clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा पुग्ने मोटरबाटो निर्माण अन्तिम चरणमा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), २८ असोज – धेरै लामो कथा बोकेको नेपालको अति दुर्गम र विशाल भूगोल डोल्पाको सदरमुकाम दुनै जोड्न पुग्ने मोटरबाटो निर्माणको कार्य अब अन्तिम चरणमा पुगेको छ । 
   कठिन भूगोल मात्र होइन कडा चट्टानै चट्टान भएको जाजरकोट¬–दुनैको यो मोटरबाटो निर्माणको काम नेपाली सेनालाई दिइए पछि निर्माण कार्यले तिब्रता पाएको थियो । नेपाली सेनाले जिम्मा लिएको जाजरकोट रुकुम हुदै डोल्पाको सदरमुकाम सम्मको मोटरबाटो निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कार्यदल नेपाली सेनाका प्रमुख सेनानी विश्ववन्धु पाहाडीले जानकारी दिएका छन् । उनका अनुसार पुल निर्माणको काम वाहेक जाजरकोटदेखि डोल्पाको त्रिपुरा नगपालिकाको चुंगाडसम्म मोटरबाटो निर्माणको काम सकिएको छ भने चुंगाडदेखि त्रिपुरासुन्दरी नगरपालिकाकै केन्द्र त्रिपुराकोट बगरसम्मको करिव साढे २ किलोमिटर मोटरबाटो बनाउन मात्र बांकी रेको छ । 
   सदरमुकाम दुनैदेखि करिव १५ किलोमिटर उत्तर पश्चिम तर्फ पर्ने चुंगाडसम्म केही सातामा जीप सेवा संचालन गर्ने गरी तयारी भैरहेको नेपाली सेनाका प्रमुख सेनानी विश्ववन्धु पाहाडीले जानकारी दिएका छन् । चुंगाडसम्म जीप सेवा संचालनमा आयो भने बटुवाहरुको यात्रा र दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत सहजता आउने भएको हो । ढुवानी सस्तिएमा डोल्पाका बजारमा मालसामान सुलभ हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले दावी गरे । उनले थपे हामी खुसि छौं विशेष गरी त्रिपुरासुन्दरी नगरपालिकाका सर्वसाधारणहरु निकै खुसि भएका छौं ।  
   डोल्पाको सदरमुकाम दुनैदेखि त्रिपुरासुन्दरी नगरपालिकाको सूंपानीसम्म यस अघि नै ड्रिल्पीले सामान्य जीप चल्ने मोटरबाटो बनाएकाले हेलिकोप्टरबाट जीप ल्याएर आन्तरिक रुपमा जीप चलिरहेको भए पनि बाटोको ट्रयाक ओपन काम चलाउ मात्र भएकाले नेपाली सेनाले यसलाई पुरा ट्रयाक ओपन गरी सोझो बनाउनु पर्ने काम बांकी रहेको समेत गरेर नेपाली सेनाले डोल्पाको सदरमुकाम दुनैसम्म मोटरबाटो सम्पन्न गर्नका लागि नयां निर्माण र पुरानोलाई सुधार गर्नु पर्ने गरेर १५ किलोमिटर बांकी रहेको दुनैका स्थानीय टेकबहादुर गुरुङले बताए । 
   नेपालको दुर्गम कर्णाली प्रदेश कर्णाली प्रदेशको पनि दुर्गम र कठिन भूगोलमा जीवन यापन गर्ने नागरिकहरुको बसोबास रहेको डोल्पा जिल्लाको सदरमुकाम दुनैसंग जोड्ने मोटरबाटो बन्न अब मात्र साढे २ किलोमिटर मात्र बांकी रहेको देखिएको छ तर पुल नलागुन्जेल नदि वारिपारि तर्नु पर्ने वाध्यता रहेका ठांउलाई जोड्दा भने मोटरबाटो नयां बन्न ७ किलोमिटर जति बन्न बांकी रहेको अनुमान रहेको जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । 
   अविकसित मात्र होइन पछि पारिएको प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट यही प्रदेशको डोल्पा जिल्लामा पुग्नका लागि निकै आरोह अवरोह काट्नु पर्ने बाध्यता छ । लाग्नु पर्ने पुल नलागेकाले यात्रा गर्नु निकै कठिनाई रहेको सरकारी कर्मचारीहरु नै बताउछन् । किनकी यस मोटरबाटो खण्डको १३ ठाउंमा पुल नबनेकाले वारि झरेर पैदल हिडि पारी पुगेर फेरी जीप चढेर आर्को नदिसम्म जाने गर्नाले यात्रुहरुलाई सामान ओसार्दा र हिड्दा निकै सास्ती हुने गरेको छ । छिन्चु–जाजरकोट–डोल्पाको दुनै मोटरबाटोको निर्माण नेपाली सेनाले जिम्मा लिएसंगै केही छिटो निर्माण भैरहेको महसुस डोल्पालीहरुले गरेको भए पनि हुनु पर्ने समयमा निर्माण सम्पन्न भैरहेको छैन । मोटरबाटो निर्माणको क्रममा यति धेरै वर्ष लाग्यो भने यो मोटरबाटोका ठाउंठाउंमा लाग्नु पर्ने पुलहरु बनाउन कति वर्ष लाग्ने हो अनुमान गर्न कठिन छ । किनभने केही पुल बनाउन दिइएका ठेक्का लामो समय वित्दा पनि अझै सम्पन्न हुन सकेका छैनन् । यी पुलहरु निर्माणका लागि सरकारले दु्रत पहल गरोस भन्ने आशा डोल्पालीहरुले गरेको जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले बताए । 
   हाल सुर्खेतको छिन्चुबाटै डोल्पाको दुनैसम्म आंउने मोटरबाटोको बिचका विभिन्न नदि र खोलामा पुल नलाग्दा थुप्रै खण्डहरु बनेका छन् । ति खण्डहरुलाई नदिले खण्ड खण्ड बनाएको हो । हाल जाजरकोट खलंङ्गा हुदै रुकुमको राडि ज्युलासम्म नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट आएका यातायातका हल्का सवारी साधनहरु आउछन् । राडि ज्युलामा मोटरेबल पुल नभए पछि त्यही ओर्लेर हिडेर वारिपट्टी मनमई जाजरकोट आइ जीप चढेर तांतरगाड, चौखा खोलाहरु तर्दै तल्लुबगर आएर ओर्लनु पर्छ बर्षातमा तांतरगाड र चौखा खोला तर्न सकिदैन त्यहां पुल लगाउनु जरुरी छ । तल्लु बगर झरे पछि हिडेर झोलुङ्गे पुल तरी छरेबग्री रुकुम आएर जीप चढेर डोल्पाको खदाङ्सम्म पुग्न सकिन्छ । खदाङ् पारी हरियापानीमा झरी पुल तरेर पैदल खदाङ्देखि चुंगाडसम्मको बाटो निर्माणको काम नेपाली सेनाले भर्खरै सकेको जनाएको छ । त्यस खण्डमा जीप चलाउन बांकी रहेको छ । चुंगाडदेखि त्रिपुराकोटसम्म बाटो बन्यो भने विभिन्न ठाउंमा हिडेर पुल तर्दै वारिपारि गरेर दुनैसम्म आउन सकिने छ । हाल खदाङ्पारि हरियापानीसम्म मात्र जीप चलेको छ । 
   माओवादी द्धन्द्ध कालमै निर्माण सुरु भएको छिन्चु–जाजरकोट–दुनै मोटरबाटो निर्माण कार्यको सुरुवात सरकारी कम प्राथमिकताका कारण ढिलो भएको हो । त्यस पछिका आर्थिक वर्षहरुमा पनि सरकारले बजेट वक्तव्यमा उच्च प्राथमिकता दिएको भाषण गर्ने तर वर्षमा कम बजेट विनियोजन गरेका कारण निर्माण कार्य भने अनुसार तिब्र बन्न सकेन । यो छिन्चु–जाजरकोट–दुनै मोटरबाटोका बिचमा पर्ने विभिन्न ठाउंका पुलहरु निर्माणका लागि सरकारी प्राथमिकता कति हुने हुन भन्ने प्रश्न जनसमाजमा उठिरहेको स्थानीय जनप्रतिनिधिहरुले बताउने गरेका छन् । 
   गणतन्त्र स्थापना पछिको पहिलो सरकार २०६४ सालमा भएको निर्वाचनबाट बनेको थियो । उक्त सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराइले २ वर्ष भित्र डोल्पाको सदरमुकाम दुनै मोटरबाटो पुर्याउने बजेट वक्तव्य मै घोषणा गरेका थिए । त्यस पछि बन्ने सबै सरकारको बजेट भाषणमा प्राथमिकतामा परेको दुनैसम्मको मोटरबाटो निर्माण सम्पन्न भई कतै नझरिकन पुगिने हुन अझै वर्षौ लाग्न सक्ने अनुमान गर्न सकिन्छ । यस अघिका सरकारले बजेटबाटै गरेका भाषणहरु बजेट विनियोजनमा खुम्चिने गरेका छन् । सरकारहरुका ती व्यवहारले पनि सरर डोल्पा मोटर पुग्नेगरी बाटो पक्की हुने र पक्की पुलहरु छिटो लाग्नेमा संका गर्नु पर्ने अवस्था देखिएको जिल्लाका उच्च पदस्थ जनप्रतिनिधिहरु नै बताउछन् । 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्