clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नौरथाको ८ औं दिन बुधवार बाला त्रिपुरा सुन्दरीको लिंगा फेरिए
 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ३१ असोज – डोल्पाको मात्र होइन नेपालकै प्रमुख शक्ति पिठ मानिने बाला त्रिपुरासुन्दरी लगायत विभिन्न देवि मन्दिरहरुमा लिंगा फेर्नुका साथै महालक्ष्मीको विशेष पुजाआजा गरिएको छ । 
   नौरथा एवम् नवरात्रको बुधवार आठौं दिन हो । महाअष्ठमीका नामले परिचित बिजया दशैको बुधवार प्रमुख शक्ति पिठ बाला त्रिपुरा सुन्दरी देविको मन्दिर त्रिपुराकोटमा लिंगा फेरेर नयां ध्वजा हालिएको छ । यसका साथै जिल्लाका विभिन्न देवि मन्दिरहरुमा पुराना लिंगा निकालेर ध्वजा (आलिम) सहित नयां लिंगा खडा गरिएको त्रिपुराकोटबाट बाला त्रिपुरा सुन्दरी देवि मन्दिर पुजा व्यवस्थापन समितिका संयोजक तुलबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार बाला त्रिपुरा सुन्दरी देविको मन्दिर त्रिपुराकोटमा महाअष्टमीको दिन बुधवार भगवति, चण्डिका, कालिका र विक्रम शाही महाराजको लिंगा फेरिएको हो । 
   बुधवारै डोल्पाको सदरमुकाम दुनै अवस्थित कालिका मन्दिरमा पनि लिंगा फेरिएको छ । यसका साथै सर्मी माई मन्दिरमा लिंगा फुलपातीका दिन नै फेरेर विशेष पुजा समेत गरिसकिएको सर्मीबाट पुजारी गौरी बुढाले फोनमा जानकारी दिए । उनका अनुसार बिजया दशमी र चैते दशै गरेर सर्मी माइ मन्दिरमा वर्षमा २ पटक लिंगा फर्ने परम्परा रहेको छ । 
   डोल्पाका विभिन्न शक्ति स्वरुपा भगवति देविहरुको मन्दिरमा नयां लिंगा फर्दै ध्वजाहरु फहराउने गरिन्छ । विभिन्न रंग र आकारका ध्वजा पतकाहरु लगाएर नयां लिंगा फेरियो भने देवि मन्दिरहरु निकै सुन्दर देखिने त्रिपुराकोटका स्थानीय विष्णु देवकोटा बताउछन् । 
   हिन्दु धर्मावलम्बीहरु कार्तिक शुल्क पक्षमा पर्ने बिजया दशै एवम् नौरथा नवरात्र भरी निकै धुमधामका साथ शक्तिको पुजा अर्चना गरेर राम्रो कामको भाकल गर्दछन् । सबैलाई राम्रो कामका लागि प्रेरणा मिलोस भन्ने शक्तिसंग माग गर्दछन् । यस समयमा सम्पूर्ण देवि मन्दिरहरुमा सरसफाई गर्ने, फुलपातिले सजिसजाउ गर्ने, नयां लिंगा फेर्ने, नयां ध्वजा पतका लगाउने र मन्दिर परिसरलाई निकै सन्दर पारेर सजाउने गर्दछन् । यसै परम्परा अनुसार सबै देवि मन्दिरहरुमा लिंगा फेरिएको छ । 
   बाला त्रिपुरा सुन्दरी मन्दिरमा लिंगा फेर्न नेपाली सेनाको एक टुकुडीले स्थानीयहरुलाई सहयोग गरेको छ भने कालिका मन्दिर दुनैमा पनि नेपाली सेनाले लिंगो फेर्न सहयोग गरेको छ । जिल्लाका अन्य देवि मन्दिरहरुमा भने स्थानीयहरुले लिंगा फेरेका छन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्