clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
स्वास्थ्यकर्मीको सरुवाले स्वास्थ सेवाबाट जनता बन्चित
 
   डोल्पा, २७ असोज – त्रिपुरासुन्दरी नगरपालिका ६ फुल्चिङ गांउमा रहेको स्वास्थ चौकीमा कार्यरत दुईजना स्थास्थकर्मीहरुको एकैपटक सरुवा भएपछि त्यहांका नागरिकले नियमित पाउने स्वास्थ सेवा प्रभावित भएको छ ।
    त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ६ फुल्चिङ्मा रहेको स्वास्थ चौकीमा कार्यरत अनमीहरु बिष्णुमाया उपाध्याय र होजारडोल्मा लामाको एकैपटक सरुवा भएपछि महिना दिन देखि सेवाक्षेत्र भित्र पर्ने खदाङ, पालङ्ग, फुल्चिङ, ल्हांका नागरिकहरुलाई दिइदै आएको स्वास्थ सेवा प्रभावित भएको हो ।
   “स्वास्थ चौकीमा भएका दुई जना अनमी सरुवा भएको महिना दिन धेरै भयो, अन्य स्वास्थ्यकर्मीहरु पनि नआएकाले उपचारगर्ने स्वास्थकर्मी नै नभएकाले सामान्य स्वास्थ सेवाबाट समेत बञ्चित भएका छौ” वडा नं ६ खदाङका स्थानीय अमृत सार्कीले भने ।
   “स्वास्थ चौकी जान्छौ । कहिले सिटामोल लगाएतको सामान्य औषधि समेत पाँईदैन्, कहिले स्वास्थकर्मी भेटिदैनन्”सार्कीले गुनासो गरे । दुर्गमका नागरिकलाई धेरैथोरै स्वास्थ सुविधा दिईरहेको स्वास्थ चौकीबाट मन्त्रालयले एकैपटक दुईजना अनमीको सरुवा गरिदिंदा पनि स्वास्थ सेवा प्रभावित भएको अमृत सार्कीले बताए ।
   प्रसुतिसेवा संञ्चालनकालागि सामाग्रीहरु लिईए पनि स्वास्थ्यकर्मी नहुंदा अझैपनि निजि क्लिनिकमा गएर प्रसुति गराउनुपर्ने बाध्यता कायमै रहेको खदाङका स्थानीयले गुनासो गरेका छन् । स्वास्थ चौकीमै प्रसुति सेवा संञ्चालन गर्न आवश्यक उपकरण उपलब्ध भए पनि जनशक्तिको रुपमा रहेका दुईजना अनमीको सरुवा गरिएकाले प्रसुतिगृह संञ्चालन अन्योलमा परेको छ ।
   प्रसुति गृह संञ्चालनका लागि एस.बि.आई तालिम प्राप्त एक जना सहित दुईजना अनमीको दरबन्दी रहेको छ । स्वास्थ चौकीका प्रमुख पुष्प चन्दसंग सम्पर्क गर्न खोज्दा  सम्पर्कहुन सकेन । उनी लगाएत एक जना अहेव पनि दशैं मनाउन घर हिडे पछि स्वास्थ चौकीमा एक जना स्विपर र कार्यलय सहयोगीको भरमा चलेको फुल्चिङका स्थानीयले बताए ।
   स्वास्थकर्मी सरुवाहुनको लागि सरुवा हुन चाहनेले जिल्ला स्थित  जिल्ला स्वास्थ कार्यालय, सम्बन्धित गांउपालिका वा नगरपालिकाको सहमतिमा सरुवा हुन चाहेको जिल्लामा पर्ने स्वास्थ चौकीमा दरबन्दी खाली भएको सहमती चाहिने प्रावधान रहे पनि सहमति त के सरुवा भएको जानकारी समेत नभएको बताउदै कहांबाट कसरी दुइ दुई जनाको एकै पटक सरुवा भयो कुनैपनि जानकारी नपाएको वडा अध्यक्ष धर्मजित बोहोराले बताए ।
   नगरपालिका भित्रपर्ने सम्पुर्ण स्वास्थ चौकीहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र कर्मचारीको नियमितताको बिषयमा अनुगमनगर्ने एक निकायको रुपमा रहेको नगर स्वास्थ ईकाइले नगरको स्वास्थ सेवा ब्यबस्थापनमा चासो नदिएको गुनासो पनि उत्तिकै छ । मन्त्रालयले त्रिपुरा सुन्दरी नगरपालिका सुं स्वास्थ चौकी, पहाडा स्वास्थ चौकी र फुल्चिङ स्वास्थ चौकी र लिकु स्वास्थ चौकीबाट पांचजना अनमीको सरुवा भैसकेको छ ।
 
 
राजस्व संकलनका लागि शनिबार नेपाल बैँक खुल्यो ।
सुकमाया थापा रेडियो एफ एम डोल्पा
असोज २७
   सरकारी तथा गैरसरकारी कार्यलय र करदाताहरुबाट जम्मा हुने राजस्व संकलनका लागि आज शनिवार पनि नेपाल बैंक लिमिटेड डोल्पा खुलेर बैंकिङ् सेवा प्रदान गरेका थियो । नेपाल सरकार अर्थमन्त्रालयले आज शनिवार पनि नेपाल भरीका  राजश्व कारोबार गर्ने सबै बैंक खुल्ने भनि नेपाल राष्ट्र बैंकले निर्देशन गरेको थियो । अर्थमन्त्रालयको उक्त  निर्देशन अनुसार आज शनिवार पनि राजस्व कोबार गर्न बैंक खोलिएको हो । असोज महिना राजस्व संकलनको अन्तिम महिना भएकाले राजस्व तिर्न बँंकि रहेका व्यत्तिहरुलाइ सहज होस भनेर नेपाल राष्ट्र बैंकले उक्त निर्देशन गरेको हो । निर्देशन अनुसार बैंक खोलिए पछि आज शनिवार राजस्व तिर्न नेपाल बैंक लिमिटेड डोल्पामा ४ लाख राजश्व जम्मा भएको शाखा प्रबन्धक वेदप्रसाद बुढाले जानकारी दिनु भएको छ । 
 
 
 
 
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्