clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
राष्टिय प्रारम्भिक कक्षा पढाइले ल्यायो अभिभाबकमा परीवर्तन
सुकमाया थापा,
रेडियो एफ एम डोल्पा 
 डोल्पा, २९ असोज -
राष्टिय प्रारम्भिक कक्षा पढाइले पछिल्लो समयमा अभिभाबकमा शिक्षा प्रति सचेत बनाएको छ । अभिभावकहरु आफ्ना बालबालिकाहरुको शिक्षा प्रति सेचत बनेका हुन् । भौगोलीक बिकटता, शिक्षाको पहुँज नपुगेको हिमाली जिल्ला डोल्पामा यो समयमा शिक्षा प्रति निकै सकारात्मक सोच बढेको छ । स्थानिय निकाय भित्रका गाउँ बस्तिहरुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन भएपछि स्थानिय गाउँ समुदायका अभिभाबकहरुको सोचमा परीवर्तन आई बालबालिकाहरुको शिक्षामा लागि पर्न थालेको एक राष्टिय प्रारम्भिक कक्षा पढाइका अभियान कर्ताले बताएका छन । 
 आफनो घरमा बालबालीकाहरुलाइ पढ्ने वातावरण सिर्जना गर्ने । पढे पढेनन भनेर चासो राख्ने, आफ्नै अगाडि पढ्न लगाउने र पढेलेखेका अभिभावकहरु आफैले पढाउने समेत गरेका छन । बेला बखत बिधालयमा गएर आफना छोरा छोरीको पढाइ के छ कस्तो छ भनि सोधबुझ गर्ने, के गरिरहेको छ हेरविचार गर्ने गरेको जगदुल्ला गाउँपालीका हुरिकोटको जगदुल्ला आधारभुत बिधालयका एक शिक्षकले बताए ।
 आफनो व्यक्तिगत सरसफाइ देखी लीएर बिधालयमा पनि नियमित गराउन थालेका छन् । आफ्ना अभिभावकहरुले पढाईमा चासो राख्न थाले पछि बालबालिकाहरु पनि पढाइ प्रति लगन र जाँगर लगाएर पढ्ने गरेका छन । हाम्रो समाजमा पढाएर के हुन्छ भन्ने पढेर जागिर नै पाउंदैनन् भन्ने जस्ता सोच राखेर छोराछोरीहरुलाइ बिधालय पठाउन भन्दा घरकोे काम गराउन ठुलो ठान्ने अभिभाबकहरु राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु भए यता अभिभावकहरुमा निकै सचेतना बढेकाले बालबालीकालाइ बिधालय पठाउन पर्छ, छोराछोरी बराबरि ठानेर पढाउन पर्छ, शिक्षाले जीवनस्तर उच्च बनाउछ भन्ने भावना अभिभावकहरुमा जागि सेकेको सेडा नेपाल डोल्पाकी सामुदायिक परीचालन अधिकृत सबिना बोहोराले बताइन् । 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्