clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
दशै तिहारको उपलक्ष्यमा फूटबल प्रतियोगिता सुरु
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १४ असोज – डोल्पाको सदरमुकाम दुनै बजारको दुनै भ्याली क्लवले वर्षेनी आयोजना गर्दै आएको डोल्पा फूटबल कप प्रतियोगिता दशै तिहारको अवसर पारेर आयोजना गर्ने गरेको फूटबल प्रतियोगिता यो वर्ष पनि शनिवार उद्घाटन भएको छ । 
   जिल्ला खेलकुद विकास समिति डोल्पा, ठुलीभेरी नगरपालिका लगायतका कार्यालय तथा व्यक्तिहरुको प्रायोजनमा दुनै भ्याली क्लव दुनैको आयोजनामा पांचौं डोल्पा फूटबल कप प्रतियोगिता सुरु भएको छ । दशै तिहारको उपलध्यमा फूटबल प्रतियोगिता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बल हानी सुरु गरेको फूटबल प्रतियोगिताको पहिलो खेल दुनै भ्याली क्लव र जिल्ला स्वास्थ्य टिमका बिच पहिलो खेल भएको थियो । 
   खेलमा दुनै भ्याली क्लवले स्वास्थ्य टिमलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा भैरवी फुटबल टिम र सरस्वति माध्यमिक विद्यालय दुनै टिम बिच भएको थियो । यस खेलमा भैरवी टिमलाई सरस्वति माध्यमिक विद्यालय टिम ३–१ ले हराएको थियो । तेस्रो खेल त्रिपुरासुन्दरी नगरपालिका टिम र त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ टिम बिच भएको थियो । खेलमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ टिमले त्रिपुरासुन्दरी नगरपालिका टिमलाई ४–० ले पराजित गरेको थियो । त्यसै गरी शनिवार भएको चौथो खेलमा एनजियो फेडेरेशन टिम र रह फुटबल टिम बिच भएको थियो उक्त खेलमा एनजियो फेडेरेशन टिम १–० ले बिजयी भएको छ । 
  अहिले लिग चरणको खेल भैरहेको छ । लिग चरण १७ गतेसम्म हुने र त्यस पछि नकआउट चरणको खेल सुरु हुने आयोजक क्लवले जनाएको छ । पांचौं डोल्पा फुटबल कप प्रतियोगितामा दुनै भ्याली क्लव, स्वास्थ टिम दुनै, श्री सरस्वती मावि टिम दुनै, भैरवी क्लव दुनै, त्रिपुरा सुन्दरी नगरपालीका टिम, जगदुल्ला टिम, त्रिपुरा सुन्दरी वडा नं. ३ टिम, मष्टा भवानी यूवा क्लव तिप्ला टिम, बाईस नाला गर्बे हिमाली यूवा क्लव रह टिम, मुड्केचुला यूवा क्लव, सेभेन स्टार यूवा क्लव थाला बि, सेभेन स्टार यूवा क्लव थाला ए, एन्जीयो फेडेरेसन दुनै र एनसीसी टिम दुनै लगायत १४ टिम दर्ता भएका छ्न् । 
   टिम दर्ताका लागि ५ हजार शुल्क लगाइएको छ । स्रोत नभएकाले शुल्क लगाउनु परेको आयोजक क्लवले जनाएको छ । पांचौ डोल्पा फुटबल कप प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समिति डोल्पा, ठुलीभेरी नगरपालिका डोल्पा र अन्य केही दाताहरुको सहयोग रहेको जनाइएको छ । 
   यस प्रतियोगितामा बिजेताले १ लाख १ हजार नगद पुरस्कार र प्रमाणपत्र पाउने छ, दोस्रो हुने टिमले ४० हजार नगद र प्रमाणपत्र पाउने छ भने तेस्रो स्थान प्राप्त गर्ने टिमले २० हजार र प्रमाणपत्र पाउने छ । दुनै भ्याली क्लवले यो प्रतियोगिता ५ वर्षदेखि संचालन गर्दै आएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
फेरी तिम्रो याद आयो 8:00 pm-8:45 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्