clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
खुकुरी नाच र अन्य संस्कृतिक झांकी सहित दशै मेला सम्पन्न
लेखबहादुर बुढा
   डोल्पा, १० कात्तिक – पुरानो परम्परागत र दुर्लभ बनिसकेको खुकुरी नाच, पैसेरी नाच, पञ्चेबाजा नाच, झोरा नाच लगायत विभिन्न २२ खण्ड लोकनाच सहित पांचपुनि मेला सम्पन्न भएको छ । 
   नेपालीहरुकै महान चाड बनिसकेको बडा दशैको अवसरमा प्रदर्शन गरिने पुराना परम्परागत नाचहरु खुकुरी नाच, पैसेरी नाच, पञ्चेबाजा नाच लगायत २२ खण्डे पुरुषहरुको नाच, सिंगारु नाच, ख्याली नाच र महिलाहरुका झोरा, मांगल, चुट्कीला, बिजुली, राइजुमा नाच लगायतका विविध लोकनाच सहित शुक्रवार राति पांचपुनि मेला सकिएको स्थानीय चंख कार्कीले बताए । 
   उनका अनुसार ठुलीभेरी नगरपालिका वडा नं. ११ रहमा दशैको टिकासंगै सुरु भएको दशै मेला विशेष तरिकाले ९ दिनसम्म रह गाउंका घरघरमा पुगेर यी विभिन्न नाचगान गरिनुका साथै अन्तिम दिन शुक्रवार दिउसो १ बजेदेखि साझा नाच आगनमा जम्मा भई विभिन्न २२ खण्ड पैसेरी नाच प्रदर्शन गरी अन्तिममा खुकुरी नाच प्रदर्शन गरी रांइ फालेर दशै मेला समापन गरिएको ठुलीभेरी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रह निवासी लक्ष्मी कार्कीले जानकारी दिए । 
   डोल्पाको सदरमुकाम दुनैदेखि सुदरपश्चिममा पर्ने मुड्केचुला गाउंपालिका वडा नं. ८ ओक्टमा घटस्थापनादेखि सुरु भएको पांचपुनि मेला शुक्रवार राति २२ खण्डे पैसेरी नाच, पञ्चेबाजा नाच, सिंगारु नाच नाच्दै अन्तिममा रांइ फालेर पांचपुनि मेला सम्पन्न गरिएको ओक्टबाट लंकबहादुर बुढाले फोनमा बताए । 
   रह गाउंमा विभिन्न नाचहरु मध्ये खुकुरी नाचलाई विशेष महत्वका साथ प्रदर्शन गरिन्छ । यो नाच वर्षमा एक चोटी राइफाल्ने गरी नाचिन्छ । पुर्खाहरुले ताउलाखारा लडाईका बेला प्रदर्शन गरेको बहादुरीको चिनो स्वरुप ढाल तरवार हातमा लिएर बिजय उत्सबको मौका पारेर प्रदर्शन गरिएको नाचका रुपमा चिनिने गरेको रहका स्थानीय शेरबहादुर रावतले जनाए । यो नाचमा ताउलाखारा लडाईमा प्रदर्शन गरिएका ढाल तरवार नचाउने परम्परा भए पनि आजभोली ती ढाल र तरवार प्रदर्शन नगरी सामान्य बनाइएका हल्का तरवार, खुकुरी, चक्कुहरु हातमा लिएर नाच प्रदर्शन गर्ने गरिन्छ । 
   मेला सुरु भएदेखि रांइ फाल्नु अगाडिसम्म हरेक दिन २२ खण्डे पैसेरी नाच, सिंगारु नाच, पञ्चेबाजा नाच, चुट्कीला नाच पुरुषहरुले र झोरा, मांगल, चुट्कीला, बिजुली, राइजुमा लगायतका नाचहरु महिलाहरुले नाच प्रदर्शन गरी आफ्नो कला संस्कृतिको जगेर्ना गर्दै आएका छन् । 
   आजभोली डोल्पाका सबै गाउंमा आधुनिकता छाएको छ । अहिलेका युवायुवतिहरु पढालेखा गर्दै आधुनिकतातिर अगाडि बढि रहेका छन् । त्यस कारणले यी परम्परागत नाच नाच्न शहरबजार गएर पढेर फर्के पछि नाच्न लाजश्रम मान्ने गरेका कारण पौरानिक इतिहास बोकेका यी मौलिक कला संस्कृतिक झांकीहरु लोप हुने पो हुन्की भन्ने चिन्ता बढेको सर्मीका जीत रोकायाले चिन्ता व्यक्त गरे । उनले थपे आजकलका युवकहरु यी २२ खण्डे पैसेरी, पञ्चेबाजा नाचका मादल तथा दमाहा लगायतका बाजा बजाउन सिकेकै छैनन् । नाच अनुसारको तालमा मादल र बाजा बजाउने युवकहरुनै भेटिदैनन् । मादल बजाउने नभए पछि अगुवा लागेर नाच्ने कुरा त के लाइनबद्ध भएर राम्रोसंग नाच नाच्नै जान्दैनन् । यसले निकट भविश्यमै यी नाचहरु लोपोन्मुख बनिरहेका छन् । 
   यस प्रकार चिन्ता मात्र व्यक्त गर्नु भन्दा यी नाचहरुको आयोजना गरेर, पुराना परम्परा अनुसारका चाडवाड र मेलाहरुलाई कायम राखेर र समाजका युवायुवतिहरुलाई पैसेरी नाच, पञ्चेबाजा नाच, झोरा, मांगल, राइजुमा लगायतका नाचहरु प्रति प्रोतसाहित गरेर पुराना लोक संस्कृतिहरुलाई बचाई राख्नका लागि स्थानीय सरकार, स्थानीय स्तरका विभिन्न सामाजिक समिति तथा समूहहरुले पहल जारी राख्नु अति आवश्यक रहेको मण्टामाटे मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चंख कार्कीले बताए । यसै उद्देश्यका साथ यो वर्ष खुकुरी नाचलाई विशेष महत्व दिएर प्रदर्शन गरिएको थियो । 
   लोपोन्मुख बन्दै गएका २२ खण्डे पैसेरी नाच, खुकुरी नाच, झोरा नाच लगायतका परम्परागत लोक नाच प्रदर्शन गर्नका लागि दशै मेला पारेर ठुलीभेरी नगरपालिका वडा नं. ११ वडा कार्यालय, देवि मध्यवर्ति सामुदायिक वन उपभोक्ता समिति र मष्टामाटे मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले सामुहिक रुपमा खर्चको व्यवस्थापन गरेको वडा अध्यक्ष कार्कीले बताए । 
   डोल्पाका विभिन्न गाउंहरुमा दशैलाई भव्य रुपमा रमाइलो बनाएर मनाउने क्रममा मेला स्वःस्फुर्त रुपमा संचालन हुने गरेका छन् । कसैको आयोजना हुदैन तै पनि समाजमा चल्दै आएको परम्परा अनुसार ओक्ट, रह, नर्कु, छांचु, कालिका, रिडिङ्ग, माझफाल, त्रिपुराकोट लगायतका विभिन्न गाउंठाउंमा मेला सुरु हुन्छन् र आ–आफ्नो गाउंको सरसल्लाह अनुसार मिति तय गरेर बरा दिन गराई रांइ फालेर मेला समापन गर्ने गरिन्छ । यसै क्रममा यो वर्षका दशै तथा पांचपुनि मेला ढिलो गरेर ओक्ट र रहमा शुक्रवार राति रांइ फारेर मेला समापन गरिएको थियो । 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्