clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
चाड पर्व नजिकिदै गर्दा बजारमा खाध्यान्न बस्तुको मनपरी तरीकाले व्यापार हुदै
लेखबहादुर बुढा
रेडियो डोल्पा एफ एम
   डोल्पा, १९ असोज – नेपालीहरुको महान चार्ड पर्व नजिकिदै गर्दा बजारमा खाधान्न बस्तुहरुको मन परी तरीकाले व्यापार हुदै आईरहेको छ । डोल्पाको सदरमुकाम दुनै बजार,त्रिपुराकोट बगर बजार,जुफाल ,लगायतका ठाउँहरुमा व्यापारीहरुले आफ्नै मनपरी तरीकाले मालसामान बिक्री गर्दा सर्वसाधारणहरु मर्कामा परेका हुन । राष्ट्यि सडक सँन्जालले छुन नसकेको डोल्पा जिल्लामा व्यापारीहरु बर्खाको समयमा बाटो भत्केको लगायतका समस्या देखाउदै मनपरी खाधान्न बस्तुहरु विक्रि गरेको बताईएको छ । सदरमुकाम दुनैबजारमा प्राय जस्तो व्यापारीहरुले मुल्यसुचिनै नराखी मनपरी मालसामानहरु विक्री गरेको पाईएको छ भने कतै मुल्य सुचि भएता पनी नदेखाएर मान्छे हेरेर सोही अनुसारको कारोवार गरेको पनी पाईएको छ । 
केहि समय पहिले जिल्ला प्रसाशन डोल्पाको अगुवाईमा बजार अनुगमन गरेता पनी कतिपय व्यापारीहरु अनुगमनको क्रममा नभेटीएका र म्याद नाघेका खाधान्न बस्तुहरु गोदाममा राख्ने र ति खाधान्न तथा पेय पदार्थहरु गाउँघर तिर ओसारपसार गर्ने गरेको स्थानिय उपभोक्ता जयराम थापाले बताउनु भएको छ  । अनुगमन गर्दा पसलमा मात्र नभएर प्रत्यक पसलको गोदाममा पनी अनुगमन गर्न आबश्यक रहेको थापाको भनाई छ  । डोल्पा जिल्लामा राष्ट्यि सडक सन्जालले छुन लागीसक्दा पनी पहिलेको जस्तै ढुवानी महगो पर्ने,बाटो विकट भन्दै विभिन्न वाहाना देखाउदै कुनै पनी बस्तुहरुको भाउ घटको पाईदैन ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्