clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा ६३ आँै प्रहरी दिवस भव्यताको साथ सम्पन्न
सुकमाया थापा,
रेडियो डोल्पा एफ एम
डोल्पा, २५  असोज - ६३ आँै प्रहरी दिवस भव्यताका साथ सम्पन्न भएको छ । हिमाली जिल्ला डोल्पामा रहेको जिल्ला प्रहरी कार्यलयले आज ६३ औँ दिवस मनाएको हो । भुगोलले ठगेको डोल्पा जिल्लामा सुरक्षाको पहुज निकै कम रहेको देखिएको छ । जिल्लाको सुरक्षाको लागि हाल ३ सय ६२ जना कुल दरबन्दिमा २ सय ९२ जना हाजिर रहेका छन् भने ४९ जना खालि रहेको र त्यसैमा ३१ जना आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यलय डोेल्पाले जानकारी दिएको छ ।
प्रहरी दिवसका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोल्पाका प्रमुख सेरबहादुर बुढाले भौगोलीक बिकटताले गर्दा डोल्पामा शान्ति सुरक्षा गर्न कठिन हुनुका साथै विविध कारणले शान्ति सुरक्षा चुस्त दुरुस्त राख्नु चुनौतिपूर्ण रहेको छ । सुचना सञ्चारले छुन नसकेका माथिल्लो डोल्पामा सुरक्षा गर्न कठिन छ यस्लाइ अब सबै मिली सहजरुपमा दिर्घकालीन शान्ति सुरक्षा गर्नको लागि सबै समाजका अग्रज व्यक्तित्व, स्थानिय सरकार, लगाएत सबैको आ आफनो ठाउबाट लागि पर्नु आवश्यक रहेको भन्दै अमर प्रहरी प्रति भावपुर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 
डोल्पाको भौगोलिक परीवेशमा शान्ति सुरक्षाको पहुच आधा भूभागमा मात्र रहेको छ र सदरमुकाम दुनैमा रहेर डोल्पाका हर ठाउँहरुमा शान्ति सुरक्षा गर्न गारो भएको नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद एवम् पुर्व अध्यक्ष बिष्णुलाल बुढाले बताए । उनले माथिल्लो डोल्पाका ३ गाउपालीकामा स्थायी सुरक्षा चौकी नभएकाले त्यहांको शान्ति सुरक्षा निकै समस्या रहेकाले प्रहरी चौकी स्थापनाका लागि सरोकारवाला सबैको ध्यान जान आग्रह गरेका थिए । देश र जनताको लागि दिन रात भोक प्यास न भनि अहोरात्र खटिएर नेपाल आमाका सुपुत्र सन्तान भइ समाजमा भएका बिकृति , बिसंगति को न्युन गदै शान्तिपुर्ण बातावरणको सिर्जना गर्ने नेपाल प्रहरीले देशका लागि आफनो कर्तव्य पुरा गरेकोमा प्रहरीलाई धन्यवाद दिनुका साथै प्रहरी दिवस र नेपाली समाजमा भित्रियको बडा दशैको उपलक्ष्यमा शुभकानामा दिएका थिए ।
त्यस्तै अन्य पूर्व प्रहरी एवम् ठुलीभेरी नगरपालिका वडा नं. १ का अध्यक्ष बागबहादुर महताराले नेपाल प्रहरीले आफनो व्यक्तिगत स्वार्थलाइ त्यागेर देश र जनताको सार्बजानिक हितको लागि दिन रात खटिएको बताएका थिए । 
नेपाल प्रहरी कम्जोर भएमा राज्य कम्जोर हनेकुराको डियसपि  अबदेष बिष्टले जानकारी दिनुभो शान्ति सुरक्षा मा पहुज पु¥याउनलाइ सम्पुर्ण स्थानिय निकाया र ति निकाया भित्रका सम्ुर्ण बिधालयहरुमा शान्ति सुरक्षा सञ्चालन गर्ने व्यबस्था आएको जानाए । डोल्पा जिल्लामा २०१२ साल देखि नेपाल प्रहरी खटिएको र देश, समाज, र नागरीकहरुको लागि आफनो ज्यानको आहुति दिएर दिनरात खटिएको प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले बताए । कार्यक्रममा प्रमुख अथिति सेरबहादुर बुढा, नेपाल सेनानि, जनप्रतिनिधि, अन्तरपार्टि महिला सञ्जाल, सञ्चारकर्मी लगाएत अन्य प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा कार्यत्रम गरीएको थियो ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्