clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मुड्केचुला गाउंपालिको एक घरमा आगोलागि
 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ३ कात्तिक – मुड्केचुला गाउंपालिका वडा नं. ७  सर्मिको एक घरमा आगलागि भएको छ । आगलागीबाट भान्साकोठा पुरै जलेर नष्ट भएको छ । 
   मुड्केचुला गाउंपालीका वडा नं ७ सर्मी गाउंमा शनिबार दिउसो करीब १ बजेतिर सेते बुढाको ३ तले घरमा आगलागि भएको छ । आगो भान्सा कोठाबाट सल्किएको र धेरै फैलन नपाउंदै जनप्रतिनिधिहरु र स्थानीयहरुको प्रयासमा आगलागी नियन्त्रणमा आएको सर्मीबाट लंकबहादुर बुढाले फोनमा जानकारी दिए । बिहान खाना पकाइ खाएर आगो ननिभाई काममा गएको बेला आगो सल्केको थियो । चुलोमा हालिएको दाउरा सल्किदै गएर आगोलागि भएको हुनसक्ने घरमुली सेते बुढाले बताएका छन् । दिउसो भएको र दशैको समय भएकाले गाउंलेहरु घरमै भएकाले आगोलागेको देखी सबै जम्मा भएपछि आगो छिटो नियन्त्रणमा लिइएको हो ।
   दिउसोको समयमा आगलागि भएको र सबैको प्रयासबाट आगो नियन्त्रणमा लिइएकाले मानविय क्षति हुनबाट जोगियो भाडां बर्तन, खानेकुरा र अन्य सामान गरी केही लाख बराबरको क्षति भएको छ । पारिवारिक स्रोतका अनुसार भान्सा कोठा सहित साढे २ लाख भन्दा बढिको क्षति भएको अनुमान गरिएको पीडितका आफन्त ओमलाल बुढाले जानकारी दिए । आगो निभउन स्थानिय जनप्रतिनिधि लगाएत सम्पूर्ण  सथानीयहरु एकै छिनमा जम्मा भएका थिए । सबैको प्रयासले ३ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्