्सुण्डो तालमा उपराष्ट्रपति लगायतका विशिष्ठ व्यक्तित्वहरुले भ्रमण गरिदिनु भएकोमा हर्ष व्यक्त गरेका थिए । 
   छोटो समयका लागि आयोजित पर्यटन प्रवर्धन कार्यक्रमलाई समापन मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष एवम् शे–फोक्सुण्डो गाउंपालिकाका उपाध्यक्ष धावासम्दुक गुरुङले चीनसंग व्यापारिक कारोवारका लागि १४ नं. नाका तथा खुङ्ला नाकालाई भन्सार स्थापना गरी नाका खोल्नु पर्ने, फोक्सुण्डो ताल वरिपरि अवलोकनका लागि पर्यटकिय पदमार्ग निर्माण गरिनु पर्ने, दुनैदेखि फोक्सुण्डो तालसम्म दोहोरा घोडा हिड्न मिल्ने घोडेटो बाटो निर्माण, साङ्टा–फोक्सुण्डो ताल–शे गुम्बा–भिजेरहुदै याला पास भएर मुगाको रारासम्म घोडा हिड्न मिल्ने गरी पर्यटन पदमार्ग विकास गरिनु पर्ने, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको हेड क्वाटर पलममा सारिनु पर्ने, शे–फोक्सुण्डो गाउंपालिका भित्र १५ शैया अस्पताल स्थापना गरिनु पर्ने, शे–फोक्सुण्डो गाउंपालिकाका विभिन्न खोलाबाट विधुत निकालि स्थानीयलाई सुविधा दिनु पर्ने लगायतका माग प्रस्तुत गरेका थिए । 
   आन्तरिक पर्यटकका रुपमा फोक्सुण्डो ताल परिसरमा आयोजित र्पटन प्रवर्धन कार्यक्रम स्थल पुगेका मनोज पण्डितले फोक्सुण्डो ताल र झरना साच्चै अतुलनिय सुन्दरताले भरिपूर्ण भएको प्रतिक्रिया दिए । उनले थपे फोक्सुण्डो तालमा धेरै भन्दा धेरै पर्यटकहरु आउने बनाउनका लागि यहां आउने बाटोको सुधार गर्नु पहिलो आवश्यक्ता रहेको छ, त्यस पछि ताल वरिपरि घुम्ने पदमार्ग निर्माण गरिनु पर्ने देखिन्छ किनकी अहिले पर्यटकहरुले तालको तल्लो कुना मात्र अवलोकन गरेर फर्कने गरेका छन् किनकी पुरै ताल अवलोकन गर्न निकै कठिन छ । यसका साथसाथै फोहोर व्यवस्थापन अहिले नै सोच्नु पर्छ, ठाउंठाउंमा साइन पोष्टहरु तथा जानकारी वोर्डहरु राखिनु पर्ने देखिन्छ, दुनैदेखि फोक्सुण्डो तालसम्मको बाटोमा सुविधा सम्पन्न होटेलहरुको कमिले पनि समस्या बनाउने गरेको पाइयो । 
   मञ्चको कार्यक्रम पछि उपराष्ट्रपति लगायत सम्पूर्ण मन्त्री तथा अतिथिहरु तालको छेवैमा पुगेर पानी छुनुका साथै पानी समेत पिएका थिए । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र शे–फोक्सुण्डो गाउंपालिकाको सहआयोजनामा भएको पर्यटन प्रवर्धन कार्यक्रमको अध्यक्षता शे–फोक्सुण्डो गाउंपालिकाका उपाध्यक्ष धावासम्दुक गुरुङ्गे गरेका थिए भने कार्यक्रमको संचालन कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शेरबहादुर रोकायाले गरेका थिए ।
   कार्यक्रममा जिल्ला सदरमुकामबाट सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा सहित कर्मचारीहरु, सुरक्षाकर्मीहरु, डोल्पाका स्थानीय पत्रकारहरु समेत २ दिन पैदल हिडेर फोक्सुण्डो ताल पुगेका थिए । सुरुमा कार्यक्रमको तालिका सार्वजनिक हुंदा सातै प्रदेशका मुख्यमन्त्रीहरु, नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री समेत आउने जनाइएको थियो । तर चिसोका कारण फोक्सुण्डो तालमा हेलिकोप्टर स्टार्ट बन्द गर्दा स्टार्ट नहुने भन्दै नेपाली सेनाले नमाने पछि ६ प्रदेशका मुख्यमन्त्रीहरु र नेपाल सरकारका पर्यटन मन्त्री ल्याउन नसकिएको आयोजक कर्णाली प्रदेश मन्त्रालयले जनाएको छ । तर फोक्सुण्डो तालमा हेलिकोप्टर करिव एक घण्टा बन्द गरिएको र पछि स्टार्ट गर्दा अप्ठेरो परेको थिएन सजिलै स्टार्ट भएको थियो । 
   यस अघि कर्णाली रारा पर्यटन वर्ष २०७५ उद्घाटन गर्न रारा जाने क्रमको पूर्वसन्ध्यामा गत चैत ३० गते फोक्सुण्डो ताल परिसरमा कार्यक्रम गरी त्यहां प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । त्यस बेला पनि नेपाली सेनाले हेलिकोप्टर स्टार्ट बन्द गरेर कार्यक्रम गरी हेलिकोप्टर उड्ने बेला स्टार्ट हुन नसक्ने समस्या हुने भन्दै नेपाली सेनाका क्याप्टेनहरुले नमाने पछि कार्यक्रम स्थगित गरी प्रधानमन्त्रीले हेलिकोप्टरबाट ओभरभ्यू मात्र गरेर त्रिपुराकोटको आयोजित कार्यक्रमलाई मात्र सम्बोधन गरेका थिए । 
 
 
 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्