clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोटमा हजारौं भक्तजनको भिड
डोल्पा एफ.एम.
   डोल्पा, १ कात्तिक – नवरात्रको अन्तिम दिन बिहिवार नेपाल कै प्रमुख शक्तिपिठका रुपमा परिचित बाला त्रिपुरा सुन्दरी देवि भगवति मन्दिर त्रिपुराकोटमा हजारौं भक्तजनहरुले दर्शन गरेका छन् । 
   बाला त्रिपुरा सुन्दरी मन्दिरमा पुजा तथा दर्शनका लागि विहानैदेखि भिड लागेको थियो । भक्तजनहरुले दर्शन गर्नका लागि व्यवस्थित रुपमा लाइन लगाउने व्यवस्था भने व्यवस्थित देखिदैन थियो । तर भक्तजनहरु आफै लाइनमा लागेर दर्शन गरेको देखिन्थ्यो । 
   नवरात्रको अन्तिम दिन महानवमीका दिन बाला त्रिपुरा सुन्दरी देविको मन्दिर त्रिपुराकोटमा विशेष पुजा र जात्रा पनि हुने गरेको छ । मन्दिर भित्र दर्शन गर्न पाए नपाएका सबैले टाढैबाट भए पनि दर्शन गरुन भन्ने हेतुले र महिसासुर राक्षसको प्रतिकका रुपमा बलि दिइने रांगा काट्ने बेला बाला त्रिपुरा सुन्दरी भगवतिलाई मौला सवारी गराउने गरिन्छ । 
   बाला त्रिपुरा सुन्दरी देवि मन्दिर त्रिपुराकोटमा ३० भन्दा बढि बोका र उक्त मन्दिरको मौलामा ७ वटा रांगाको बलि दिइएको बाला त्रिपुरा सुन्दरी देवि पुजा व्यवस्थापन समितिका संयोजक तुलबहादुर विष्टले जानकारी दिए । उनका अनुसार पशु बलि दिने चलन कम हुदै गएको बेला पनि बिहिवार यत्रो संख्यामा पशु बलि चढाइएको छ । 
   कालरातिका रुपमा गए राति १२ बजेतिर बाला त्रिपुरा सुन्दरी मन्दिरमा महांकालीको विशेष पुजाका साथ बलि दिइएको थियो । हजारै भक्तजनहरु कालरात्रिका दिन जाग्राम बसेका थिए । 
   यसका साथै डोल्पाका विभिन्न देवि तथा भवानीका मन्दिरहरुमा नव दुर्गाको पुजाआजा गरिएको छ । बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोटमा देउता मानिसमा सवार हुने गर्दैनन् । यहां विल्कुल आस्थाको केन्द्रका रुपमा परापूर्वकालदेखि देवि शक्ति तथा देवि प्रतिक पुजिदै आएका शिलाहरु सहित मुर्ति पुजा गरिन्छ । 
   जिल्लाका अन्य देवि तथा भवानी मन्दिरहरुमा भने देवि मानिस तथा धामीको शरीरमा चढेर देउता आउने र धामीले भोगका रुपमा रांगा, बोकाको बली लिई काटिएका बलीको रगत समेत पिउने गरिएको पाइन्छ । बिहिवार डोल्पाका विभिन्न भवानी मन्दिरहरुमा हजारौ भक्तजनहरुले शक्ति स्वरुपा नवदुर्गा भवानीको पुजा अर्चना गर्दै दर्शन गरेका छन् । 
   हिन्दुहरुले वर्षमा २ पटक बिजया दशमी र चैते दशैमा शक्ति स्वरुपा नवदुर्गा माताको आराधाना र पुजाआजा गर्दै शक्तिको उपासना गर्दछन् । यही अवसरमा बाला पित्रुरा सुन्दरी मन्दिर त्रिपुराकोट लगायत विभिन्न देवि मन्दिरहरुमा भव्य जात्रा लाग्ने गर्दछ । 
   
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्