clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
माथिल्लो डोल्पामा बुद्धका मुर्ति फेरी चोरिए
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १० कात्तिक – वर्षेनी विभिन्न मन्दिर र गुम्बाबाट मुर्ति चोरि हुदै आएकोमा यो वर्ष पनि फेरी माथिल्लो डोल्पाको एक बुम्बाबाट ३ दर्जनभन्दा बढि बुद्ध मुर्तिहरु चोरिएका छन् । 
   माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउंपालिका वडा नं. ४ रापा स्थित राप टासिछोलिङ् गुम्बाबाट ३ दर्जन भन्दा बढि बुद्धका मुर्तिहरु र १ वटा स्तुपा चोरि भएको उक्त वडाका वडा अध्यक्ष पेमा वाङ्छेन गुरुङ्ले जानकारी दिए । उनले थपे गाउंपालिकाका उपाध्यक्ष धावासम्दुक गुरुङको नेतृत्वमा खोजतलास तथा छानविन भैरहेको छ । उता जिल्ला प्रहरी कार्यालय डोल्पामा पनि खोजतलास गरी कारवाही गरिदिन आग्रह गरिएको र तत्काल अनुसन्धान थालिने आश्वासन प्रहरी प्रशासनले दिएको छ । 
   मुर्ति चोरि भएको जानकारी अनौपचारिक रुपमा एवम् मौखिक रुपमा शनिवार प्राप्त हुने वित्तिकै विभिन्न चेक पोइन्टहरुमा अनुसन्धान सुरु गरिसकिएको र आइतवार नै घट्नास्थल तर्फ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दुनैबाट प्रहरी टोली पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश विष्टले जानकारी दिए । 
   मुर्ति कतिखेर चोरिभएको मिति एकिन छैन । गुम्बामा रहेका मुर्तिहरु चोरि तथा डकैति भएर जान थाले पछि २०६२ सालमा गुम्बाका लामाले गाउंलेहरुलाई जिम्मा लगाएका थिए । गाउंलेहरुले मुर्तिहरु गाउंका ४ जना जानमान तथा इमान्दार व्यक्तिहरुलाई गोप्य तथा सुरक्षित ठाउंमा राख्न जिम्मा दिएको र त्यस पछि पटक पटक लुकाइएको ठाउंको ती चार जनाहरुले मात्रै अवलोकन गर्दै आएको अवस्थामा साउनमा मुर्तिहरु त्यही रहेकोमा त्यस पछि गत मंगलवार गुम्बामा मुर्ति राखिएको ठाउंमा अवलोकन गर्दा मुर्ति चोरि भएको पत्ता लागेकाले त्यो समय भित्र कुन दिन तथा समयमा मुर्तिहरु चोरि भए अनुमान नभएको वडा अध्यक्ष गुरुङ्ले बताए । 
   ठुलो, बिकट र अनकन्टार भूगोल भएकाले पातलो बस्ति रहेको माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्का ताङसोङ गाउंपालिका गरी ३ वटै गाउंपालिकाहरुमा रहेका गुम्बाहरुबाट पौरानिक एवम् पुरातात्विक महत्वका बुद्ध मुर्तिहरु तथा स्तुपा, किताव लगायत अन्य धार्मीक सामग्रीहरु चोरि तथा डकैति हुने गरेका छन् । त्यही क्रममा यो वर्ष पनि उक्त गुम्बाबाट बुद्ध मुुर्तिहरु चोरि भएका हुन् । हालसम्म खर्बौ मूल्यका ऐतिहासिक मुर्तिहरु चोरि भैसकेका छन् । चोरि भएर गएका मुर्तिहरु धेरै कम फर्केको अनुभव रहेको स्थानीइ आङबहादुर लामाले बताए । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्