clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
वर्षेनी बाढी आउेन खोलामा झोलुङगे पुल बन्दा स्थानिय खुसी
लेखबहादुर बुढा
   डोल्पा(दुनै), २८ असोज – हिमाली जिल्ला डोल्पाको पनि अति बिकट माथिल्लो डोल्पाको शेफोक्सन्डो गाउंपालीका साल्दाङ्गको किराथाङ नदिमा झोलुङगे पुल बन्दा स्थानिय र बटुवाहरुलाई खुसी भएका छन । 
   वर्षेनी बाढिले दुख दिने किराथाङ खोलामा ४० लाखको लागतमा १ सय १५ मिटर लामो झोलुङगे पुल निमार्ण गरीएको शेफोक्सुन्डो गाउंपलिकाका अध्यक्ष टसीटुन्डुप गुरुङ्गले जानकारी दिए । उनका अनुसार बाढिका कारण त्रासैत्रासमा बर्षेनी खोला तरेर कामकाजमा जानु पर्ने र मुल बाटोमा पर्ने यस खोलामा आवतजावत गर्न निकै कठिनाई हुने गरेको थियो । 
    हरेक बर्षमा खोला तर्दा धेरै पसुवस्तु जनधनको क्षेती गर्ने खोलामा निर्माण भएको झोेलुङ्गे पुलको गुरु रिम्पोछेद्धारा पुजा गरी पुलको उद्घाटन गरीएको शेफोक्सुन्डो गाउपालीकाले जनाएको छ । नेपाल सरकार पुल तथा झोलुङगे पुल डिभिजन कार्यलयले २ बर्ष लगाएर उक्त पुल निमार्ण सम्पन्न गरेको हो । पुलले साल्दाङको कोमास, तिन्जे, विश्वको उच्च वस्ती धो उपत्यका लगायत विश्वलाई जोड्नुको साथै छिमेकी देश चिन लाई पनी जोड्ने जनाईएको छ । 
   साउन महिनाको अन्तीम साता देखि भाद्र महिनाको पहिलो साता सम्म लाग्ने चाईनाको सिमाना क्याटो र मरिम्लामा सन्चालन हुने व्यपार मेलामा यही पुलको बाटो भएर आवत जावत गर्ने गरिन्छ । स्थानीय बासिन्दाहरुलाई हरेक काम सहित छिमेकी देशसंगको सम्पर्क हुने मुलबाटोमा पर्ने यस नदिमा झोलुङ्गे पुल लागे पछि स्थानीयहरु खुसि भएका हुन् । 
   आन्तरीक तथा बाह्य पर्यटकहरुलाई अकर्षीत गर्ने उपल्लो डोल्पाका विभिन्न ठाउंहरुमा पुल नवन्दा स्थानीय लगायत पर्यटकहरुलाई आवतजावतमा समस्या गरेको छ । स्थानीयको कामलाई सहज गराउन र देशि विदेशी पर्यटकहरुलाई आकर्षित गर्नका लागि पनि उपल्लो धेरै ठाउंमा पुल र बोटो मर्मत गर्न आवश्यक रहेको  स्थानिय बासिन्दा तथा पर्यटन व्यवसायी नोर्वु लामाले बताए । उपल्लो डोल्पामा धेरै समस्याहरु रहेको र समस्या समाधानमा जनप्रनिधि र सरकारको ध्यान नगएको लामाले गुनासो गरे । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्