clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
महंगो भए पछि डोल्पामा नेपाल खाद्यको चामल विकेन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २९ असोज – न्यून खाद्यन्न उत्पादन हुने डोल्पा जिल्लामा ढुवानी अनुदानमा सरकारले उपलब्ध गराउने चामल महंगो र गुणस्तरको नभएको भन्दै स्थानीयहरुले चामल किनेनन् । 
   सधै खाद्यन्नको अभाव रहने डोल्पामा यस पटक भने यो समस्या नेपाल खाद्य संस्थानमा देखिएको छैन । नेपाल खाद्य संस्थान चामल विक्रि वितरणका लागि दोकान थापेर बसेको छ । तर नेपाल खाद्य संस्थान मार्फत डोल्पा पुगेको जापानी चामल खानका लागि त्यति राम्रो नभएको र महंगो पनि भएको भन्दै स्थानीयले नकिनिदिए पछि गोदाममै थन्किएको छ । 
   नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाका अनुसार गत वर्षकै स्टक रहेको जापानी चामल दशैसम्म पनि विक्रि भएको छैन । दशैका लागि विक्रि खोलिएको बेला पनि स्थानीयहरुले लिन त्यति मानेनन् थोरै मात्र विक्रि भयो नेपाल खाद्य संस्थान डोल्पाको जिन्सी फांटको जिम्मा लिएका हिरामणी जोशीले बताए । उनका अनुसार दशैका लागि खोलिएको विक्रिमा दुनैमा ४ सय क्वीन्टल जति, सर्मीमा डेढ सय क्वीन्टल जति र जुफालमा डेढ सय क्वीन्टल जति मात्र विक्रि भयो । 
   नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाको दुनै गोदाममा ९ सय, जुफाल गोदाममा साढे ३ सय क्वीन्टल र सर्मि डिपोमा साढे १ सय क्वन्टल अझै विक्रि हुन सकेको छैन । चामल विक्रि नहुनुमा महंगो भएको आरोप स्थानीय उपभोक्ताहरुले बताएका छन् । ५५ रुपैयां प्रतिकिलोग्राम रहेको यो जापानीज चामल मूल्य बढाएर नेपाल खाद्य संस्थानले ६५ रुपैयां प्रतिकिलोग्राम पुर्याएको थियो । त्यो मूल्यमा विक्रि नभएकाले घटाएर प्रतिकिलोग्राम ६१ रुपैयां ७५ पैसा कायम गरेको छ । यस मूल्यमा पनि विक्रि नभएकाले अझै घटाउने निर्णयमा नेपाल खाद्य संस्थान पुगेको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाको स्रोतले जनाएको छ । 
    गाउंमा खाद्यन्नको त्यति अभाव नभएकाले पनि विक्रि हुन नसकेको अनुमान नेपाल खाद्य संस्थानले गरेको छ । जिल्लाको सिमानासम्म मोटरबाटोले छोए पछि ट्याक्टरले चामल लगायतका दैनिक उपभोग्य सामग्रीहरु सस्तिने क्रममा रहेकाले पनि नेपाल खाद्य संस्थानको चामल विmित्र नभएको हुन सक्ने एक स्थानीयले बताए । उनले थपे त्रिवेणीमा जीरा मसिनो चामललाई प्रतिकिलोग्राम ७० रुपैयां जतिमा पाइन्छ भने त्यहांबाट घरमा ल्याउन्जेल ८० रुपैयां जति पर्छ त्यही चामल ल्याएर खाने नि जापानिज चामल त्यति राम्रो छैन त्यसलाई पनि महंगो अनि कस्ले किन्छ । 
   यस वर्ष ढुवानी ठेक्का स्वीकृत भए पनि चामल आइ नपुगेको नेपाल खाद्य संस्थान डोल्पाले जनाएको छ । यो वर्ष त झनै नेपाल खाद्य संस्थानको चामल विक्रि नहुने सम्भावना बढ्न सक्छ । किनकी डोल्पाको सदरमुकाम दुनैदेखि करिव १५ किलोमिटर तल मात्र पर्ने चुंगाडसम्म मोटरबाटो ट्रयाक खुलिसकेको छ । त्यहांसम्म ट्याक्टरबाट सामान ढुवानी हुन थाल्यो भने सामानको ढुवानी भाडा घट्न गई बजारमै पाइने चामल सस्तिन सक्छ । 
   नेपाल खाद्य संस्थानको चामल विक्रि नहुनुमा डोल्पालीहरुको घरमा अन्नको अभाव छैन भन्ने बुझिने जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढा बताउछन् । उनी थप्छन् नेपाल खाद्य संस्थानको चामल लिन कुपन नै लिन जिउ जिउ गर्नु पर्ने, थोरै चामल लिन लाइनमा बसेर धुप खानु पर्ने, चामल लिनका लागि घण्टौ हिडेर नेपाल खाद्य संस्थानको गोदाममा पुग्नु पर्ने, १ जनाको ४ किलोग्रामका दरले लिनका लागि सदरमुकाम तथा खाद्य डिपो रहेको ठाउंगाउंमा बास बस्नु पर्ने झन्जट  कस्ले गर्छ । थोरै महंगो भए पनि बजारको चामल किन्छ हिन्छ त्यसैले नेपाल खाद्य संस्थानको चामल विक्रि हुन कम भएको हो । 
   मोटरबाटो निर्माण सम्पन्न हुन लागेको छ । यस खण्डमा पुलहरु लागेर नेपालगञ्ज काठमाण्डौं लगायतका शहरबाट आउने बस तथा मालबाहक गाडिहरु सिधै डोल्पाका सिमाना हुदै सदरमुकाम सम्म मात्र आइपुगे भने डोल्पामा रहेको महंगी धेरै गुणा घट्ने अपेक्षा रहेको दुनै बजारमा रहेको गुरुङ होटेलका प्रोपराइटर भक्तबहादुर गुरुङ बताउछन् । उनका जस्तै धेरैको अपेक्षा दैनिक उपभोग्य सामानको मूल्य सस्तो हुने आशा छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्