clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा सेतक्चीनी उत्खनन गर्नेको घुईचो, शेफोरानीमा सुरक्ष कडाई
लेखबहादुर बुढा, 
रेडियो डोल्पा एफ एम
 
डोल्पा, २० असोज – डोल्पा जिल्लाका विभिन्न सामुदायीक वनहरुमा सेतक्चीनी खिरङ्गलो उत्खनन गर्नेको घुईचो लागेको छ । सेतक्चीनीको मुल्य बढेको भन्दै जिल्ला बाहिरका मान्छेहरुपनी विभिन्न वनहरुमा गएका छन । सेतकचिनी संकलनको लागी जिल्ला भित्रका र बाहिरका ठेकेदारहरुले विभिन्न वनमा कुल्लीहरु हलेका छन । सामुदायीक वनहरुमा यसरी मनपरी तरीकाले जडीबुटीको उत्खनन गर्दा आउदा दिनहरुमा विभिन्न किसिमका प्राकृतिक विपत्तीहरु आउन सक्ने नागरीक समाज डोल्पाका अध्यक्ष सेर बहादुर बुढाले बताउनु भयो  । यसरी डोल्पा जिल्लामा खुल्याम जडीवुटी मनपरी तरीकाले संकलन गर्दा पनी स्थानिय निकायले भने कुनै चासो नदेखाएको  अध्यक्ष बुढाको भनाईरहेको छ । यस्तै शेफोक्सुन्डो राष्ट्यि निकुन्ज भित्र सेतक्चीनी लगायत अन्य जडीबुटी संकलनको लागी रोक लागईएको र विभिन्न ठाउँहरुम गस्ती परिचालन गरीएको शेफोक्सुन्डो राष्ट्यि निुकन्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताउनु भएको छ । 
शेफोक्सुन्डो राष्ट्यि निुकन्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको लागी राज्यले चौविसै घण्टा आवतजवत गर्न अनुमती दिएको ,मध्यवर्ती क्षेत्र भित्रका गाउँपालीकाका स्थानिय स्थाई बासिन्दाले निजि नम्वरीको लालपुर्जा देखाए आफ्नै निजि नम्वरीको  जग्गाहरुमा उत्पादन गरेका जडीवुटीहरु भएको खन्डमा ओसारपसार गर्न पाउने अनुमती राज्यले नै व्यवस्था गरेको प्रमुख संरक्षण अधिकृत चौधरीले बताउनु भयो  । शेफोक्सुन्डो राष्ट्यि निकुन्ज मध्यवर्ती क्षेत्रका स्थानियलाई विशेष निग्रानी गरीरहेको पनी उहाँले बताउनु भएको छ । अनुगमनको क्रममा शेफोक्सुन्डो राष्ट्यि निकुन्ज भित्र भेटीएका केहि व्यक्तीहरुलाई जडीवुटी सहीत विशेष अनुसन्धान गरीरहेको र आउदा दिनहरुमा कोहीकसै भेटीए निकुन्ज एन नियम अनुसार कडा सजाय दिईने पनी प्रमुख चौधरीले बताउनु भएको छ । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्