clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका गाउंगाउंमा रमाइलो सदरमुकाम सुनसान
रेडियो डोल्पा एफ.एम.    
   डोल्पा(दुनै), ३० असोज – यतिखेर हिन्दु मात्र होइन सम्पूर्ण नेपालीहरुलाई बडा दशैले छोएको छ । यही क्रममा डोल्पाका गाउंगाउंमा दशैको रमझमले छाएको छ भने सदरमुकाम दुनै भने सुनसान बनेको छ । 
   डोल्पाका गाउंगाउंमा दशैले रमझम बनेको छ । देश प्रदेश गएका आफन्तहरु घर पुगेका छन् । धेरै आफन्तहरु भेट भैसकेको छ भने धेरै जना घर आउने क्रममा बाटोमा घर तर्फ आइरहेका छन् । यसै क्रममा मंगलवार बडा दशैको सातौं दिन पूmलपाती भित्र्याइएको छ । 
   कालिका मन्दिर दुनैमा आयोजना गरिएको विशेष कार्यक्रमका साथ पूmलपाती भित्र्याइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाला त्रिपुरा सुन्दरी मन्दिरी त्रिपुराकोट, कालिका मन्दिर दुनै लगायतका मन्दिरमा विशेष सलामी अर्पण गरेको थियो । 
   प्रमुख शक्तिपिठ बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोटमा मंगलवार विहान ९ बजेर २० मिनेट गएको बेला बाजागाजा सहित फूलपाती भित्र्याइएको छ । फूलपाती मेला हेर्नका लागि गाउंगाउंबाट मानिसहरु बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोट पुगेका थिए । त्यसै गरी माइ मन्दिर सर्मि, कालिका मन्दिर ओक्ट, सेतिमाइको मन्दिर होर्त लगायत डोल्पाका विभिन्न देवि मन्दिरहरुमा फूलपाती भित्र्याइएको छ । 
   त्यसै गरी डोल्पाका विभिन्न गाउंबस्तिहरुका नव दुर्गा भवानीका भक्तहरुले आफ्नो घरघरमा नव दुर्गा भवानी पुजाका लागि फूलपाती भित्र्याइएको छ । त्रिपुराकोट, सर्मि, नर्कु, कालिका, होर्त, ओक्ट, दुनै लिकु लगायतका विभिन्न गाउंमा दशैको मेला लाग्ने भएकाले निकै रमाइलो बनेको छ । गाउंगाउंमा देश विदेश गएका गाउंवासिहरु उमंगमा डुबेका छन् । 
   दशै मनाउने क्रममा गाउंगाउंमा सबै फर्के पछि निकै रमाइलो भएको दुनैबाट मुड्केचुला गाउंपालिका ६ नर्कु पुगेका लेखबहादुर बुढाले बताए । उनले थपे गाउं निकै रमाइलो बनेको छ । तर तया दुनै बजार भने निकै सुनसान छ । 
   डोल्पाको सदरमुकाम दुनैबाट सरकारी तथा गैरसरकारी कर्मचारीहरु, शिक्ष्ँक, विद्यार्थीहरु र वाहिरबाट यहां आएर व्यापार व्यवसाय गर्नेहरु दशैका लागि आ–आफ्नो घरतर्फ लागे पछि दुनै बजार निकै सुनसान बनेको छ । सबै दशैका लागि  घर तर्फ लागे पछि दुनै बजार निकै नियास्रो बनेको स्थानीय सुनमति शाहीले बताइन् । उनका अनुसार दुनैमा चहल पहल समेत निकै घटेको छ । 
   दशै मान्नका लागि बजारका धेरै जना घरघर तर्फ लागे पछि दुनैमा थापिएका ७० प्रतिशत पसल तथा होटेलहरु बन्द रहेका छन् । धेरै पसलहरु बन्द भएर बांकी खुला थोरै होटेल पसलमा समेत व्यापार निकै घटेको गुरुङ होटेलका प्रोपराइटर भक्तबहादुर गुरुङले बताए । दुनै बजारमा यही वारिपोरिका स्थानीय, केही व्यापारीहरु, सुरक्षा निकायका सुरक्षाकर्मीहरु रहेको देखिन्छ । त्यो पूmलपाती जात्राले पनि देखाएको छ । दुनैमा मंगलवार विहान निकालिएको पूmलपाती जात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र देखिन्थे स्थानीयहरुको निकै कम उपस्थिति रहेको थियो । 
   गाउंमा दशैको चटारो बढेको छ । घरघरमा खसिबोका किन्ने, फूलपाती भित्र्याउने, आवश्यक विभिन्न सरसामान किनमेल गर्ने, विभिन्न देवि मन्दिरहरुमा पुजाअर्चना गर्ने, घर आगन, गाउंटोल, मठमन्दिर, धारा चौतारा सरसफाई गर्ने, मेला जात्राको तयारी गर्ने कामले सम्पूर्ण हिन्दुहरुको मात्र होइन अन्य धर्मावलम्बिहरुको घरमा समेत चटारो बढेको छ । डोल्पाबासिहरुको घरमा दशैले झपक्कै छोपेको छ । 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्