clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
प्रधानाध्यापकहरुको बैठक सम्पन्न
   रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १ मंसिर – ठुलीभेरी नगरपालिकाको आयोजनामा सोमवार यस नगरपालिका भित्रका सामुदायिक विद्यलयका प्रधानाध्यापकहरुको बैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ । 
   ठुलीभेरी नगरपालिका भित्रको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि गर्नुपर्ने विभिन्न प्रयासहरुका विषयमा व्यापक छलफल गरिएको स्रोत व्यक्ति झलक पराजुलीले जानकारी दिए ।
   उनका अनुसार २४ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयहरु रहेको ठुलीभेरी नगरपालिका भित्रको वर्तमान शैक्षिक अवस्थाको स्तर वृद्धि गर्नका लागि आगमी वर्षहरुमा विद्यालयहरुलाई शैक्षिक उन्नयनमा सहयोग पुग्ने खाले कार्यक्रम संचालन गर्ने, शैक्षिक क्यालेण्डर निर्माण गर्ने, पठनपाठनमा नियमितता बढाउने, शिक्षकहरुका सेवा सुविधाहरुमा नगरपालिकाले विशेष ध्यान दिनु पर्ने र यस महिनामा सम्पन्न हुने यस शैक्षिक सत्रको वार्षिक परीक्षा नगर शिक्षा समितिले निर्णय गरी तिथिमिति तय गर्ने र कक्षा ८ को परीक्षा नगर स्तरीय रुपमा संचालन गर्न आवश्यक रहेको प्रश्नपत्र लगायत सम्पूर्ण काम नगरपालिकाले व्यवस्थापन गर्ने विषयमा व्यापक छलफल गरी नगरपालिकालाई आग्रह गर्ने निर्णय गरिएको छ । 
   प्रधानाध्यापकहरुको बैठकमा ठुलीभेरी नगरपालिकाको शिक्षा विभाग प्रमुख विरमल भण्डारीले यस नगपालिकाको शैक्षिक विकासमा सबैको सहयोग आवश्यक रहेको बताउदै शिक्षकहरुको सेवा सुविधा सहित विद्यालयको विकास र सुधारका लागि नगरपालिकाले पहल गर्ने बताए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्