clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जाजरबोट–दुनै–धो–मरिम्ला सडकको मन्त्रीबाट निरिक्षण अवलोकन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १ मंसिर – नेपाल र चीन बिचको सिमाना डोल्पाको मरिम्ला नाकादेखि निर्माण हुदै धो तर्फ आएको मोटरबाटो निर्माणको स्थिति बारेमा यथार्थ जान्नका लागि नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री रधुविर महासेटले निरिक्षण गरेका छन् । 
   हेलिकोप्टरबाट शनिवार विहान साढे ९ बजेतिर डोल्पाको सदरमुकाम दुनै पुगेका नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री रधुविर महासेट, पर्यटन, संस्कृति तथा नागरिक उड्यायन राज्यमन्त्री धनबहादुर बुढा, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतको टोलीले हेलिकोप्टरबाट चिनको सिमाना मरिम्लादेखि डोल्पाको सदरमुकाम दुनै तर्फ धो सम्म निर्माण भैसकेको मोटरबाटोको निरिक्ष्ँण अवलोकन गरेका छन् । 
   निरिक्षण अवलोकनका लागि डोल्पा पुगेका मन्त्री महासेट सहितको टोलीलाई डोल्पाको सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको नेतृत्वमा कर्णाली प्रदेश सदस्य वीरबहादुर शाही, वद्मक्वारी बुढा(वोहोरा), त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा, जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढा लगायतका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, डोल्पाली जनताहरु, राष्ट्र सेवक कर्मचारीहरुले बाजागाजा सहित खादा लगाई स्वागत गरेका थिए । 
   स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेटले राष्ट्रिय सडक सञ्जालमा नजोडिएको डोल्पाको सदरमुकाम दुनैसम्म ट्रयाक खोल्ने काम करिब करिव सकिएको भए पनि पुल नभएका कारण अवरोध भएको महसुस भएको र नेपाल सरकारले छिट्टै जाजरकोट देखि दुनैसम्म आवश्यक सबै पुलहरु बनाएर डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने प्रतिवद्धता जनाए । मन्त्री महासेटले थपे डोल्पाको समग्र भौतिक विकासका लागि नेपाल सरकारको ध्यान गएकाले चिन्ता नलिन आग्रह समेत गरेका थिए । 
   हेलिकोप्टरबाट माथिल्लो डोल्पाको तिन्जे र धोमा पुगेका मन्त्री महासेटको टोलीलाई त्यहांका स्थानीयहरुले पनि भव्य स्वागत गरेको जनाइएको छ । माथिल्लो डोल्पामा भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले बनाइरहेको मोटरबाटोको निरिक्षण अवलोकनबाट फर्केका मन्त्री महासेटको टोलीलाई पुनः बाजागाजा सहित जिल्ला समन्वय समितिको सभाकक्षमा लिई स्वागत कार्यक्रम राखिएको थियो । स्वागत कार्यक्रममा स्थानीयहरुले डोल्पामा केही दिन पछि जाजरकोट–दुनै मोटरबाटोको ट्रयाक खोलिएको भनेर गर्न लागिएको जीप उद्घाटनको समेत विरोध गरेका थिए । 
   ट्रयाक खोल्ने काम नसकिएकाले छलगाडदेखि दुनैसम्म नेपाली सेनाले नै आफूले बनाएको मापदण्डमा ट्रयाक खोलेर मात्र ट्रयाक खोल्ने काम सकिएको भन्नु पर्ने दावी गरे । ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेकाले ट्रयाक खोल्ने काम सकिए पछि पनि विभिन्न साना ठुला नदिमा १४ वटा मोटरेवल पुल नबनाउन्जेल डोल्पा राष्ट्रिय सडक सञ्जालमा नजोडिने भएकाले छिटो पुल निर्माण गरी दुनैसम्म मोटर गुडाउन नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले आग्रह गरेका थिए । 
   मरिम्लादेखि तिन्जे हुदै धोसम्म निर्माण भएको मोटरबाटो निरिक्षण अवलोकनका लागि माथिल्लो डोल्पा पुगेका भौतिक योजना तथा यातायात मन्त्री रघुविर महासेटको टोली शनिवारै हेलिकोप्टरबाट काठमाण्डौं फर्केको छ भने पर्यटन, संस्कृति तथा नागरिक उड्यायन राज्यमन्त्री धनबहादुर बुढा भने माथिल्लो डोल्पाको तिन्जे मै बसेका छन् । उनले त्यहांदेखि तर्फको खण्ड पैलदै निरिक्षण तथा अवलोकन गर्दै केही दिनमा सदरमुकाम दुनै आउने योजना रहेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले जानकारी दिएका छन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्