clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
जाजरकोट–दुनै सडकको खदाङदेखि छलगाडसम्म जीप उद्घाटन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ४ मंसिर – हालसम्म राष्ट्रिय सडक सञ्जालले सदरमुकाम नछोएको डोल्पा जिल्लाको सदरमुकाम नजिकिदै मोटरबाटो जाजरकोट–दुनै सडकको खदाङदेखि छलगाड पारि(अन्निचौर) सम्म मंगलवार जीप उद्घाटन गरिएको छ । 
   जाजरकोट डोल्पाको सदरमुकाम दुनैसम्मको मोटरबाटो ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले जाजरकोटदेखि १ सय २ किलोमिटरमा पर्ने छलगाडको अन्निचौरसम्म ट्रयाक खोलेर मंगलवार एक कार्यक्रमका जीप खदाङदेखि अन्निचौरसम्म नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेले रिवन काटेर र ताम्रपत्र अनावरण गरेर जीप सेवा उद्घाटन गरेका छन् । 
   जीप उद्घाटन कार्यक्रममा चिप्लेभिरबाट रिवन काटेर ल्याइएका जीप र ट्याक्टरहरुलाई स्थानीयहरुले माला, खादाले स्वागत गर्दै बाजागाजा सहित स्वागत गरिएको थियो । अन्निचौरको पल्लो छेउमा बनाइएको गेटमा लगाइएको रिवन काटेर उद्घाटन गरे पछि बाजागाजा सहित छलगाडको छेउमा बनाइएको कार्यक्रम स्थलसम्म प्रमुख अतिथि, अतिथिहरु र जीप अनि ट्याक्टरलाई र्याली गरेर ल्याइएको थियो । 
   जाजरकोट–दुनै सडकको ट्रयाक खुलेर जीप तथा ट्याक्टरहरु खण्ड खण्ड गरेर स्थानीय रुपमा चल्न थाले पछि आवत जावत र माल सामान ओसार पोसार गर्न निकै  सहज भएकाले हर्षित भएका डोल्पालीहरुको उद्घाटन कार्यक्रममा उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितहरु निकै प्रफुल्लित मुद्रामा देखिन्थे । धेरैले जीपहरु चले पछि दैनिक उपभोग्य सामनहरु सस्तो हुने, यहां उत्पादित कृषि उपजहरु र जडिबुटीहरु पनि कम ढुवानीमा निर्यात गर्न सकिने भएकाले फाइदा बढि लिन सकिने भएकाले पनि खुसि बढाएको त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन् । 
   नेपाली सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेका उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले यो उद्घाटन भाष्ण गर्दै जाजरकोट–दुनै सडकको छलगाडसम्म मोटरबाटो ट्रयाक खुली जीप र ट्याक्टर संचालनमा आए पछि डोल्पालीहरुलाई निकै सुविधा भएको र बांकी दुनैसम्मको स्तर नपुगेको बांकी मोटरबाटो पनि नेपाली सेनाले नै छलगाडसम्मको स्तरमा ट्रयाक खोलिने यही आर्थिक वर्षमै गरिने आश्वासन दिए । उनले थपे जाजरकोट दुनै मोटरबाटो मात्र होइन यो मोटरबाटो तिब्बतको सिमानामा पर्ने मरिम्ला भञ्ज्याङसम्मै राष्ट्रिय सडक सञ्जालमा जोडी भन्सार राखेर नेपाल–चीन व्यापारिक नाका समेत बनाउने योजना रहेको जानकारी दिए । 
   मंगलवार जीप पुगेको छलगाडको अन्निचौर जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणीदेखि २४ किलोमिटर भित्र दुनै तर्फ त्रिुरासुन्दरी नगरपालिकाको वडा नं. १ मा पर्दछ । छलगाडसम्म जीप सेवा संचालनमा आए पछि बटुवाहरुको करिव ८ घण्टा पैदल बाटो घटेको छ । सरकारले जिम्मा दिएको काम राम्रो संग सम्पन्न गरेको भन्दै कार्यक्रममा जाजरकोट–दुनै मोटरबाटो निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी विश्वबन्धु पाहाडीलाई सम्मान पत्र प्रदान गर्दै प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले दोसल्ला ओडाई सम्मान गरिएको थियो । 
   छलगाडसम्म नेपाली सेनाले ५ मिटर भन्दा फराकिलो र ग्रिट मिलेको बाटो बनाएको छ । यही स्तरमा दुनैसम्मको बांकी १६ किलोमिटर मोटरबाटोको ट्रयाक खुल्नु पर्ने माग रहेको ठुलीभेरी नगरपालिकाका स्थानीय तथा जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले बताए । उनका अनुसार छलगाडदेखि दुनैसम्मको १६ किलोमिटर मध्ये छलगाडदेखि त्रिपुराकोट बगरसम्म करिव २ किलोमिटर बाटो ट्रयाक खोल्नु पर्ने अवस्था रहेको र नदि पारिपट्टि सुंपानीबाट दुनैसम्म तत्कालिन जिल्ला विकास समिति भित्रको ड्रिल्पीले स्थानीयहरुलाई रोजगारी दिने हेतुले कुटो कोदालो प्रयोग गरी खनेको मोटरबाटो भएकाले ४ मिटरभन्दा बढि नभएको र ग्रिट पनि नमिलेकाले यसलाई ट्रयाक नखुले बराबर भएकाले बिल्कुल नयां बाटो खन्नु पर्ने अवस्था भएको छ । 
   बाटो सांघुरो र ग्रिट नमिलेको वा उकालो ओरालो र स्तर नमिकाले ट्रयाक नखुलेको दावी गरिए पनि यस भन्दा पहिले नै आन्तरिक रुपमा जीप चल्दै आएको दुनैदेखि सुंपानीसम्मको १४ किलोमिटर मोटरबाटोको ट्रयाक पनि सरकारले जिम्मेवारी नझिकेमा नेपाली सेनाले आफ्नो मापदण्ड बमोजिम बनाउने नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले डोल्पा जिल्लाका विकासका लागि कर्णाली प्रदेशले अवदेखि विशेष योजना बनाएर लागु गरिने बताए । 
   यस जाजरकोट–दुनै सडकको ट्रयाक खोल्ने काम करिव अन्तिम चरणमा पुगेको भए पनि डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन ६ ठुला र ८ साना गरेर १४ वटा मोटरेबल पुल बनाउनु पर्ने अवस्था रहेको कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए । 
   जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा भएको छलगाडसम्मको जीप उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरु र उपस्थित सम्पूर्णलाई त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले स्वागत गरेका थिए । उनले प्रमुख अतिथि र अतिथिहरुलाई उपहार पनि प्रदान गरेका थिए । 
   जाजरकोट–दुनै मोटरबाटोको खदाङदेखि छलगाडसम्म जीप सेवा उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले जाजरकोट–दुनै मोटरबाटोको ट्रयाक खुले पनि विभिन्न नदि र ठाडा खोलाहरुमा पुल नलागुन्जेल दुख गर्नु पर्ने भएकाले सरकारले डोल्पालीहरुको दुख दुर गर्न नेपाल सरकारले छिटो पुल निर्माण सम्पन्न गरिदिने आशामा हामी डोल्पाली रहेका छौ भन्दै पुल निर्माण सहित मोटरबाटोको स्तरोन्नति गरिदिन सरकार समक्ष माग गरेका थिए । 
   उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, अतिथिहरुमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, योजना आयोगका उपाध्यक्ष पुष्पराज कडेल, प्रधान सेनापति पूर्णचन्द्र कडेल, कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी, रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, प्रदेश सभा सदस्यहरु वीरबहादुर शाही, बद्मी क्वारा वोहोरा, इन्जिनियरिङ्ग विभागका प्रा.उ. योगेन्द्रबहादुर खांण, युद्धकार्य महानिर्देशनायका महानिर्देशक उप रथी प्रभुराम शर्मा, उत्तर पश्चिम पृतना हेडक्वाटर मृतनापति उप रथी कमेन्द्रविक्रम लिम्बु, अर्थमन्त्रालयका सहसचिव निर्मलहरी अधिकारी, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, रक्षा मन्त्रालयका सहसचिव बाबुराम गौतम, विकास निर्माण निर्देशनायलका निर्देशक प्रा.स. रामधर सिंह, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी लागयतका महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसका साथसाथै नेपाल टेलिभिजन, कान्तिपुर, नागरिक दैनिक लगायतका विभिन्न संञ्चारमाध्यमका पत्रकारहरुको समेत उपस्थिति रहेको कार्यक्रम आयोजक जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ ।  
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?