clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बत्ति अवरुद्ध भएको ३५ दिनमा बल्यो
 
लेखबहादुर बुढा, 
रेडियो डोल्पा एफ.एम.
   डोल्पा(दुनै), २२ असोज – पहिरोका कारण अवरुद्ध भएको जैरिगाड जलविधुत मर्मत पछि ३५ दिनका सोमवार बेलुकी ५ बजे विधुत वितरण सुरु भए पछि सदरमुकाम बासीहरु हर्सित भएका छन् । 
   एक महिनादेखि अन्धकारमा बसेका दुनैबासिहरु सोमवार बेलुकी बत्ति आउंदा बत्ति आयो, बत्ति आयो भन्दै खुसिले हल्ला गरेका थिए । बत्ति आए पछि खुसि व्यक्त गर्दै विधुतबाट चल्ने सबै सेवा दिन सहज भएको व्यापारि निश्चल भण्डारीले बताए । 
   एक महिना भन्दा बढि बत्ति अवरुद्ध भए पछि डोल्पाको सदरमुकाम दुनै र आसपासको क्षेत्र अन्धकारमय बनेको थियो । अविरल वर्षाका कारण भदौंको १९ गते नहर माथिबाट पहिरो गएर कुलो भत्काउनुका साथै नहरमा राखिएको फलामको पेनस्टक पाइप समेत क्षति पुर्याएको थियो । 
   विभिन्न ठाउंमा भत्केको नहर मर्मत गर्ने काम ४ दिन अघि सकिएको भए पनि सिमेन्ट नसुकेका कारण नहरमा पानी चलाउन नसकिएको र आइतवार पानी चलाउदा एकदुई ठाउंमा पानी सिपेच भएपछि पानी बन्द गरेर सिमेन्ट र नुन घोलेर घोल हालेर चुहिने ठाउंमा टालेपछि सोमवारबाट पानी चलाएर विधुत वितरण सुरु गरिएको नेपाल विधुत प्राधिकरण विधुत वितरण केन्द्र डोल्पाका निमित्त प्रमुख कालिबहादुर महतले बताए । 
   विधुतबाट चल्ने फोटोकपी, इमेल, इन्टरनेट, छापाखाना लगायतका विभिन्न व्यापारिक कामहरु समेत राम्रो र सहज रुपमा हुने सेवाग्राहीले बताएका छन् । बत्ति नहुंदा पेट्रोल र सोलारबाट चलाउनु परेकाले महंगो थियो भने बत्ति वितरण सुरु भए पछि सस्तो र सुलभ भएको छ । बत्ति वितरण सुरु हुने वित्तिकै सरकारी तथा गैरसरकारी कार्यालयहरुको सम्बन्धित निकायमा रिपोर्टिङमा धेरै सहज भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । 
   एक महिना पछि जैरीगार्ड पावर हावसको नहर मर्मत कार्यक्र सम्पन्न भएसगैँ सदरमुकाम दुनै लगायत आसपासका क्षेत्रहरुमा सोमबार देखि विजुली बत्ती बलेको छ । यहि गत भाद्र १९ गते जैरीगार्ड विधुत नहरको तिन ठाउँमा करिव ६० मिटर नहर पहिरोले भन्तकाए पछी २ सय किलोवाट क्षेमताको विधुत अबरुद्ध भएको थियो । नेपालीहरुको महान चार्ड दशै मुखमै आएको व्यला निराशामा रहेका स्थानियहरु एक महिना पछी बत्ती बल्दा खुसी भएका छन । नेपाल विधुत प्राधिकरण डोल्पाका कर्मचारी,जिल्लाका विभिन्न कार्यलयका कर्मचारी,स्थानिय जनप्रतिनिधि,स्थानिय बासिन्दाको श्रमदानमा उक्त नहर मर्मत भए सगैँ सोमबार देखि विजुली सुचारु भएको हो । जिल्ला कै सवै भन्दा ठुलो क्षेमता भएको विधुतको नहर पहिरोले भत्काएपछी दुनै बजार लगायत,थाला,तिप्ला,लोचा,जुफाल ,सुँ, जिउ, रगँका स्थानियहरु अन्धकार मा बस्दै आएका थिए । प्रतिलिटर ५ सय रुपैया पेटेलको मुल्य तिरेर जेनेरेटर मार्फत विधुत जिल्लामा हुने सम्पुर्ण विधुतीय कामहरु महँगो सुल्क तिरेर स्थानियले काम गर्दै आईरहेका थिए  । एक महिना सम्मा डोल्पाका पहिलो सामुदायीक रेडियो डोल्पा एफ एम १०१.४ मेगाहर्जले भने जेनेरेटर द्धारा विभिन्न गाउँवस्तीमा समाचार,सुचना प्रसारण गर्दै आईरहेको थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?