clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
विधुतको नहर मर्मत कार्य सम्पन्न
रेडियो डोल्पा एफ.एम.
     डोल्पा, २० असोज – हिमाली भिरालो भूगोल कमजोर माटो त्यसमा अविरल वर्षाका कारण नहर माथिबाट पहिरो गएर पछि एक महिना अघि नहर भत्के को नहर मर्मतको काम सम्पन्न भएको छ । नहर मर्मतको काम सम्पन्न भए पनि सिमेन्ट नसुकेकाले नहरमा पानी ल्याउन नसकिएको अवस्थाले गर्दा बिधुत उत्पादन सुरु हुन सकेको छैन । 
    नेपाल विधुत प्राधिकरण विधुत वितरण केन्द्र डोल्पाका कर्मचारी हरु अहोरात्र खट्नुका साथै, स्थानीय, सर्वसाधारण, उद्योगी, व्यापारी, कर्मचारी, सेना प्रहरी, पत्रकार सबैले आ–आफ्नो ठाउंबाट सहयोग गरेका थिए । नहर भित्र भरिएको पहिरो पन्छाउने देखि लिएर पेनस्टक पाइपलाई च्यापेका ढुङ्गा गुल्टाउनेसम्मका कामहरु श्रमदानमा सम्पन्न भएका थिए । 
    नहर सफा भएर भत्केको सबै पत्ता लागे पछि मर्मतको काम प्राविधिक रुपमा गर्नु पर्ने भएकाले मिस्त्री लगाएर गरिएको थियो । डोल्पाको सदरमुकाम दुनै र आसपासका क्षेत्रमा आपुर्ति हुने जैरिगाडको विधुत बन्द भए पछि एक महिनादेखि अन्धकारमय बनेको छ । 
    सबैको पहलमा नहर मर्मतमा १ महिना लागेको छ । सेना, प्रहरी, कर्मचारी, स्थानीय, सर्वसाधारण, उद्योगी, व्यापारी सबैको सहयोग नजुटेको भए यो १ महिनामा पनि सम्भव थिएन । अझै समय लाग्न सक्थ्यो । नहर मर्मतको काम सकिए पछि सिमेन्ट सुक्न लागेकाले आइतवारबाट बत्ति बाल्न प्रयास गरिने र त्यति गर्दा नभए सोमवार कुनै पनि हालतमा नहरमा पानी हालेर विधुत गृहमा ल्याएर बत्ति वालिने विधुत वितरण केन्द्रले दावी गरेको छ ।
   सबैको सहयोगमा नहर मर्मत भएको र बालुवाले खिइएर बिग्रेका टर्वाइन पनि मर्मत भएर आइसकेका कारण बत्ति अब बत्ति वाल्न ढिलो नहुने विधुत वितरण केन्द्र डोल्पाका दोस्रो व्यक्ति कालिबहादुर महतले जानकारी दिनुभयो उहाँका अनुसार सोमवारबाट नियमित रुपमा बत्ति बाल्ने प्रयास गरिने छ ।  
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्