clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका महिलाहरुमा आङ् खस्ने समस्या बढि
लेखबहादुर बुढा
   डोल्पा, १८ असोज – खासै अध्ययन अनुसन्धान नभए पनि प्रारम्भिक अध्ययन अनुसार डोल्पाका २५ प्रतिशत भन्दा बढि महिलाहरुमा आङ खस्ने समस्या रहेको पाइएको छ । 
   केड नेपाल डोल्पाले गरेको सर्वेक्षण अनुसार काईके गाउपालीका वडा नं. ४ मा १९ जना, ठुलीभेरी नगरपालीका ८ जुफालमा ९ जना, त्रिपुरा सुन्दरी नगरपालीका वडा नं. ३ सुंमा ८ र वडा नं. ६ फुल्चिङ्गमा ८ जना महिलामा आङ खस्ने समस्या भएको जनाईएको छ । सर्वेक्षण अनुसार यो संख्या सर्वेक्षण गरिएको संख्याको २६ प्रतिशत भएको सर्वेक्षणमा संलग्न महिला सशक्तिकरणले जनाएको छ । सानै उमेरमा विवाहा गर्ने र बच्चा जन्माउने १३ देखि १८ बर्ष उमेरका महिलाहरुमा ७५ प्रतिशत आङ खस्ने समस्या रहेको पाइएको छ ।
   दुनैमा आयोजना गरिएको आङ खस्ने तथा यौन प्रजनन स्वास्थ अधिकार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । महिला सशाक्तिकरण केन्द्र डोल्पाको आयोजना र केड, क्लेप डोल्पाको सहयोगमा जिल्लाका क्रियाशील पत्रकार, महिला सशक्तिकरण डोल्पाका पदाधिकारीहरु विच डोल्पा जिल्लाका महिलाहरुमा आङ खस्ने तथा यौन प्रजनन स्वास्थ अधिकार सम्वन्धी अन्तरक्रिया भएको हो । केड नेपाल डोल्पाले, उडान, डिडिसी, डब्लुईसी, सीसीडिसी संगको सहकार्यमा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । महिलाहरुको आङ खस्ने एवम् यौन तथा प्रजनन स्वास्थ्य समस्याको समाधानका लागि परामर्श दिन कार्यक्रम लागु भएको प्रत्येक स्थानीय तहमा श्रीमान श्रीमतीको जोडी बनाएर सचेतना फैलाउने काम गरीरहेको महिला सशक्तिकरण डोल्पाकी अध्यक्ष उर्मिला विश्वकर्माले जानकारी दिइन् ।
   अन्तक्र्रिया कार्यक्रममा महिलाहरुको आङ खस्ने र यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या नियन्त्रणमा पत्रकारहरुको भूमिका के हुन सक्छ भन्ने विषयमा समेत छलफल भएको थियो । छलफलमा पत्रकारहरुले जानकारी पाए आफ्नो पेशा मार्फत गोपनियता समेतलाई ख्याल गरी समस्यालाई व्यापकता गरी यस प्रति सरकारी तथा गैरसरकारी निकायको ध्यान खिचेर समास्या समाधान तर्फ अगाडि बढाउन सकिने बताइएको थियो । 
   सबैभन्दा ठुलो कुरा यो समस्या देखाएर विभिन्न दातृ निकायहरुबाट सहयोग ल्याउने तर लक्षित स्तरसम्म त्यो सहयोगले उपचार तथा समस्या समाधानमा खासै प्रभाव नपार्ने गरेकाले समाजमा छापा तथा रेडियो टेलिभिजन जस्ता संचार माध्यमहरु मार्फत जिंगल, पिएसए, प्रशारण र सचेतना कार्यक्रमहरु संचालन गरेर, अध्ययन अनुसन्धानमा पत्रकारहरुलाई सहभागि गराएर र पत्रपत्रिकाहरु मार्फत सबैलाई सचेत गराउन सकेमा र नजिकका स्वास्थ्य केन्द्र एवम् जिल्ला अस्पतालहरुमा आङ खस्ने समस्याको उपचार हुन सकेमा यो आङ खस्ने समस्या न्युनिकरण हुंदै जाने विषयमा छलफल केन्द्रित रहेको र यो अन्तक्र्रियाले निकै सकारात्मक उपायहरु अपनाउन सहयोग पुग्ने गरी सुझाव प्राप्त भएको महिला सशक्तिकरण केन्द्र डोल्पाकी अध्यक्ष विश्वकर्माले बताइन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 10:00 am-3:50 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
सबै हेर्नुहोस्