clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा पुग्ने मोटरबाटो अन्तिम चरणमा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २७ असोज – धेरै लामो कथा बोकेको नेपालको अति दुर्गम र विशाल भूगोल ओगटेको पुग्ने मोटरबाटोको सन्दर्भ अलिक कठिन र तितो अनुभव संगालेर धिमो गतिमा चलेको विषय हो । 
   थुप्रै खण्डहरु मिलेर डोल्पा पुग्ने मोटरबाटो तय हुन्छ । कर्णाली प्रदेशको एउटा जिल्ला डोल्पामा पुग्ने मोटरबाटोको कथा निकै जेलिएको छ । नेपालको दुर्गम कर्णाली प्रदेश कर्णाली प्रदेशको पनि दुर्गम र कठिन जीवन यापन गर्ने नागरिकहरु बसोबास गर्ने नागरिकहरुको बसोबास गर्ने जिल्ला हो डोल्पा । 
   यही अविकसित प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट यही प्रदेशको डोल्पा जिल्लामा पुग्नका लागि निकै आरोह अवरोह काट्नु पर्ने संघिय सरकारलाई जानकारी नहोला कर्णाली प्रदेश सरकारलाई पनि अवगत होला जस्तो महसुस डोल्पालीहरुले गरेका छैनन् किनकी सुर्खेतदेखि डोल्पासम्म पुग्ने कठिन यात्रालाई सहज गराउन यस खण्डको मोटरबाटो पहिलो कुरा डोल्पाको सदरमुकाम दुनै पुर्याउनु छ भने अर्को यस सडकको विभिन्न खण्डहरुलाई जोड्न मोटरेबल पुलहरु निर्माण गर्नु अति आवश्यक रहेको छ । 
   छिन्चु–जाजरकोट–डोल्पाको दुनै मोटरबाटोको निर्माण नेपाली सेनाले जिम्मा लिएसंगै केही छिटो निर्माण भैरहेको महसुस डोल्पालीहरुले गरेको भए पनि हुनु पर्ने समयमा निर्माण सम्पन्न भैरहेको छैन । मोटरबाटो निर्माणको क्रममा यो वर्षको बिजया दशैभन्दा अघि दुनैसम्म मोटरबाटो पुर्याउने भनिएको भए पनि त्यो सपना पुरा हुन सकेन । 
   नेपाली सेनाले बिजया दशै २०७५ अघि जीप संचालन नभए पनि त्रिपुराकोटको चुंगाडसम्म भने मोटरबाटो निर्माणको काम सम्पन्न गरेर नेपाली सेनाले आफ्नो ट्याक्टर संचालनमा आएको मोटरबाटो निर्माण कार्यदल नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पाहाडीले जानकारी दिए । उनका अनुसार त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ९ मा पर्ने चुंगाडसम्म जीप चल्ने बाटो बनिसकेको छ । हरियापानीमा जीप तार्नका लागि तुइन बनाइदै छ । तुइन बनेर जीप खदाङ् तारियो भने खदाङ्देखि चुंगाडसम्म जीप संचालनमा आउने छ । 
   त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. १ त्रिपुराकोट बगरसम्म मोटरबाटो निर्माण हुन अब साढे २ किलोमिटरजति बांकी रहेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले बताए । उनका अनुसार चुंगाडबाट त्रिपुराकोट बगरसम्म मोटरबाटो खन्ने बित्तिकै डोल्पाको सदरमुकाम दुनैसम्मको जीप यातायातका लागि केही सहज हुने छ । 
   हाल सुर्खेतको छिन्चुबाटे डोल्पाको दुनैसम्म आंउने मोटरबाटोको बिचमा थुप्रै खण्डहरु रहेका छन् । ति खण्डहरुलाई नदिले खण्ड खण्ड बनाएको हो । हाल जाजरकोटको रिम्नासम्म नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट आएका यातायातका सवारी साधनहरु आउछन् । त्यस पछि पुल तरेर रुकुमको राडि ज्युलासम्म गाडिको बाटो केही सहज रहेको छ । राडि ज्युलामा मोटरेबल पुल नभए पछि त्यही ओर्लेर हिडेर वारिपट्टी मनमई जाजरकोट आइ जीप चढेर तांतरगाड, चौखा खोलाहरु तर्दै तल्लु बगर आएर ओर्लनु पर्छ बर्षातमा तांतरगाड र चौखा खोला तर्न सकिदैन त्यहां पुल लगाउनु जरुरी छ । तल्लु बगर झरे पछि हिडेर झोलुङ्गे पुल तरी छरेबग्री रुकुम आएर जीप चढेर डोल्पाको खदाङ्सम्म पुग्न सकिन्छ । खदाङ् पारी हरियापानीमा झरी पुल तरेर पैदल खदाङ्देखि चुंगाडसम्मको बाटो निर्माणको काम नेपाली सेनाले भर्खरै सकेको जनाएको छ । त्यस खण्डमा जीप चलाउन बांकी रहेको छ । चुंगाडदेखि त्रिपुराकोटसम्म बाटो बन्यो भने विभिन्न ठाउंमा हिडेर पुल तर्दै वारिपारि गरेर दुनैसम्म आउन सकिने छ । हाल खदाङ्पारि हरियापानीसम्म मात्र जीप चलेको छ । 
   वर्षा याममा त्यही पनि आउंदैनथ्यो । रुकुमको राडि ज्यूला पनि मुस्किलले हिडेर पुग्ने र त्यहां पनि मौकाले जीप चढ्न पाइने अवस्था थियो । यात्रुहरुको त्यो दुःख यो बाटोको बिचमा पर्ने विभिन्न ठाउंमा पुल नलगाएसम्म रही रहने छ । छिन्चु–जाजरकोट–दुनै मोटरबाटो निर्माण कार्यको सुरुवात माओवादी द्धन्द्ध कालकै बेलादेखि सुरु भएको थियो । 
   त्यस पछि २०६४ सालमा भएको निर्वाचनबाट बनेको सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराइले २ वर्ष भित्र डोल्पाको सदरमुकाम दुनै मोटरबाटो पुर्याउने बजेट वक्तव्य मै घोषणा गरेका थिए । त्यस पछि निकै सरकारहरु फेरिइसकेका छन् । हरेक सरकारले २ वर्ष भित्र डोल्पाको सदरमुकाम दुनैमा मोटरबाटो पुर्याउने भाषण गर्दै आएका छन् । तर आजको मितिसम्म खण्ड खण्डलाई जोड्ने पुल त कुन जमानामा बन्ने हुन् अझै साढे २ किलोमिटर चुंगाडदेखि त्रिपुराकोट बगरसम्म मोटरबाटो ट्रयाक ओपन नै भएको छैन । त्यस पछि पारी तरेर सुंपानीबाट दुनैसम्मको मोटरबाटो सुधार गर्ने जिम्मा पनि नेपाली सेनाकै भएकोले यो खण्डमा पनि सुधार गर्न बांकी नै रहेको छ । 
   यो मोटरबाटो निर्माणका लागि नेपाल सरकारले वर्षमा निकै कम बजेट विनियोजन गरेका कारण काम छिटो हुन नसकेको निर्माणमा खटिएको नेपाली सेनाले जनाएको छ । छिन्चु–जाजरकोट–दुनै मोटरबाटो निर्माणका लागि नेपाल सरकारले खर्बौ खर्चिसकेको छ । पुल लगाउने तर्फ अझै खर्च बढि हुने देखिन्छ । त्यो आवश्यक पर्याप्त बजेट समयमा छुट्याइ कार्यान्वयनमा ल्याउने हो भने डोल्पाको सदरमुकाम दुनैसम्म सरर गाडि चल्न सक्ने स्थानीयहरुको आशा रहेको छ । 
   मोटरबाटो खन्नु बाहेक रुकुमको राडि ज्युलादेखि डोल्पाको सदरमुकाम दुनैसम्म पुग्नका लागि राडि ज्यूला, तांतरगाड, चौखा, तल्लु बगर, उखुमखोला, लामाढुङ्गा, करवगाड, हरियापानी, चुंगाड, छलगाड, गल्लीगाड, त्रिपुराकोट, रुपगाड गरी १३ वटा मोटरेबल पुल लगाउनु पर्ने अवस्था रहेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । उनले थपे मोटरबाटो मात्र बनेर के गर्ने यी पुल नलागेसम्म ठाउंठाउंमा हिडेर वारिपारि तर्नु पर्ने अवस्थाले निकै सास्ति दिने गरेको छ । यी नदिहरुमा मोटरेबल पुल लागेपछि मात्र डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । 
   मोटरबाटो निर्माणको काम नेपाली सेनाले लिए पछि काम छिटो र राम्रो भएको महसुस गरेको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख बुढाले बताए । उनले भने बन्न ढिलो भयो बनेको बाटो राम्रो र चाक्लो छ । अब पुल बने भने र बांकी बन्न बांकी मोटरबाटो बन्यो भने डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । त्यस पछि दुनैबाट डोल्पाका स्थानीय तहहरुलाई जोड्ने सडक निर्माणले पनि सफलता पाउने आशा गर्न सकिन्छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्