clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न केही विरामी त्यसै फर्के
रेडियो डोल्पा एफ.एम.
    डोल्पा, १८ असोज – डोल्पा जिल्लामा पहिलो पटक धेरै रोगको जांच र उपचार एकै छानामुनि गर्नका लागि तीनदिनदेखि सन्चालन भएको बृहत निशुल्क स्वास्थ शिविर बुधवार बेलुकी अबेर सम्पन्न भएको छ । अनुमान गरेको भन्दा बढि विरामी आएकाले तोकिएको तीन दिनमा चेकजांच गरी उपचार गर्न समय र औषधि नपुगे पछि धेरै विरामी टोकन नपाई फर्केका थिए । 
    डोल्पाको दुनैमा सञ्चालन भएको वृहत निशुल्क स्वास्थ शिविरमा १ हजार ९ सय जनाले विभिन्न रोगहरुको परीक्षण तथा उपचार भएको आयोजक एक एक पाईला काठमाण्डौंले जनाएको छ । तीन दिन भनेर तोकिएको र सोही अनुसार योजना बनाएर आएका कारण आउने सबै विरामीलाई जांच र उपचार गर्न नसकिएको आयोजक संस्थाले जनाएको छ । 
    वृहत निशुल्क स्वास्थ्य शीविर भनेर व्यापक प्रचार प्रसार भएको कारण विभिन्न रोगले दुःख दिइरहेका थुप्रै विरामीहरु टाढाटाढाबाट दुख गरेर आए पनि स्वास्थ्य परीक्षण र उपचार गराउन आएका थिए । अनुमान गरेर औषधि ल्याएका कारण औषधि नपुग भए पछि आउने जति सबैलाई टोकन नदिएका कारण धेरै विरामी जांच र उपचार नगराई फर्कनु परेको दुःखेसो पोखेका थिए । 
   वृहत निशुल्क स्वस्थ शिविरमा डोल्पाका ८ स्थानिय तहबाट आएका विरामीहरुलाई छाला, नाक, कान, घाटी, दन्त रोग, रगद परिक्षण, स्त्रीरोग, हाडजोर्नी, सामान्य शल्याक्रिया लगायतका सेवाहरु  प्रदान गरिएको छ । डोल्पा जस्तो भौगोलिक हिसावले पिछडिएको क्षेत्रमा काठमाण्डौंबाट डोल्पा आएर एकै छानामुनि धेरै रोगका विरामीको चेकजांच गर्न पाउदा धेरै खुसी लागेको एक एक पाईला काठमाण्डौंका अध्यक्ष डाक्टर सुमनशम्सेर थापाले बताए । 
    वृहत निशुल्क स्वास्थ्य शिविरमा सेवा दिएका विर हस्पीटलका फिजिसीयन कलेजो रोग विशेषज्ञ डाक्टर सुदनसुर  केसीले १ हजार ९ जना विभिन्न रोगका विरामीको स्वास्थ्य परिक्षण तथा उपचार गरिएको बताए । उनका अनुसार शिविरमा एचआइभी एड्सबाट बच्ने उपाय र उपचारका बारेमा समेत परामर्श दिएको थियो । डोल्पामा दमका रोगी धेरै देखिएको डाक्टरहरुले बताएका छन् । उनका अनुसार डोल्पामा त्यस पछी हाडजोर्नी, नाक कान घांटीका रोगी, दांतको समस्या र केहि व्यक्तीहरुलाई हेपटाईटीस बि भएको पाईएको पनी डाक्टर केसीले बताए ।
      बृहत निशुल्क स्वास्थ शिविरमा चेकजांच गर्ने लक्षीत संख्या वा अनुमानित संख्या भन्दा धेरै बढि विरामीहरु सहभागी भएको हुंदा तेस्रो दिनमा नाम लेखाउन आएका व्यक्तीहरुलाई औषधी अपुग भएको हुदा टोकन वितरण नगरी फर्काउनु परेको आयोजक एक एक पाईलाले बताएको छ ।
    शिविरमा २० जनाको आंखा, १२ जनाको नाक कान, घाटीको सल्याक्रिया गरीएको पनी जनाईएको छ । यस्ता स्वास्थ शिविर पटकपटक सन्चालन भैरहे न्यून आयस्तर भएका सर्वसाधारण विरामीहरुले सजिलै स्वास्थ परिक्षण र उपचार गर्न पाउने अवसर पाउने स्वास्थ्य शिविरमा खटिइ रहेका आयोजक मध्येको ठुलीभेरी नगरपालिका वडा नं. ३ का अध्यक्ष अर्णबहादुर न्यौपानेले बताए । 
    सबै रोगका विशेषज्ञ डा.सहीतको टोलीले निशुल्क स्वास्थ शिविरमा दिएको सेवाले धेरैले आत्म सन्तुष्टि गरेका छन्  । मुड्केचुला गाउंपालिका १ कालिकाबाट २ दिन हिडेर शिविरमा आएका ओमबहादुर रोकायाले भने हामीलाई सन्तोष मिल्यो काठमाण्डौं गएर पाउने सेवा र उपचार डोल्पामै पाए । आफ्नै घरआगनमा विशेषज्ञ डा.बाट स्वास्थ्य परिक्षण गरी औषधि उपचार पाउने भए पछि विरामीहरुको भिड लागेको थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्