clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका विभिन्न ठाउंमा दशै जात्रा
 
सुकमाया थापा,
रेडियो एफ एम डोल्पा,  
डोल्पा,  ३१  असोज -
हिन्दुहरुको माहान चार्ड वडा दशैको अवसरमा प्रत्येक वर्षहरुझै यस वर्षपनि डोल्पाको बिभिन्न मठमन्दिरमा दशै मेला एवम् जात्रा भैरहेका छन् । कालिका मन्दिर ओक्टमा घटस्थापनादेखि दशै मेला सुरु भैसकेको छ । त्यसै गरी बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोटमा घटस्थापनादेखि नै विशेष पुजा भर्न आउनेहरुको भिड लाग्ने गरेको छ । 
बाला त्रिपुरासुन्दरी मन्दिर त्रिपुराकोट मन्दिरमा महासप्तमीको दिन फूलपाति भित्र्याए देखि दशै जात्रा सुरु भैसकेको छ । बाला त्रिपुरा सुन्दरी देविको मन्दिरमा महासप्तमिका दिन बिशेष पुजाआजा सहित भित्रयाइएको फूलपातीलाई मुल मन्दिरमा राखि पुजाआजा गरेसंगै डोल्पाका प्रत्येक देवि मन्दिरहरु र स्थानीयका घर घरमा पनि घटस्थापनामा राखिएको जमरा थलीेमा मार्सी, मकै, तिल, फुल र धानको बाला सहितको बिरुवा ल्याएर फूलपातीको रुपमा थापना गरि महासप्तमीको दिनदेखीनै देविको पुजा आजा हुने मठमन्दिरमा मेला सुरु भएका छन ।
 आ आफनो पुर्खेउली रितिरीवाज अनुसार हिमाली जिल्ला डोल्पामा वडा दशैको अवसरमा पुरानो परम्परागत शैली अनुसार पुजा आजा गरी मेला लाग्ने गर्दछन् । सोहि अनुसार मुड्के चुला गाउँपालीका वडा नं ८ ओक्टमा दशै मेला भइरहेको छ । नर्कु, कालिकाको रिडिङ्ग, जगदुल्ला गाउंपालिकाको छाँचु लगायतका गाउँहरुमा दशमी एवम् दशैको टिकाका दिनदेखि दशै जात्रा सुरु भई कोजाग्रत पूर्णिमाको केही दिनमा जात्रा समाप्त हुने गर्दछ । भने बाला त्रिपुरा सुन्दरीको मन्दिर त्रिपुराकोटमा दशमीको दिनमा जात्रा समाप्त हुन्छ । 
दशै जात्रामा नाचगान गर्ने, चुट्कीला खेल्ने, धामी नाच प्रदर्शन गर्ने, बाजागाजा सहित मेला लगाउने चलन रहेको मुड्केचुला गाउँपालिका ८ ओक्टकी स्थानीय सुमित्रा रोकायाले बताउनु भयो । उहाँका अनुसार यो वर्ष ओक्टमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने, भलीबल खेल प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम रहेको छ । 
यस्तै डोल्पाको बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोटमा महाअष्टमीका दिन कालराति जात्रा लाग्ने गर्दछ । बाला त्रिपुरा सुन्दरी मन्दिरमा लाग्ने यस जात्रामा रात भर जागरण बसेमा आफूले गरेका भुल, पाप कर्मको अन्त्य भइ राम्रो कर्मको बाटो खुल्ने, सँधै शक्ति प्राप्त हुने, सोचेका राम्रा इच्छा पुरा हुने, राम्रो कामका लागि मागेका बर मिल्छ भन्ने जनबिश्वास रहेको पाइन्छ । कालरात्रिका दिन राति १२ बजे महांकाली मातालाई खसि, बोका, राँगा, हाँस, कुबिन्डो आदिको बली दिने गरिन्छ । बाला त्रिपुरा सुन्दरी लगायतका विभिन्न देखि मन्दिरहरुमा वर्षको २ पटक बडा दशै र चैते दशैमा विशेष पुजाआजा गरिन्छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्