clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका सरकारकारी कार्यालयहरु सुनसान
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), ४ कात्तिक – डोल्पाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु खुले पनि सेवाग्राही नआंउदा कामको अवस्था सुन्य रहेको छ । 
   नेपालीहरुको महान चाडका रुपमा स्थापित दशैको बिदामा घर गएका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु पुरै फर्केका हुदैंनन् भनेर हुन सक्छ कार्यालयहरु खुलेको पहिलो दिन आइतवार सेवा लिन आउने सेवाग्राहीहरुको अनुपस्थितिले सरकारी तथा गैरसरकारी कार्यालयमा काम नभएको हो । 
   कार्यालय खोल्ने, सरसफाई गर्ने, आफ्नो हाजिर गरेर कार्यालयको आन्तरिक काम गर्ने वाहेरक सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्ने काम हुन नसकेको एक स्थानीय कर्मचारीले बताए उनले थपे सुरक्षा निकायहरु जस्तो अन्य कार्यालयहरुमा नहुने र अरु कार्यालयमा कार्यालय खुलेको ३, ४ दिन पछि मात्र सेवाग्राहीहरु आउने भएकाले पनि कार्यालयको कााम हुन नसकेको हो । 
   दशै बिदामा घर गएका जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरुका कार्यालय प्रमुख लगायत जिल्ला वाहिरका कुनै पनि कर्मचारीहरु कार्यालय फर्केका छैनन् । यही कार्यालयमा कर्मचारीहरु नफर्कने भएकै कारण सेवाग्राहीहरु नआउने गरेको स्थानीयहरु बताउछन् । 
   जिल्लाका स्थानीय कर्मचारीहरु बाहेक जिल्ला वाहिर घर भई घर गएका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायतका कुनै पनि कर्मचारीहरु दशै पछि कार्यालय खुलेको पहिलो दिन आइतवारसम्म कुनै पनि कर्मचारी जिल्लामा आइ नपुगेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले जानकारी दिनुभयो । उहांका अनुसार शनिवारसम्म विदा रहेको र आइतवार आउनु पर्ने कर्मचारीहरु जहाजबाट कुनै पनि आएका छैनन् । उता पैदलबाट पनि जिल्ला वाहिरका कुनै पनि कर्मचारी जिल्लामा आइपुगेका छैनन् । 
   जिल्ला स्थित सबै कार्यालयहरु खुलेका भए पनि कार्यालयहरुमा स्थानीय कर्मचारीहरु मात्र देखिन्थे जिल्ला वाहिरका कर्मचारीहरु घर नगएकाहरु फाट्टफुट्ट मात्र देखिन्थे । त्यस मध्ये पनि धेरै कार्यालयहरुमा कार्यालय सहयोगीहरु मात्र कार्यालय खोलेर घाम तापि रहेको भेटिएका थिए । डिभिजन वन कार्यालय डोल्पा, शिक्षा विकास तथा समन्वय इकाइ डोल्पा, जिल्ला समन्वय समिति डोल्पा, स्वास्थ्य कार्यालय, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय डोल्पा, नापी कार्यालय, घरेलु विकास समिति, स्थानीय तहहरु, खानेपानी तथा सरसफाई सव डिभिजन लगायतका विभिन्न कार्यालयहरुमा कार्यालय प्रमुख एवम् अन्य कर्मचारीहरुको न्यून उपस्थित रहेको थियो । 
   जिल्लामा रहेका बैंकहरुमा भने फाट्टफुट्ट सेवाग्राहीहरु आएको सिटिजन्स बैंक डोल्पाका लोकेन्द्र शाहीले बताताउनु भयो । उहांले थप्नु भयोे आइतवार थोरै सेवाग्राहीहरु सेवा लिन आए । एकाध सेवाग्राही वाहेक बैंक परिसर सुनसान बनेको छ । बैंकमै पनि चहलपहल बढ्न ३, ४ दिन लाग्न सक्छ । दैनिक भिडभाड रहने नेपाल बैंक लिमिटेड डोल्पामा पनि कम सेवाग्राहीहरु आएको नेपाल बैंक डोल्पाका एक कर्मचारीले बताएका छन् । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्