clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
प्रदेश अन्तर्गतका कार्यालयहरु अस्तव्यस्त
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ७ कात्तिक – प्रदेश अन्तर्गत संचालनमा रहने भनिएका जिल्ला स्थित विभिन्न कार्यालयहरुमा कर्मचारी, कार्यक्रम र बजेट प्राप्त नहुंदा सहज रुपमा संचालन हुनु त के अस्त व्यस्त बनेका छन् । 
   कर्णाली प्रदेश अन्तर्गत संञ्चालन हुने भनेर खुलेका जिल्ला स्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लगायतका विभिन्न कार्यालयहरु खडा गरिएका छन् तर ती कार्यालयहरुसंग सम्बन्धित काम गर्नका लागि आवश्यक पर्ने पर्याप्त कर्मचारी पठइएको छैन । कर्मचारीहरु नपठाउने मात्र होइन कार्यक्रम र बजेट समेत नआउंदा प्रदेश अन्तर्गतका यी कार्यालयहरु अस्त व्यस्त बनेका छन् । 
   प्रदेश अन्तर्गतका यी कार्यालयहरुमा अवलोकन गर्न जांदा कार्यालयमा कर्मचारीहरु घाम तापि रहेको देखिन्छन् । कामको अवस्था के छ भन्ने प्रश्नको उत्तरमा कर्मचारीहरु भन्छन् काम गर्ने कुराको के कुरा साउनदेखि तलव भत्ता त खान पाएको छैन, कार्यक्रम कसरी सम्पन्न हुन्छ भन्छन् । कर्णाली प्रदेशले आवश्यक विभिन्न कार्यविधिहरु पास नगरेका कारण यस्तो अस्त व्यस्त भएको हुन सक्छ । 
    प्रदेश अन्तर्गत राखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोल्पाको दरवन्दी १० जनाको भए पछि हाल ३ जना कर्मचारीहरु मात्र पठाएको छ ती कर्मचारीहरुलाई साउनबाट हालसम्म तलव भत्तै निकासा भई नआएकाले कर्मचारीहरुमा निरासा छाएको उक्त केन्द्र डोल्पाका प्रमुख चन्द्रलाल धराला बताउछन् । उनका अनुसार जिल्लामा गर्नु पर्ने विकासका कामका लागि कार्यक्रम र बजेट आएकै छैन । कार्यक्रम र बजेट नआएकाले कार्यालयहरु अस्त व्यस्त बनेका छन् । 
   जिल्ला स्थित प्रदेश अन्तर्गतका कुनै पनि कार्यालयहरुमा स्वीकृत दरवन्दी अनुसारका कर्मचारीहरु पुरा गरिएका छ्रैनन् । प्रथम चौमासिक समयावधि सकिन लागि सक्दा समेत कार्यक्रम र बजेट प्राप्त नभएको अवस्थामा प्रदेशबाट आउने विकासका काममा कुनै पनि प्रगति भएको छैन सिधै भन्दा शुन्य प्रगति रहेको एक कर्मचारीले बताए । 
   नेपालीहरुको महान चाड बनिसकेको बडा दशैको अवसरमा आफ्नो घरमा समेत पुगेर केही गाउं घुमेर फर्केका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले केही दिनमा कार्यविधिहरु सबै पास हुने र त्यस पछि तत्काल कार्यक्रम र बजेट तत्काल निकासा पठाउने बताउछन् । उनी थप्छन् कार्याविधिहरु पास भए पछि विकासका काम तिब्र रुपमा हुन्छन् । अहिले आत्तिनु पर्दैन कर्मचारीहरुले तलव भत्ता खान नपाएको मात्र होइन कार्यविधि नबन्दा यस प्रकारको अन्योल बनेको हो । त्यो अन्योलको अवस्थालाई तत्काल अन्त्य हुने गरी कार्यविधि बनिरहेकाले यो अन्योल छिट्टै अन्त्य हुन्छ । 
   
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्