clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा फुटबल कपको उपाधी आयोजक दुनै भ्याली क्लवलाई
लेखबहादुर बुढा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), २४ असोज – नेपालीहरुको महान चाड दशै तिहार र आफ्नो वार्षिक उत्सवको उपलक्ष्य पारेर दुनै भ्याली क्लबको आयोजना हुदै आएको यस वर्षको डोल्पा फुटबल कप प्रतियोगिताको उपाधी आयोजक भ्याली क्लवले नै उचालेको छ । 
   बुधवार दिउसो ४ बजेबाट सुरु भएको डोल्पा फुटबल कप प्रतियोगिताको पांचौं सिरिजको फाइनल खेलमा दुनै भ्याली क्लवले स्वास्थ्य फुटबल टिमलाई १–० गोल अन्तरले हराउदै उक्त उपाधी उचाल्न सफल भएको हो । 
   डोल्पा फुटबल कप प्रतियोगितामा स्वास्थ्य फुटबल टिम दोस्रो भएको थियो । यस प्रतियोगितामा आयोजक क्लवले प्रथम र दोस्रो हुने टिमलाई मात्र पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरेको छ । 
   ठुलीभेरी नगरपालीका र जिल्ला खेलकुद विकास समिति डोल्पाको सहयोगमा दुनै भ्याली क्लवले आफ्नो आयोजनामा यही महिनाको १२ गते शुक्रवारबाट डोल्पा फुटबल कप प्रतियोगिताको पांचौ सिरिज सुरु भएको थियो । 
   दुइ हप्ता अगाडि सुरु भएको डोल्पा फुटबल कप प्रतियोगितामा १३ फुटबल टिम सहभागि भएका थिए । सुरुमा लिगकम नकआउट पद्धतिबाट संचालन गरिएको प्रतियोगितामा जगदुल्ला फुटबल टिमलाई सेमिफाइनलमा हराउदै दुनै भ्याली क्लव फाइनलमा पुगेको थियो भने सेभेन स्टार फुटबल टिम थालालाई हराउदै फाइनलमा पुगेको थियो । फाइनलमा पुगेका दुबै टिम बिच निकै रोमान्चक र कडा प्रतिस्पर्धाको खेल भएको थियो । 
   फाइनल खेल सम्पन्न भए पछि बुधवार सांझ ६ बजे नै पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक क्लवका अध्यक्ष हिक्मत शाहीले जानकारी दिएका छन् । उनका अनुसार उपाधी जित्ने दुनै भ्याली क्लवलाई १ लाख १ हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दुनै भ्याली क्लवलाई पुरस्कार, मेडल र प्रमाणपत्र जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले वितरण गरेका थिए भने दोस्रो हुने स्वास्थ्य टिमलाई ४० हजार नगल, मेडल र प्रमाणपत्र सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले गरेकी थिइन् । 
    प्रतियोगीतामा अनुसासीत खेलाडीको उपाधी सेभेनस्टार यूवा क्लव थाला टिमका रामप्रसाद रोकाय, सर्वोउत्कृष्ट खेलाडीमा स्वास्थ टिमका अनुप मंगल समाल, सर्वाधीक गोलकर्तामा सेभेनस्टार थाला ए टिमका कर्णचन्द्र रोकाया, सार्वोउत्कृष्ट गोलकिप्परमा सेभेनस्टार थाला ए टिमकै लालबहादुर महतारालाई जनही नगद पुरस्कार सहीत मेडल र प्रमाणपत्र प्रदान गरीएको छ । 
   यसै गरी मुख्य यम्पाएर भक्तबहादुर गुरुङ, यम्पाएर बसन्तराज न्यौपानेलाई समेत प्रसंसा पत्र प्रदान गरीएको छ । पटक पटक हुने यस प्रकारका जिल्ला स्तरीय विभिन्न खेल प्रतियोगीताहरुले खेलाडीहरुलाई थप हौसला थप्ने भएकोले सवैको साथ सहयोग रहने भएकाले आउदा दिनहरुमा पनि यस्ता आयोजना गरीरहने समापन कार्यक्रमका अध्यक्ष एवम्  दुनै भ्याली क्लवका अध्यक्ष हिक्मत शाहीले बताएका थिए । उनले सबै सहभागि टिम, एम्पाएर, सुरक्षा निकायहरु, दर्शक सबैलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्