clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
पहिरोले बिक्रियको नहर मर्मत पछि विधुत वितरण सुरु
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २७ असोज – अविरल वर्षाका कारण एक महिना अघि पहिरो गई भत्काएको जैरिगाड जलविधुत केन्द्रको नहर मर्मत गरिए पछि विधुत आपुर्ति नियमित भएको छ ।
   पहिरो गए पछि अवरुद्ध भएको विधुत वितरण शनिवारबाट नियमित रुपमा वितरण सुरु भएको हो । गत भदौं १९ गते राति पहिरो गई जैरिगाड साना जलविधुत केन्द्रको नहर भत्केको थियो । नहर भत्कदा अवरुद्ध भएको विधुत वितरण नहर मर्मत गरिए पछि गत सोमवार सांझ ५ बजे विधुत दिइएको थियो । त्यतिखेर दिइएको विधुत साढे २ घण्टा पनि टिकेन । साढे ७ नहुंदै बत्ति फेरि बन्द भएको थियो । 
   वासर बिग्रनुका साथै मर्मत गरिएको नहरमा पानी चुहिने भए पछि फेरि विधुत आपुर्ति बन्द भएको नेपाल विधुत प्राधिकरण विधुत वितरण केन्द्र डोल्पाले जनाएको छ । उक्त केन्द्रका अनुसार पुनः मर्मत भए पछि शनिवारबाट नियमित भएको छ । दशै तिहारका लागि दुनै, जुफाल बजारका व्यापारीहरु, कार्यालयका कर्मचारीहरु र अन्य मानिसहरु आ–आफ्नो घर तर्फ लागेकाले धेरै पसल घर कार्यालयहरु बन्द भएका कारण यतिखेर पालो नगरी रातादिन दिने मनस्थितिमा रहेको निमित्त कार्यालय प्रमुख कालिबहादुर महतले बताए । 
   करिव २ हजार ग्राहक रहेको जैरिगाड साना जलविधुत केन्द्रका दुबै टर्वाइन मर्मत गरिसकिएको र हाल एउटा टर्वाइन मात्र जोडिएको वितरण केन्द्र डोल्पाले जनाएको छ । बत्ति कम उत्पादन हुने र ग्राहक धेरै भएकाले पहिरोले नहर भत्केर विधुत आपुर्ति वन्द हुनु अगाडिसम्म एक दिन जुफाल, रुम, सुं, जिउं र रंग र एक दिन दुनै वरपरका गाउंघर र बजारमा पालो गरी दिने गरिएको थियो । २ सय किलोवाट क्षमताको यो साना जलविधुत केन्द्रले हाल एउटा टर्वाइनबाट ८० किलोवाट मात्र विधुत निक्लेको जनाइएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्