clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
स्वास्थ्य कार्यालय उद्घाटन
स्वास्थ्य कार्यालय उद्घाटन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ११ कात्तिक – कर्णाली प्रदेश कार्यालयहरु जिल्ला जिल्लामा खोलेर जिल्लामा सेवा दिने हेतुले निर्णय गरी विभिन्न प्रदेश मन्त्रालय अन्तर्गतको काम गर्नका लागि जिल्ला जिल्लामा कार्यालय खोल्ने नीति बमोजिम डोल्पामा स्वास्थ्य कार्यलय डोल्पाको उत्घाटन गरीएको छ । 
   कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत डोल्पामा स्वास्थ्य कार्यालय डोल्पाले आइतवार बाट काम सुरु गरेको कार्यालय प्रमुख रनलाल कुलालले जानकारी दिए । उनका अनुसार डोल्पाको सदरमुकाम दुनैमा रहेको पुरानो जिल्ला स्वास्थ्य कार्यलयको भवनमा नै कार्यालय रहने गरी उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले साइनबोर्ड खोली लेखिएका अक्षर पढेर स्वास्थ्य कार्यालय डोल्पाको उद्घाटन गरेका थिए । नेपालको संविधान अनुसार गठन भएको प्रदेश सरकारले निर्णय गरी जिल्लामा स्वास्थ्य कार्यलय राखेको हो । 
   औपचारिक रुपमा उद्घाटन भई सुरु भएको प्रदेश सरकारको दोस्रो कार्यालय हुन पुगेको स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख रनलाल कुलालले डोल्पाका सबै स्थानीय तहहरु भित्र काम गर्ने बताए । स्वास्थ्य कार्यलयले माहामारी नियन्त्रण गर्ने, खोप कार्यक्रम संञ्चालन गर्ने, स्वास्थ्य सेवामा पहुच बढाउने, स्वास्थ्य बीमा सञ्चालन गर्ने, स्थानीय सरकार र स्वास्थ्य निकायबीच समन्वय कायम गर्ने,  नीजि रुपमा चलेका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने, जनसंख्या व्यवस्थापनका लागि अभियान चलाउने, वातावरिणय सरसफाईका कार्य गर्ने गराउने, प्रदेश सरकारले तोकेका काम गर्ने लगाएत गरेर १५ वटा जिम्मेवारी तोकिएको जानकारी स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख कुलालले दिए । प्रमुख अतिथिका रुपमा उत्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले जिल्लामा स्वास्थ्य सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि कर्णाली प्रदेश सरकारले डोल्पामा स्वास्थ्य कार्यालय स्थापना गरी डोल्पाली नागरिकहरुका स्वास्थ्य समस्या समाधानमा सहजिकरण गर्ने वातावरण बनाएकोमा खुसि व्यक्त गर्दै हालसम्म जिल्लामा रहेका स्वास्थ्य समस्याहरुलाई समाधानका लागि लाग्न नव उद्घाटित कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरे । 
   डोल्पा जस्तो भौगोलिक विकटता भएको जिल्लामा सम्बन्धित स्थानीय सरकारहरुले पनि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर आपसि समन्वय गरेर काम गरे सफलता मिल्ने प्रमुख अतिथि बुढाले बताए । उद्घाटन कार्यत्रमलाई त्रिपुरा सुन्दरी नगरपालिकाकी उपप्रमुख चन्द्रकुमारी बुढा, ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने, नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढा, ठुलीभेरी नगरपालीका वडा नं २ का वडा अध्यक्ष देवि रोकाया, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकारहरु र जिल्ला अस्पताल डोल्पाका डा.हिमविक्रम शाही लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
   यसै बिच आइतवारै नेपालमा शान्ति सुरक्षा अम नचयन कायम गर्न समाजमा हुने विभिन्न प्रकृतिका अपराध र अपराधिक घट्नाहरुलाई नियन्त्रण गर्नका लागि अग्रणी भूमिका खेल्दै आएको नेपाल प्रहरीले डोल्पामा पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रम उद्घाटन गरेको छ । कार्यक्रमको उद्देश्य माथि जिल्पा प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश विष्टले प्रकाश पारेका थिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन पनि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले नै गरेका थिए । उनले यस कार्यक्रमले डोल्पामा प्रहरीलाई विभिन्न प्रकृतिका अपराधहरु नियन्त्रणमा सफलता मिल्ने आशा व्यक्त गरेका थिए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्